गजल बिर्सिएर एक दुइ अक्षर लेखे । उनकै तस्वीर मनमा झल्झली देखे ।

गजल बिर्सिएर एक दुइ अक्षर लेखे।
उनकै तस्वीर मनमा झल्झली देखे ।

रुँदा सङ्गै रुने रुन्चे भन्छिन उनि।
परेलिमा छुँदै उनको आँशु छेके ।

याद उस्कै दिनरात सताएर मलाई।
झ्याई पार्दै बाजा उनकै आँगन टेके ।

पिडाको जलनले मन अति पोल्दा।
आखिर रुदै यो मन निचोरेर सेके ।

विवेक लोप्चन “विदित ”
खानीखोला गा.पा ,४ ,काभ्रे।

Comments

comments

Read More

Leave a Comment