झापाको दमकमा यहि जेष्ठ ११ देखि १३ गते सम्म “जिउदो आकश” नाटक मन्चन हुने ।

३१ वैशाख । झापाको दमकमा यहि जेष्ठ ११ देखि १३ गते सम्म “जिउदो आकश” नाटक मन्चन हुने भएको छ

साेमबार दमकमा पत्रकार सम्मेलन गरि आयोजकले सो कुराको जानकारी गाराएको हो । साइलेन्ट एक्टको ब्यानरमा निर्माण गरिएको सो नाटक चुलाचुली थिएटरको संयोजनमा गोर्खा डिपाटमेन्टको सभाहलमा मन्चन हुने बताइएको छ । नाटकमा तेस्रो लिङ्गीहरु प्रति समाजमा रहेका बिभेद र उनिहरु प्रति हेर्ने दृष्टिीकोणलाई चित्रण गरिएको कार्यक्रम संयोजक असोक बस्नेतले बताउनु भयो

।आठौ अन्तराष्ट्रिय ओलम्पीक ड्रामा फेस्टीबलमा सहभागी हुन सफल यस नाटकलाइ चन्द्र प्रसाद पाण्डेले लेखेका हुन भने निर्देशन रोशन मेहेताको रहेको छ । नाटकमा अनिल सुब्बको सोलो अभिनय रहेको आयोजकले जनाएको छ । यो नाटक काठमाण्डुमा ५४ पटक मन्चा भै सकेको छ भने उपत्यका बाहिर पोखरा र झापामा मन्चन हुने चुलाचुली थिएटरका संस्थापक अध्यक्ष चेतन आङथुपोले बताउनु भयो । जेष्ठ ११ देखी १३ गते सम्म हरेक दिन सांझ ५ बजे मन्चन ह्ने र शनिबार दिउसो १ बजे मन्चन हुने आयोजकले बताएको छ । नाटकको प्रबेश शुल्क रु २ सय र ५ सय रहेको छ । नाटकमा स्थानिय संस्था गिल्मिस इन्टरटेन्मेन्ट र हाम्रो बाल आश्रामको सहकार्य रहेको छ ।

Comments

comments

Read More

Leave a Comment