बैशाख १९ देखि प्रदेशकै सर्वाधिक पुरस्कार राशी काे गाेल्डकप दमकमा हुदै

झापा । बैशाख १९ देखी दमकमा दमक गोल्डकप २०७५ हुदै । दमक नगरपालिकामा  दमक गोल्डकप २०७५  रमपम संग सगै फुटबल प्रतियोगीता आयोजना हुने भएको छ  ।  उक्त प्रतियोगीता बारे  अायाेजकले शनिबार एक कायर्क्रम गरी जानकारी दिएका छन् ।

प्रतियोगीताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाईएको छ । नगरपालिका अन्तर्गतको दमक नगर खेलकुद विकास समितिको आयोजनामा आगामी बैशाख १९ गते देखि दमक गोल्डकप हुन लागेको हो । प्रतियोगीतामा एक नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशी राखिएको छ । प्रतियोगीताको उपाधी बिजेताले १३ लाख ११ हजार रुपैयाँ पाउने छ आयोजक प्रचार समिति संयोजक चन्द्र दाहालले जानकारी दिएका छन् ।

प्रतियोगीता सम्पन्न गर्न १ करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दमक गोल्डकपले दमकको राष्ट्रिय पहिचान स्थापित गर्न पनि सघाउ पुर्याउने अपेक्षा गरिएको खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले बताएका छन् । गोल्डकपलाई कुनै एक क्षेत्रको मात्र नभई दमकबासीको साझा गौरवको बिषयका रुपमा लिईएको उनले बताए । प्रतियोगीतामा झापा ११, मनाङ्स्र्याङ्दी, त्रिभुवन आर्मी, सशष्त्र प्रहरी, नेपाल पुलिस, थ्रीस्टार, सरस्वती क्लब, रुपन्देही ११, मदन भण्डारी स्पोर्टस एकेडेमी र आयोजका टीम सहभागी हुने   भएका छन् ।

नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिँदै परिषदबाटै अनुमोदन गरि गोल्डकप तय भएको आयोजक समितिले जनाएको छ । बैशाख २८ गते फाईनल खेल हुने प्रतियोगीता दमक स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने छ । नव वर्ष २०७५ को आगमनसँगै शुरु गरिने प्रतियोगीताले सामाजीक सद्भाव, खेल क्षेत्रको अभिवृद्धी, प्रतिभा प्रोत्साहन लगायतका क्षेत्रमा पनि टेवा पुग्ने अपेक्षा गरिएको गोल्डकप आयोजक समितिका मूल संयोजक भिमराज चौलागाँईले बताएका छन् । प्रतियोगीता  सम्पन्न गर्न बिभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । सवै क्षेत्रको सहयोग तथा समन्वयबाट खेल सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

Comments

comments

Read More

Leave a Comment