काभ्रे सेवा समाज मलेसियाको अन्तरक्रिया कार्यक्रम क्वालालम्पुरमा सम्पन्न !

५ असार । मलेसियामा विभिन्न पेशा व्यवसायमा आबद्ध काभ्रेलीहरुको संस्था काभ्रे सेवा समाज मलेसियाको महत्वपूर्ण अन्तरक्रिया सदस्य प्रमाणपत्र वितरण कार्यक्रम आइतबार क्वालालम्पुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी मलेसियाका लागि कार्यबहाक नेपाली राजदुत कुमार राज खरेलले दीप प्रज्ववलन गरेर कार्यक्रमको उद्घाटन गरे । उक्त अवसरमा उनले प्रवासमा सबै नेपालीहरु एक हुनुपर्ने औंल्याउँदै काभ्रे सेवा सेमाजले संस्थामार्फत गर्दै आएको सामाजिक सद्भावका कार्यहरुप्रति प्रशंशा पनि व्यक्त गरे । साथै उनले अभिवष्यमा प्रवासमा हुंदा आइपर्ने समस्इाहरुको समाधानमा दुतावासको तर्फबाट आवश्यक सहयोग रहने पनि बताए ।

कार्यक्रममा समाजको अध्यक्ष एवं सभापति उर्गेन तामाङ थोकरले संसथाको गठन गर्नुको उद्देश्य, र आगामी दिनमा संस्थाले शिक्षा, स्वास्थय, श्रमिक, र प्राकृतिक प्रकोप र साँस्कृतिक एवं धार्मिक लगायत विभिन्न मुद्दाहरुमा केन्द्रीत रही काम गर्ने योजनाबारे प्रष्ट पारे । अध्यक्ष थोकरले “भने यी ५ वटा उद्देशलाई सँगसँगै लगेर बर्षिक सबै उद्देशलाइ काभ्रेको हरेक गाउँगाउँमा पुर्याउने प्रतिबद्धता हाम्रो प्रतिबद्धता छ।”

मलेसियामा रहेको सम्पुर्ण काभ्रेलीलाई एक्यवद्धता बनाइ यो संस्थामा आबद्ध भै भोलिको दिनमा सबै सँग हातमा हात साथमा साथ गरेर काभ्रेलाई समृद्धि काभ्रे बनाउन पनि सकारात्मक भुमिका निर्वाह खेल्ने विश्वस पनि उनले व्यक्त गरे । उक्त अवसरमा अध्यक्ष थोकरले संस्थामा आबद्ध विभिन्न सदस्यहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, श्रमिक र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Comments

comments

Read More

Leave a Comment