चलचित्र “हिरोज” ले चेलीबेटी बेचबिखन को बिसयमा जनचेतनामूलक सन्देश दिन्छ: पुर्णिामा लामा

काठमाण्डौ, २४  बैशाख ।  पूर्णिमा लामाद्दारा  निर्मित नेपाली कथानक चलचित्र  ‘हिरोज’ ले सामाजिक विषय को समस्या लाई उजागर गरि सकारात्मक सन्देश दिने निर्माता तथा नायिका पुर्णिमा लामाले बताउनु भएको छ ।

बैशाख २८ गते देखि प्रदर्शन को तयारिमा रहेको चलचित्र “हिरोज” मा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ, दिलकृष्ण श्रेष्ठ लगायतका कलकारहरुको अभिनय रहेको फिल्ममा एनवी महर्जनको निर्देशन रहेको छ भने लक्ष्मी लामाको प्रस्तुतिमा जय लक्ष्मी फिल्मसको ब्यानरमा तयार भएको फिल्म शेखर लामा, युवराज लामा र संजोग राणा लगायतको संयुक्त लगानिमा निर्माण भएको हो ।

चेलीबेटी बेचबिखन, बेरोजगारी, सडक बालबालिकामा आधारित रहेर लेखिएको कथाले  समाजमा भएका बिकृति विसंगतिलाइ चिर्दै सकारात्मक जनचेतना दिने निर्माता लामा ले जानकारी दिनुभयो  । उक्त  फिल्ममा कविराज गहतराज, रामजी लामीछाने र कमल राईको कोरियोग्राफी रहेको छ भने छायाङ्कन शिब ढकाल र रामशरण उप्रेतीको रहेको छ ।

चलचित्र हिरोज को ट्रेलर भिडीयो हेर्नको लागि लिंकमा क्लिक गर्नुहोला

 

Comments

comments

Read More

Leave a Comment