क्यान्सर पीडित टुडुबाट सहयोगको याचना ।

१ जेठ , दमक  ।
झापा गौरादह-५ की ३५ वर्षीया फूलमुनी मर्डी टुडुले आफ्नो उपचार सहयोगका लागि याचना गरेकी चान् ।
मुखको क्यान्सरबाट पीडित उनको पारिवारिक अवस्था नाजुक छ । ४० वर्षीय श्रीमान तल्लु मर्डीसहित ३ छोरी र १ छोरा गरि ५ जनाको उनको परिवार ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।
टुडुको स्वास्थ्य उपचारको लागि स्थानीय डाँडा टोल विकास संस्थाबाट सहयोग संकलन थालिएको संस्थाका सचिव राजकुमार श्रेस्ठले जानकारी दिए । उनले भने -“जग्गा जमिन र अन्य आर्थिक स्रोत केही नभएपछि मानवीय सहायताका लागि सबैसँग आग्रह गर्दैछौं ।”
उनलाई कोशी अन्चल अस्पताल बिराटनगरले मुखको क्यान्सर भएको मेडिकल रिपोर्ट दिँदै थप उपचारको लागि भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पताल रेफर गरेको छ ।
टुडुको उपचारको लागि सोमबारबाट स्थानीयस्तरमा आर्थिक सहयोग संकलन थालिएको हो । श्रेस्ठले हालसम्म १० हजार सहयोग संकलन भएको र चिकित्सकहरुको सल्लाह अनुसार छिट्टै थप उपचारका लागि भरतपुर लैजाने तयारी भैरहेको बताए ।
टुडुलाई उपचारमा सहयोग गर्न इच्छुकले मोबाइल नम्बर ९८१९०७२५१६ मा उनको परिवारका सदस्यलाई सोझै सम्पर्क गर्न सकिने बताइएको छ ।
टुडुका १६, १२ र ६ वर्ष उमेरका ३ छोरी र ११ वर्षीय छोरा छन् । उनका तीन सन्तान स्थानीय सामुदायिक विध्यालयमा पढ्छन् भने पहिलो सन्तान आर्थिक अभावकै कारण विध्यालय जान पाएकी छैनन् ।

Comments

comments

Read More

Leave a Comment