तुलसा लिम्बूको ‘लाली गाजल लाउँदैमा’ गीत सार्वजनिक ।

७ वैशाख , दमक झापा । बबिन्द्र नेम्वाङको शब्द रचनामा तुलसा लिम्बूको स्वर रहेको नयाँ गीत ‘लाली गाजल लाउँदैमा’ गीत बजारमा सार्वजनिक भएको छ । यस गीतलाई बाबू बोगटीले संगित दिएका छन् भने गीतको निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । गायिका तुलसा लिम्बूको यस नयाँ गीतको म्युजिक भिडियोलाई भर्खरै युटुव बाट सार्वजनिक गरिएको हो ।
पूर्व झापाको दमकमा छायांकन गरिएको यस भिडियोले दर्शकको मन जित्न सफल भईरहेको छ । भिडियोमा कलाकार बादल श्रेष्ठ , मनिता राई लगायतले अभिनय गरेका छन् । पूर्व मै रहेर छायांकन निर्देशनलाई अगाडी बढाई रहेका निर्देशक भुपेन्द्र तुम्बाहाम्फेले यो भन्दा अघि पनि थुप्रै गीतको निर्देशन गरि सकेका छन् र सफल पनि भएका छन् ।

Comments

comments

Read More

Leave a Comment