तामाङ बौद्ध साहित्य विषयक परिचर्चा कार्यक्रम सम्पन्न

 बैशाख ३० पोखरा

खील्हो नम्दुङला २७ कामरे (बैशाख २९ गते शनिबार)का दिन मध्यनह १२ बजे पोखरा-१४ चौथेस्थित कास्की घेदुङ गेखाङ (कार्यालय)को परिसरमा २५६२अौं बुद्ध जयन्ती सप्तहव्यापी कार्यक्रमक्रममा तामाङ बौद्ध साहित्य विषयक परिचर्च कार्यक्रम सम्पन्न ।

कोकोम्हेन्दो साहित्य समाज पोखराद्वारा संचालित नियमित रचना वाचनको चौथो श्रृंखलाको यो कार्यक्रम कास्की घेदुङको व्यवस्थापनमा विभिन्न स्रष्टाहरुको विभिन्न रचनाहरुको वाचन सहित सम्पन्न गरिएको थियोे ।

आठ बर्ष ननाघेका बालिका सोहेन योन्जन, साठी नाघेका पाका स्रष्टा केशबहादुर थिङ तामङ, राजनीतिक जगतमा चर्चित दिपक वाइबा, सामाजिक क्षेत्रमा लागेका कमल नेगी, शिक्षण र नोकरीमा लागेका उच्चशिक्षा हासिल गरेका कोकोम्हेन्दाे समाजका सदस्य स्रष्टाहरु: मनसुवा स्याङ्बो, अन्जना डुम्जन, पवित्र थोकर, मिनमाया डुम्जनले नेपाली र तामाङ भाषामा आ-आफ्नो गीत, कविता, मुक्तक र चुट्किलाहरु वाचन गरेको थिए ।

जसको संक्षिप्त रचना समिक्ष सहित उपरोक्त विषय सन्दर्भ तथा शीर्षकको बुद्ध, बुद्ध जयन्ती, बौद्ध साहित्य, तामाङ साहित्य, तामाङ बौद्ध साहित्य र कोकोम्हेन्दो साहित्य समाजको विषयमा गंभीर परिचर्च गरिएको थियोे । यश सम्बन्धमा खासगरी समाजका संरक्षक धनप्रसाद तामाङले ‘तामाङ बौद्ध साहित्य विषय प्रसंगमा तामाङमा बुद्धशिक्षा, बुद्धदर्शन, बौद्धधर्म र लामाछ्योई पाठ परम्पराअघि र बोन, कूलपुजा, तम्बा र लोकसंस्कारमा यसको प्रभाव विस्तार भएपछि सिर्जित साहित्य समेतको उल्लेख गर्दै तामाङ बौद्ध धर्म, साहित्य र समाजको मसिनो ऐतिहासिक पाटोहरुलाई छुनु भएको थियोे ।

त्यसैगरी अर्का संरक्षक कुम बहादुर तामाङले कोकोम्हन्दो साहित्य समाजकाे यश किसिमको सिर्जनशील रचनात्मक कार्यक्रमले तामाङ समाज समुदाय र मुलुकलाई मा पार्न सक्ने सकारात्मक प्रभावका विषयमा विचार पोखेर स्रष्टा र सहभागीहरूलाई यो अभियानलाई अघि बढ्न बढाउन उत्प्रेरित गरि राख्नु भएको थियो ।

अन्तमा कार्यक्रमका व्यवस्थापन सहयोगी संस्था कास्कीघेदुङ अध्यक्ष कृष्ण बहादुर तामाङद्वारा कृतज्ञता, अाभारि, सादुवाद, शुभकामना, शुभेच्छा सहित अर्को नियमित विशेष कार्यक्रमहरुमा अाफुले पनि लेख्ने अरुलाई पनि लेखाउने र रचनात्मक सहभागिताको सघाउने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो ।

संयोजक दिपक वाईबाको अध्यक्षता, अन्जना डुम्जनको स्वागत र मिनमाया डुम्जनको सन्चालनमा सम्पन्न यश समारोहमा अबदेखि प्रत्येक महिनाको अन्तिम शनिवार यो नियमित मासिक रचना बाचन कार्यक्रम अविराम रुपमा आयोजना गरिने निर्णय सहित कार्यक्रम विसर्जन गरिएको थियो ।

Comments

comments

Read More

Leave a Comment