सिद्धार्थ घिसिङको ” ताल्चेली घिसिङ ” नामक भिडियोमा नव मोडल ममता मोक्तानको दमदार प्रस्तुती ।

२० श्रावण २०७५ ,
हिमालयन नेपाली ईभेन्टस प्रा.लि.को आयोजनामा हिजो १९ गते मित्रपार्क स्थित टेस्टी फुडल्याण्डमा रामेछाप खाँडादेवी गा.पा. – ६ कुवापानी का सिद्धार्थ घिसिङको “ताल्चेली घिसिङ” नामक गितको अफिसियल म्युजिक भिडियो विमोचन उत्साहजनक रुपमा सयौंको संख्यामा उपस्थित दर्शकमाझ सम्पन्न भएको छ । कार्यक्रम नेपाल टेलिकमका अधिकृत सुकराम घिसिङको सभापतित्व तथा साँगितिक संघका अध्यक्ष मिलन मोक्तान को प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा विशेष सहयोगको रुपमा ममता प्रोडक्सन प्रा.लि.का प्रोपाईटर दिलिप मोक्तान को रहेको थियो । साथै भिडियोका निर्देशक, कोरियोग्राफर, समाजसेवी आदिको उपस्थिति रहेको थियो ।

यस ताल्चेली घिसिङ गितको शब्द रचना तथा संगित भने गायक आफ्नै दाजु सविन घिसिङ को रहेको छ । सविन घिसिङ आफै पनि शब्दकार, संगितकार एवं गायक समेत हुनुहुन्छ ।

विमोचन भएको म्युजिक भिडियो यम आर तामाङको निर्देशनमा बुद्ध लामा तितुङ र दिपक तामाङको ककोरियोग्राफ, नव मोडल ममता मोक्तान , राजु लामा घिसिङ र मिलन लामाको अभिनयमा तयार भएको हो । भिडियोमा विवेक लामा र अरुणा लामाले बाल कलाकारको भुमिका निभाएका छ्न भने दिलिप मोक्तानले समेत अतिथि भुमिकामा अभिनय गरेका छन् । दिपेन्द्र भट्टको छयांकन सम्पादन मा सुरेश तामाङले ड्रोन उडाएका हुन् । भिडियो यस्तो रहेको छ,हेरेर शेयर अनि प्रतिकृया दिनुहोला >

Comments

comments

Read More

Leave a Comment