विश्वमा चिनिएको सगरमाथा छ तर, सगरमाथा प्रदेश भन्न हामी गाह्रो मान्छौं । – प्रधानमन्त्री ओली (भिडियो सहित)

१९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको बताएका छन् । उनले ढिलाई भएको तर्फ प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ ले प्रदेश ६ बाट केही सिक्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने संकेत गरे । उनले भने,‘यस प्रदेशमा सप्तकोशी बग्छ तर, कोशी प्रदेश भन्न हामी सक्दैनौं । विश्वमा चिनिएको सगरमाथा छ तर, सगरमाथा प्रदेश भन्न हामी गाह्रो मान्छौं । त्यसैले यस प्रदेशको नामाकरण गर्न ढिलाई भएको हो ।’

ओलीले प्रदेश ६ ले आफ्नो प्रदेशको नामाकरण र राजधानी तोकेर अघि बढेको तर्फ प्रदेश १ को ध्यान जानुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको ध्यानाकर्षण गराउँदै प्रदेश १ को नामाकरण र राजधानी तोक्न ढिलाई भएको जानकारी गराएका थिए ।https://www.youtube.com/watch?v=uTmbg1X-Tw4&feature=youtu.be

Comments

comments

Read More

Leave a Comment