काभ्रे सेवा समाज मलेसियाद्वारा जेल परेका बुद्धि बहादुर तामाङ उद्धार ।

२८ असार । मलेसियामा अबैधानिक भएर जेल परेका काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका कानपुर कालापानी ५ (लास्कोट) का बुद्धि बहादुर तामाङलाई काभ्रे सेवा समाज मलेसियाले नेपाल उद्धार गरिएको छ ।

तामाङ विगत ३ बर्ष पहिले रोजगारीको सिलसिलामा मलेसियाका एक कम्पनीमा श्रमिकको रुपमा आएको थियो । उक्त काम गर्ने कम्पनीमा नेपालको मेनपावर र एजेन्ड सँग गरेको सम्झौता अनुसार उहाँले काम नपाएपछि उहाँ अबैधानिक हुन बाध्य भएको थियो विगत १ बर्ष देखि घर परिवार सँग सम्पर्क बिहिन भएको बुद्धि बहादुर तामाङ मलेसियाको KLIA डिप्पोमा राखेको र उहाँलाई नेपाल पठाउन गत (May 22 तारिखका टिकट काटेर काभ्रे सेवा समाज मलेसियाले मलेसियामा रहेको दूतावासलाई दिएको थियो ।

तर केही प्राविधिक गडबडी अथवा डिप्पोका कर्मचारीको लापरबाहीका कारणले उहाँ त्यो दिन नेपाल जान पाएन कारण यस्तो थियो दूतावास बाट बनाएको डकुमेन्ट एकदम ठिकै थियो तर डिप्पोका कर्मचारीले उहाँको डकुमेन्टमा फोटो अरुको टाँसिएको हुनाले उहाँ नेपाल जान सकिएन र २ महिना जति जेल मै बस्नु पर्यो तर पुर्ण काभ्रे सेवा समाज मलेसिया संस्थाको निरन्तर कोशिसपछि संस्थाको टिकटमा दुतवासले आज मलेसियाको समय अनुसार बिहान 11:20 Am मा नेपाल उद्धार गरिसकेको छ ।

Comments

comments

Read More

Leave a Comment