दमक गाेल्डकपमा मदन भण्डारी लाइ हराउदै ए पि एफ विजयी

झापा । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ विजयी भएको छ । उसले पहिलो क्वाटरफाइनल खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–१ गोलले पराजित गर्यो ।

विजेता एपीएफ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो गोल एपीएफका हरी कार्कीले गरेका थिए । उनले १० औं मिनेटमा पोलमा लागेर फर्किएको बललाई हरीले जाली चुमाएका थिए । १८ औं मिनेटमा मदन भण्डारीका म्यापवेल इलोनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले एपीएफका गोलकिपर राजु नगरकोटीको हातबाट फुत्किएको बललाई वन टच गोल गरेका थिए । हरी कार्कीले २७ औं मिनेटमा पुनः गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । उनले एक्लो प्रयासमा गोल गरेका थिए । हरी कार्कीले खेलको इन्जुरी समयमा एपीएफका लागि तेस्रो गोल गर्दै व्यक्तिगत ह्याट्रीक पूरा गरेका थिए ।

शुक्रबारको खेलको पहिलो हाफमै एपीएफ १० जना खेलाडीमा सीमित भएको थियो । उसका आदित्य चौधरीले २० औं मिनेटमा रेडकार्ड खादै मैदान छाडेका थिए । मदन भण्डारीले पहिलो हाफमै बराबरी गोलको लागि लगातार प्रयास गरेको थियो । उसका विदेशी खेलाडी आबाले ३८ औं मिनेटमा प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । शुक्रबारको खेलमा ≈याट्रीक खेलाडी एपीएफका हरी कार्की म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे ।

प्रतियोगितााको शनिबारको खेलमा आयोजक दमक ११ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आयोजक टिमले आफ्नो पहिलो खेलमा रुपन्देही ११ लाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान भएको हो भने आर्मी सिधैं क्वाटरफाइनलमा परेको हो । गोल्डकप बैशाख २८ गतेसम्म चल्ने छ । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्ने छ । प्रतियोगितामा मोफसल र ए डिभिजनका गरी १० टिमले भाग लिएको गोल्डकप मूल आयोजक समितिका संयोजक भीमराज चम्लागाईले बताए ।

Comments

comments

Read More

Leave a Comment