मेहनत त्यो चाबी हो , जसले तक्दीरको ढोका खोलिदिन्छ ।

सन् मे १,१८८६ मा शुरु भएको सफल मजदुर आन्दोलनको सम्झनामा विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको शुभ कामना व्यक्त गर्दछु।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन सुरु भएको हो भनी विश्वकम्युनिष्ट आन्दोलनको इतिहास
पुस्तकमा छ।

प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिन विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि हो।
भयानक बलिदानका कारण यो आन्दोलनले मजदुरहरुका लागि केही कानुनी हक र मान्यतालाई स्थापित गराएको छ।
विसं २०४६ को राजनीतिक
परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट हुन।
संविधानको प्रावधान अनुसार श्रमिकको हितमा सरकारले काम संविधानप्रदत्त श्रमिकका अधिकारको रक्षा र कार्यान्वयनको
सुनिश्चितताका लागि सरकारले मजदुरको हितको काम गरिनुपर्छ।

म=मनैदेखि मेहनत गरि
ज=जोखिम बोकेर
दु=दुख गरि खाने
र=रहरहरु थाती राखेर।
गर्व गर्दछ मजदुरी गर्नुमा।
पाखुरी उठाएरै मजबुरी टर्नुमा।
श्रमिक मजदुरहरु आफू भन्दा ठुलो घन उचाल्छन अनि पहाड फुटाउछ्न।अनि कल्पना पनि नगरेको आकाह छुने खालको संरचना बनाउछन तर आफू भने आधा पेट खाएर झुपडीमा बाँस बस्छन्।
ठेकेदार तथा मालिकले काम अथवा ज्यालामा समेत विभेद गर्छन् तर तिनै मजदुरले जोखिम मोलेर काम गरिरहेका छन्।
श्रमको लागि ज्यानको समेत
जोखिम मोलेर बिरानो भूमिमा अथवा देशमै कठिन र
कष्टकर श्रममा समेत संलग्न हुन बाध्य मजदुर युवा श्रमिकको अवस्थाप्रति सरकार सम्वेदनशील हुदै सुरक्षा दिई मजदुरीको जीवन बीमा गरियोस्?
यदि श्रमिक मजदुरको माग सरकारले सम्बोधन नगरेमा सम्पुर्ण मजदुर शोषण र उत्पीडनको सिकार भएका मजदुरहरुलाई फेरि नयाँ शिराबाट उठ्नै पर्ने छ किनभने दुनियाँ स्थिर होइन, गतिशील छ।
हामीलाई आशा, भरोसा र
विश्वास छ,संघर्षको इतिहासमा सधैं यस्तो अवस्था रहने छैन ।

नेपालको हरेक राजनीतिक–सामाजिक
परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका देशको राजनीतिमा
युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्याएका योगदानप्रति उच्च सम्मान गरियोस्?
सरकारले उचित ज्याला प्रणाली
अन्तर्गत श्रमको सुनिश्चितता
कायम गर्नका लागि ज्यालामा
सामाजिक सुरक्षा कोषको सहज र सरल परिचालनलगायत विषयमा सरकारले विशेष ध्यान दियोस?
संविधानअनुसार नयाँ सरकार गठन भएको अवस्थामा मजदुरमैत्री नीति निर्माण गरेर लागू गर्दै सरकारले मजदुरमैत्री कानुनी प्रबन्ध गरेर स्वदेशमा नै रोजगारी प्रदान गर्नेतर्फ ध्यान दिनुपर्छ।देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन सरकारले पनि व्यवस्था गरिनुपर्छ।
सक्रिय युवा जनशक्तिको ज्ञान,सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गरिनुपर्छ।
आर्थिक समृद्धिको आधार भनेकै मजदुर भएकाले सरकारले श्रम क्षेत्रलाई विशेष ध्यान दिदै व्यवस्थापिका–संसद्बाट पारित भई
कार्यान्वयनमा लागू आधारित
सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐन अनुसार व्यवस्था लागू गरिनुपर्छ।न्यून ज्याला र उज्ज्वल भविष्यको खोजीमा,सामाजिक सुरक्षाको अवस्था कमजोर रहेका कारण रोजगारीको खोजीमा नेपाली मजदुर विदेशिनुपर्ने बाध्यता छ।

मानिसको मेहनत त्यो चाबी हो जसले तक्दीरको ढोका खोलिदिन्छ।
श्रमले विरिक्त, दुष्कर्म र गरिबीलाई बहिष्कार गर्छ।”मानिसलाई कहिले सम्मान गरिन्न, गरिन्छ त केवल श्रमलाई ।”समय विताउन चाहनुहुन्छ भने नमरेसम्म श्रम गरिनुपर्छ।श्रम विना कुनै प्रगति हुदैन ।चर्चित व्यक्तित्व त्यो हो जो सुपरिचित हुन जीवनभर कडा परिश्रम गर्छ।
श्रमको सम्मान र कदर होस्।विदेश होइन स्वदेशमै श्रम गर्ने वातावरण मिलोस।
श्रम गरिनुपर्छ र त्यसमा रमाउनुपर्छ। गौरव गर्नुपर्छ अनि समर्पित हुनुपर्छ।
श्रमको इज्जत र सम्मान गरौ।
श्रम शक्ति र भक्ति मुक्ति हो।
कहिल्यै नथाक्ने ती बलिया हात र ज्यानहरु जहिल्यै बिकासमा अग्रसर हुने मजदुर दिवसको शुभकामना।

राजकुमार ग्याबा तामाङ

मकवानपुर , हेटौंडा

Comments

comments

Read More

Leave a Comment