तामाङ मुक्ति संघर्षको कार्यदिशा : मोक्तान सिङ्ग तामांग

तामाङ ज्ञान महोत्सवमा प्रस्तुत पेपर।

तामाङ मुक्ति संघर्षको कार्यदिशा?

१)अब के गर्ने?

तामाङ मुक्ति संघर्षलाई सफल बनाउँनको लागि सर्वप्रथम अव के गर्ने?भन्ने बिषयमा बहस हुन जरुरी छ।यसको लागि हामीले सन् १९०० मा लेनिनले रुसी क्रान्ति अगाडि बढाउँने वेलामा भएको बहसलाई हेर्न जरुरी छ।त्यत्तिवेला लेनिनले एउटा गज्जबको तर्क अगाडि बढाएको देखिन्छ।लेनिनको तर्क थियो कि सर्वहारा आफैँमा वुर्जुआ हुन्छ त्यसैले सर्वहारा वर्गमा समाजवादी चेतना जगाउँनको लागि ज्ञनोदय भएको बाह्य बुद्विजीवीको आवश्यक छ।लेनिन ती बाह्य बुद्विजिवी माक्र्सवादी बिज्ञान बुझेको हुनुपर्छ भन्थे।

त्यस्तै,तामाङ मुक्ति संघर्षको सवालमा पनि तामाङ राष्ट्र आफैँमा तामाङ मुक्तिको चेतना अाउँदैन।त्यसको लागि ज्ञनोदय भएको वाह्य बुद्विजिविको अावश्यक छ।ती वुद्दिजिवी तामाङ दर्शन वुझेको हुनु जरुरी छ।

२)नेतृत्व सम्बन्धमा :
कुनै पनि संघर्ष सफल वनाउँनको लागि चमात्कारिक खालको नेतृत्वको अावश्यक पर्दछ त्यसैले हामीले त्यस्तो खालको नेतृत्व जन्माउँन जरुरी छ।ती नेतृत्व वैचारिक,दर्शानिक सैद्वान्तिक राजनीतिक तथ कुटनैतिक हिसाबले अब्बल हुन जरुरी छ।त्यस्तो नेतृत्व वलिदानको भावनाबाट ओतप्रोत भएको,ब्यक्तिवादको भावनाबाट मुक्त भएको हुन जरुरी छ।अहिलेसम्मको हाम्रो मुख्य कमजोरी नै त्यस्तो खालको नेतृत्व जन्मिन र जन्माउँन नसक्नु हो।त्यसको लागि हामीले ठूलो पुजीँ लागनी गर्न जरुरी छ।त्यसको लागि अावश्यक रकम जुटाउँन हामीले “तामाङ नेतृत्व विकास कोष”खोल्न जरुरी छ।

३)चार तयारी सम्बन्धमा:
तामाङ मुक्ति संघर्षलाई मूर्त रुप दिनको लागि अावश्यक पर्ने सबैभन्दा महत्वपूर्ण तत्व भनेको चार तयारी हो।चार तयारी अन्तर्गत वैचारिक तथा सैन्द्वान्तिक तयारी,संगठानिक राजनीतिक तथा कुटनैतिक तयारी,अार्थिक तयारी,सुरक्षादस्ता सम्वन्धी तयारी पर्दछ,यसको अावश्यकता किन पर्दछ त?भन्ने कुरा बुझ्नको लागि हामीले १० वर्षे जनयुद्व सुरु गर्नुभन्दा अगाडि माअोवादीहरुले गरेको तयारीलाई हेर्न सकिन्छ।यस सम्बन्धमा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा अाफ्नो प्रख्यात पुस्तक प्रयोगशालामा लेख्छन”माअोवादी नेताहरुको व्युहँरचना किन?सशक्त भयो भने उनीहरुले जनयुद्व थाल्दा गोलबारुदभन्दा बढी किताब बटुलेका थिए।त्यस क्रममा उनीहरुले ईतिहास,राजनीति,भूगोल,जातजाति,
सँस्कृतिजस्ता कुनौ पनि बिषय छोडेनन।अा-अाफ्नो भेगको विगत र वर्तमानसम्बन्धी तथ्यगत विवरण संकलन,विश्लेषण र सश्लेंषण गरे।त्यसवेला माओवादी नेताहरुको भूमिका राजनीतिशास्त्री,समाजशास्त्रीको जस्तो थियो।कुन क्षेत्रको विशेषता के हो?कुन जाति -जनजातिको चरित्र र स्वभाव कस्तो छ?कुन समुदायलाई कसरी राज्यबिरुद्व उतार्न सकिन्छ?विगतका विद्रोहहरु किन असफल भए?नेपालमा दीर्घकालीन जनयुद्वको राणानीति लागू गर्ने सम्भावना कत्तिको छ?उनीहरुले राम्रै खोजबिन गरे।सैद्वान्तिक रुपमा माक्सदेखि माओसम्मका वाद पछ्याए पनि व्यवहारिक रुपमा चाहिँ माओवादीले सशस्त्र संघर्षसम्बन्धी नेपालकै अनुभवबाट सिक्न खोजे।त्यसक्रममा झण्डै हजार बर्षको नेपाली समाजको संश्लेषण गरे र केहा फरक निचोड निकाले।जस्तै:नेपाल दुई ढुङगावीचको तरुल होईन डाडाईनामाईट हो ,बुद्वका देशका जनता शान्तिप्रेमी होईन हिंसाप्रेमी छन् आदि।अन्य प्रमुख निष्कर्ष यस्ता थिए:

*नेपाली जनता शान्तिप्रिय छन् र उनीहरु हिंसा रुचाउँदैनन भन्ने प्रतिक्रियावादी प्रचार सम्पूर्ण रुपले झुटो हो।नेपाली जनता ऐतिहासिककालदेखि नै आफ्नो हकहीत निम्ति हिंसात्मक संघर्षमा भाग लिदैँ आएका छन्।

*आजसम्म नेपाली जनताले जुन सामान्य सुधार प्राप्त गरेका छन्।ती सबका पछाडि जनताको हिंसात्मक र गैरकानुनी संर्घर्षकै बल रहेको छ।

*नेपाली जनतामा सत्ताबिरोधी भावना प्रबल छ।

*नेपाली जनता कठिनभन्दा कठिन भौतिक एवम् शारीरिक कष्ट झेलेर पनि बहादुरीपूर्वक लड्न सक्ने वीर लडाकु छन्।

प्रचन्डले त्यहीँ लडाकुपन,सत्ताबिरोधी भावना र हिंसाको प्रयोगबाट अढाईं सय बर्ष पुरानो राजतन्त्रीय संरचना ध्वस्त पार्ने योजना बनाएका थिए।ग्रामीण क्षेत्रमा राज्यको उपस्थिति कमजोर रहेको र सरकारी सेनाको मूल हिस्सा सहरमा बसेको अवस्था हेरी गाउँबाट सहर घेर्ने राणानीति अपनाएका थिए।ग्रामीण क्षेत्रमा पनि खाशगरि पृर्व पश्चिम पहाडी शृङखला जनयुद्वको मेरुदण्ड बन्ने देखेका थिए।त्यसमा अझ राप्ती पहाड विद्रोहको केन्द्र बन्ने उनको विश्वास थियो।काठमाण्डौँको पहुँचबाट टाढा रहेको त्यो क्षेत्रमा गुरिल्ला युद्व टिक्ने पर्याप्त आधार थिए।विकट भुगोल,घनाजङगल,
अविकास,लडाकु मगर जनजाति अनि दशकौंदेखिको पुरानो कम्युनिस्ट जग थियो।तर राप्तीबाट मात्र युद्व थालेमा सरकारले भएभरको बल प्रयोग गरेर दमन गर्न सक्थ्यो त्यहीँ भएर मध्य र पूर्व क्षेत्रसहित देशका विभिन्नभागबाट एकसाथ विद्रोह सुरु गर्ने तयारी माअोवादीले गरे ताकि सरकारको ध्यान विकेन्द्रित होस्।नेपाली समाजमा सशस्त्र विद्रोह मौलाउँन सक्ने राजनीतिक ,आर्थिक -सामाजिक आधारहरु पर्याप्त थिए:गरिवी ,वेरोजगारी ,०४६सालको बहुदलीय प्रजातन्त्रपछि पनि आमजनताको जीवनस्तर नउकासिएको अवस्था,त्रिशङकु संसदमा देखिएको सत्ताकेन्द्रित हानथाप,भ्रष्टचार प्रकरणहरु ,०४७ सालको संविधानप्रतिको असहमति, हिन्दु अधिराज्य
प्रतिको रोष ,दलित मुद्वा,जातीय,,क्षेत्रीय असन्तुष्टी आदि।त्यसबाहेक२००६ सालदेखि कम्युनिस्ट क्रान्तिलाई रोमाञ्चक गन्तव्य मानिआएको वामपन्थी बुद्विजीवी र लेखकहरुको ठूलो जमात छदैँ थियो।यी सबै बस्तुगत र आत्मगत धरातलमा माओवादीले जनयुद्वको योजनाबद्व राणानीति तयार पारेका थिए।त्यसमा पनि उनीहरुको प्रमुख अस्त्र थियो चिनियाँ नेता माओत्सेतुङले सिकाएको दुश्मनको अन्तर्विरोधमा खेल्ने कला।त्यसअनुरुप तिनले मित्र शक्तिलाई उपयोग गर्ने वा आफूसँग मिलाउँने कोशिष गरे भने शत्रु खेमाभित्र प्रमुख दुश्मन पहिल्याउँने र त्यसबिरुद्व सहायक दुश्मनहरुलाई सकेसम्म उपयोग गर्ने,नत्र कम्तीमा तटस्थ पार्ने ,माओवादी हेर्डक्वाटरले कार्यकर्तालाई परिपत्र नै पठायो ,उदाहरणको लागि यदि हामी स्थानीय रुपमा एउटा जनहत्यारो सामान्तमाथि आक्रमण गर्न चाहान्छौ भने उसकै वर्गका पनि उसँग शत्रुता राख्ने व्यक्तिहरु प्रयोग गर्न वा तटस्थ राख्न प्रयत्न गर्न जरुरी छ।

नेपाली समाज र राजनीति आफैँमा यत्ति विभाजित थियो कि बिद्रोहीहरुले “फुटाउ र राज गर “नीति सजिलैसँग लागू गर्न सके।काँग्रेसलाई खोजीखोजी,राप्रपालाई रोजीरोजी र एमालेलाई सोचीसोची भन्ने नारा नै बनाए।त्यहीँअनुरुप प्रहार केन्द्रित गरे।तत्कालीन नेपाली समाजका सम्पूर्ण विरोधाभाषबाट फाईदा उठाउँन खोजे।माओवादीले जनयुद्व थाल्दा मुलुकका मुख्य तीनवटै शक्ति राजदरबार ,काँग्रेस र एमाले एकअर्काका खुट्टा तानातानमा व्यस्त थिए।दरबारले ०४७ सालको संबैधानिक परिवर्तनलाई पचाउँन सकेको थिएन।एमालेले संविधानप्रति २७ बुदेँ असहमति जाहेर गरेको थियो।काँग्रेसले भने त्यसलाई विश्वकै उत्कृष्ट भन्दै दीपावली गरेको थियो।दैनदिन राजनीतिमा काँग्रेसविरुद्व एमाले थियो भने एमाले विरुद्व काँग्रेस,दरबारचाहिँ दुबैका बिरुद्व ।र प्रजातान्त्रिक शक्तिहरुबीच भित्रभित्रै झगडा चर्काएर सत्ता हत्याउँने मौकाको पर्खाईमा थियो।त्यसैले माओवादीले काँग्रेस,एमाले र उनीहरुले नेतृत्व गरेको सरकारलाई तारो बनाउँदा दरबारिय वृत्त खुच्चिङ मान्दै थियो।हिंसा चर्किए पुन:सत्ता हात पर्ने ठानेर जनयुद्वप्रति तिनको सहानुभूति स्पष्ट हुन्थ्यो।माओवादीले सरकारलाई बुझाएको ४० बुँदे मागमा राजतन्त्र र भारतसँगको सम्बन्ध अन्त्य गर्नपर्ने माग राखेर दिल्ली र दरबार दुबैप्रति आक्रमक नीति लिएका थिए।तर व्यवहारमा उनीहरुले दरबार र दिल्ली दुबैलाई पालैपालो उपयोग गर्ने राणानीति अपनाए भलै उनीहरुलाई प्रयोग गर्न खोज्दा वेलाबखत आफैँ पनि उपयोग भए।”

त्यसैगरी पृथ्वी नारायणशाहले हाम्रो सत्ता खोश्न सफल हुन अगाडिको चार तयारीलाई हेरौं।यस सम्बन्धमा डा.पिताम्बर लाल यादव “नेपालको राजनैतिक ईतिहास “नामक आफ्नो पुस्तकको पृष्ठ ६२मा लेख्छन्”पृथ्वीनारायण शाहको जन्म कौशल्यवतीको गर्भबाट भएको भए पनि उनको पालन पोषण,रेखदेख र शिक्षामा जेठी रानी चन्द्र प्रभावतीकै मुख्य हात थियो।त्यसबेलाका अन्य राजकुमारहरु भोगविलासजस्ता भौतिक सुख सुविधामा लागेर अयोग्य शासक हुन्थे भन्ने कुरा चन्द्रप्रभावतीलाई राम्ररी थाहा थियो।तसर्थ उनले पृथ्वीनारायण शाहमा यी कुपाहरुप्रति घृणा उत्पन्न गराईँदिईन।पृथ्वीनारायणशाहलाई महापुरुष बनाउँने आकांक्षा चन्द्रप्रभावतीको भएकोले उनको प्रत्येक क्रियाकलापमा उनी विशेष ध्यान दिन्थिन।भानु आर्याल र महेश्वर पन्तद्वारा यिनलाई शिक्षा दिने प्रबन्ध चन्द्रप्रभावतीले मिलाएकी थिईन।रामायण,महाभारत, शुक्रनीति,सप्तशती पुराण ईत्यादि नीतिग्रन्थको शिक्षा यिनलाई दिईएको थियो।क्षेत्रीय कुमारोचितशस्त्र विद्याकम रूपमा बन्दुक चलाउँने,धनुकाँड चलाउँने,खुकुरी चलाउँने,तरबार चलाउँने,भाला बर्छाको अभ्यास,घोडा चढ्ने,पौडी खेल्ने ईत्यादि ज्ञान दिईएको थियो।यिनी तीक्ष्ण प्रतिभाशाली एवम् लगनशील भएकोले थोरै समयमा यी बिद्याहरु सिक्न सके।यिनको व्यक्तित्व निर्माणको श्रेय पूर्ण रुपले चन्द्रप्रभावतीलाई नै छ।उनकै योगदानले गर्दा यिनी माराठाको शिवजीजस्तै बाल्यकालदेखिनै सच्चारित्र,लगनशील र परिश्रमी बने।उनको सम्पूर्ण जीवनकालमा कहीँ पनि भोगविलासको साधारण झलक समेत पाईँदैन।”

क)वैचारिक तथा सैद्वान्तिक तयारी:बैचारिक तथा सैद्वान्तिक तयारी अन्तर्गत उदारवाद, माक्सबाद,आदिवासीबाद,साहित्य,
दर्शन,विश्वराजनीति,अर्थशास्त्र ,सैन्यशास्त्र,तामाङ दर्शन,वेद पुराण महाभारत,रामायण लगायतको अध्ययनलाई जोड दिन जरुरी छ।त्यसको लागि हामीले तामाङ अध्ययन केन्द्र खोल्न सकिन्छ।अध्ययनबाट हामीले हाम्रो तामाङ दर्शनलाई २१औं शतब्दी सुहाउँदो बनाउँन जरुरी छ।जसलाई फैलाउँनको लागि फेसबुक,ट्वीटर लगायतका एप्सहरुको प्रयोग गर्न सकिन्छ।त्यसैगरी आफ्नै चलाउँने,पत्रिका र किताव, पर्चा पम्प्लेट प्रकाशन गर्न सकिन्छ।

ख)राजनीातिक ,संगठानिक तथा कुटनीतिक तयारी:
यस अन्तर्गत हामीले देशव्यापी रुपमा कठोर संगठनात्मक संरचना निर्माण गर्ने ,बाह्य तथा आन्तरिक सम्बन्ध सुदृढ गर्ने जासुसी संयन्त्रको निर्माण गर्ने गर्न सकिन्छ।

ग)सुरक्षा दस्ता सम्बन्धि तयारी :
यसअन्तर्गत हामीले सुरक्षादस्ता निर्माणको लागि आवश्यक सम्पूर्ण तयारी गर्न जरुरी छ।

घ)आर्थिक तयारी:
आर्थिक तयारी अन्तर्गत हामीले अर्थ सम्बन्धी सबै काम गर्न जरुरी छ।

३)चार साधनको आवश्यक:
चार साधनले पार्टी,सत्ता,सेना र मोर्चालाई बुझाउँदा छ।कुनै पनि संघर्षलाई सफल बनाउँनको लागि यी चार साधनको अति आवश्यक छ।

क)पार्टी:कुनै पनि संघर्ष सफल बनाउँनको लागि पार्टीको आवश्यकता पर्दछ।त्यो पार्टी भने बिज्ञान बुझेको अग्रदस्ता भेन्गार्डसहितको हुन जरुरी छ।यस्को गतिलो प्रमाणको लागि
नेपाल म्यागेजिनले प्रचण्डसँग लिएको अन्तर्वार्तामा दिएको जवाफलाई हेरौं।तपाईंहरू आफ्ना कारणले गणतन्त्र आएको भन्नुहुन्छ।तर,कतिपय जोरजबर्जस्तीले नभई जनताको चेतना विकास हुँदै गएर गणतन्त्रमा आफैँ पुगिन्थ्यो भन्ठान्छन् नि ?भन् प्रश्नको उत्तर दिदैँ प्रचण्ड भन्छन”यी तर्क तथ्यमा आधारित छैनन्।सबैका आ–आफ्ना कल्पना–परिकल्पना भए पनि यसले केही अर्थ राख्दैन।कतिपय पुँजीको विकास भएका देशहरू अहिले पनि गणतन्त्रमा पुगेका छैनन्,राजतन्त्र
मै छन्।गणतन्त्र आफैँ आउँथ्यो र ज्ञानेन्द्रको मूर्खताले आएको भन्ने तर्क काल्पनिक र नकारात्मक मात्रै हुन्।जनयुद्धले देशमा एउटा नयाँ राजनीतिक माहोल बनाइदियो । राजनीतिक जागरण र चेतना सिर्जना गर्यो।त्यही परिस्थितिले ज्ञानेन्द्रलाई मूर्खतातिर धकेलिदियो भने जनयुद्धले अरू दललाई माओवादीसँग मिल्नुपर्ने परिस्थिति सिर्जना गर्यो।माओवादी
नेतृत्वको राजनीतिक पहलकदमीले संविधानसभातिर सिंगै राष्ट्रलाई लैजान सक्ने ठाउँमा पुर्यायो।माओवादी जनयुद्धको सचेत प्रयत्न नभएको भए नेपालको जनसमुदायमा उत्पीडित वर्ग भन्नुस्,जाति,क्षेत्र,लिंग सबैमा यत्ति ठूलो राजनीतिक जागरण आउने थिएन।संघीय लोकतान्त्रिक गणतन्त्र पनि सम्भव थिएन।यो ऐतिहासिक तथ्य हो ।”(हेर्नुहोस् जेठ १६ २०७५ को नेपाल म्यागेजिन )

ख)सत्ता:
माओत्सेतुङले कुनैवेला भनेका थिए कि सत्ता बाहेक सबै
भ्रम हो।यिनले यो कुरा त्यसै भनेका थिएनन यो नै यथार्थ कुरा हो।शेर बहादुर तामाङकै उदाहरण लिअौ सायद सत्ता हाम्रो भैदिएको भए उनले राजीनामा दिनुपर्ने स्थिति आउँदैनथ्यो किनकि उनलाई राजीनामा दिन पार्टीभित्रबाट नै ठूलो दबाब आएको देखिन्छ।त्यसैले हाम्रो संघर्ष सत्ता प्राप्तिसम्म हुन जरुरी छ।सत्ताको कुरा गर्दा हामीले तामाङको अाफ्नै सत्ता थियो भन्ने कुरालाई बिर्सनुहुदैँन।तामाङ सत्ता चोहोको वारेमा सैलुङ अनलाईन डटकमले “चोहो प्रणाली :एक अध्ययन”
नामक पुस्तकबाट साभार गर्दे लेख्छन “आदिवासी तामाङ समाजको परम्परागत संस्थाको रुपमा रहेको चोहो प्रणालीले तामाङ समाजको विकासको क्रममा लामो समयसम्म स्थानीय प्रशासनको रुपमा कार्य गर्दे आईरहेको थियो।चोहो प्रणाली केवल प्रशासनिक कार्यमा मात्र केन्द्रित नभई गाउँको अभिभावक,संरक्षक,एकताको प्रतिक,संस्कार संस्कृति र परम्परागतको निरन्तरताको लागि अगुवा,गाउँको विकासको लागि सहजकर्ता र अभियन्ता,गाउँमा भएको विवादको न्यायोचित समधानको लागि न्याकर्ता,विवादको दिर्घकालिन समधानको लागि मेलमिलापकर्ता,दोषीलाई समाजमा पूनस्र्थापना गरि सामाजिकिकरण गर्ने कार्यको लागि पूनस्र्थापनाकर्ता,गाउँमा कसैलाई दुःख पिर,पुग नपुगको भएको अवस्थामा सहयोग गर्ने सहयोगि र दाता लगायतका बहुआयमिक भूमिका रहेको चोहोको तामाङ समाजमा अति महत्वपूर्ण स्थान रहेको पाइन्छ।”सैलुङ अनलाईन फेरि लेख्छन्चोहोको अगुवाईमा तामाङ समाजले युगौंदेखि आफ्नो मौलिक परम्परा र प्रथाजनीत कानूनी पद्धति, संरक्षण गर्ने परम्परागत ज्ञान र शिपको माध्यमबाट आफ्नो क्षेत्रमा रहेका बनजंगल र अन्य प्राकृतिक स्रोतसाधनको संरक्षण र दिगो व्यवस्थापन गर्दै आइरहेकोमा सकृय चोहोको अभावका कारण यस प्रकारको सकृयतामा दिनानुदिन कमि हुँदै गैरहेको छ । चोहो हुँदा गाउँलेहरु आफ्नो भन्दा पनि हामी सवैको लागि अर्थात सार्वजानिक हितलाई वढी ध्यान दिने अभ्यास रहेकोमा हाल व्यतिmगत सम्पति र हितमा नै बढि केन्द्रित हुँदै गइरहेको, आदिवासीहरुको महत्वपूर्ण पक्ष हाम्रो भन्ने भावना अर्थात सामुहिकताको भावना समेत दिनानु दिन क्षयीकरण हुँदै गैरहेको छ।स्थानीय विकास,स्थानीय प्रशासन संचालन,जल, जमिन,जंगलको संरक्षण,स्थानीय न्याय प्रशासन लगायतका क्षेत्रमा कानुन निर्माण गर्दा चोहो लगायत आदिवासीहरुको परम्परागत अभ्यास,प्रथाजनीत कानून र परम्परागत संस्थाहरुको बहुआयमिक र सवल पक्षलाई ध्यान दिन र सो पक्षलाई मान्यता दिन नसक्दा एकातिर आदिवासीको कयौं असल अभ्यासहरु लोप हुँदै गैरहेको छ भने अर्कोतिर तामाङ लगायत आदिवासी जनजाति समुदायले जीउधनको असुरक्षा,न्यायमा ढिलाई र निष्प्रभावकारी न्याय लगायतका जतिलता र सास्ति व्यहोर्दै आइरहेका छन । चोहो प्रणालीले समाजमा बहुआयमिक कोणबाट उल्लेखनिय योगदान पुर्याएको पाइएता पनि यसलाई राज्यले मान्यता नदिएको कारण लोप हुने अवस्थामा रहेको छ।तथापि विभिन्न अध्ययन अनुसन्धानका प्रतिवेदनको आधारमा हाल पनि धेरै जसो विवादहरु स्थानीय स्तरमै तामाङ गान्वा,ताम्बा लगायतका गन्य मान्यहरुले मिलाउने गरेको र त्यस्तो न्याय औपचारिक न्याय प्रणाली भन्दा प्रभावकारी रहेको पाइन्छ ।”(हेर्नुहोस् सैलुङ अनलाईन २०७३ चैत २१ गते)

ग)सुरक्षा दस्ता:

कुनै पनि संघर्ष सफल वनाउँनको लागि सुरक्षादस्ताको आवश्यकता पर्ने हुन्छ।पृथ्वीनारायण शाहले हाम्रो सत्ता खोस्न सफल हुनुको मुख्य कारण नै यहीँ हो।यस सम्बन्धमा “ऐतिहासिक विकासका सन्दर्भमा नेपाली जनवादी क्रान्तिको युद्वनीति “शीर्षकको आफ्नो लेखमा प्रचन्ड लेख्छन् “गोरखालीहरुको सेना निर्माणको प्रक्रिया मुख्यत:हिन्दु धार्मिक मान्यता ,कौटिल्यको कुट युद्वनीति र अंग्रेज भारतको सैन्य गतिविधीबाट प्रभावित रहेको पाईन्छ।प्रारम्भिक कालमा सैन्य गतिविधीबाट प्रभावित रहेको पाईन्छ।प्रारम्भिक कालमा गोरखालीहरुसँग पनि कुनै स्थायी सैनिकहरु थिएनन।केही निश्चित कमान्डरहरु (नायकहरु) बाहेक सबै सेना जनताबाट झाराका रुपमा नै जम्मा गरिन्थ्यो।नुवाकोट विरुद्वको लडाईँमा हार भएपछि आधुनिक हातहतियारहरु जम्मा गर्ने सन्दर्भमा वनारस जाँदा गोरखाका राजाले अग्रेँजहरुको सैनिक संगठनबाट स्थायी सेनाको आवश्यकता र महत्वलाई दह्रोसँग पकडेको पाईन्छ।त्यसपछि नै सम्भवत: नेपालको ईतिहासमा पहिलोपटक नियमित सेनाका कम्पनीहरु गोरखालीहरुले बनाए।यसको लगत्तै काठमाण्डौँमा पनि स्थायी सेना बनाउँने प्रक्रिया सुरु भयो।तर गोरखा कान्तिपुर सवैतिर नै झाराका रुपमा सेना तयार पार्ने प्रक्रिया नै प्रमुख थियो।नियमित सेना बनाउँमे क्रमसगैँ गोरखालीहरुले सेनालाई तीन भागमा बाडेँ ।पहिलो :खुडाँ,खुकुरीजस्ता परम्परागत हतियारधारी समूह,
दोस्रो धनुषवाणधारी समूह र तेस्रो बन्दुकधारी समूह।बन्दुकधारी सेनालाई नै कम्पनीका रुपमा संगठित गरिएको थियो जसरो कमाण्डर सुवेदार हुने गर्दथ्यो।राजाको मातहतमा प्रधानमन्त्री र प्रधानसेनापतिका रुपमा काम गर्ने व्यक्तिलाई मूलकाजी भनिन्थ्यो तथा मैदानमा प्रत्यक्ष सैन्य नेतृत्व प्रदान गर्नेहरुलाई चौतरिया,काजी र सरदार भनिन्थ्यो।युद्वको दीर्घकालीन प्रक्रीयामा गोरखालीहरुले आफ्नै सैन्यसंगठन झाराका सिपाहीबाट सुरु गरेर सन् १७६३ सम्म पाँच नियमित कम्पनीहरु बनाईँसकेका थिए।ती पाँच कम्पनीहरुको सैन्य सँख्या ५४० थियो र बाकीँ सैनिकहरु जनताबाट झाराका रुपमा नै जम्मा गरिन्थ्यो।त्यो अवस्थामा सैन्य गतिविधी सञ्चालनका लागि कुनै छुट्टै सैनिक कार्यलय भन्ने थिएन।त्यत्तिबेलाको विशेषता के थियो भने राज्यप्रशासन र सैन्य प्रशासनका बीचमा कुनै भेद थिएन।सेनाका सक्रिय सदस्यहरु नै राजनीति र राज्यका पनि पदाधिकारी हुने गर्दथे।यहाँसम्म कि स्वयम राजाहरु पनि तरबार लिएर युद्वमैदानमा भाग लिईरहेका हुन्थे।त्यसकारण त्यहाँ सैन्यकमान्डरका बीचमा कुनै पनि प्रकारको अन्तर्विरोधको स्थिति थिएन।

घ)सयुँक्त मोर्चा :
तामाङ मुक्ति सँघर्षलाई अगाडि बढाउँनको लागि सयुँक्त मोर्चाको विशेष महत्व रहेको छ।र यो पार्टीको मतहतमा चल्न जरुरी छ।यसले पार्टीले लिएको नीति नियमहरुलाई वैधानिक रुपमा जनतामा पुर्याउँने काम गर्छ।यस्तो मोर्चाको भुमिकालाई सधैँ सहायक रुपमा मात्र लिन सकिन्न प्रधान रुपमा मात्रमा पनि लिन सकिन्न।यसको भुमिका बस्तुगत परिस्थितिअनुसार यसको भुमिका परिवर्तन हुने गर्दछ।दश बर्षे जनयुद्वमा पनि यस्ता सँयुक्त मोर्चाहरु गठन देखिन्छ।जस्तै :तामाङ मुक्ति मोर्चा ,मगर मुक्ति मोर्चा …ईत्यादि।अझ यसअन्तर्गत विद्यार्थी,युवा, मजदुर,शिक्षक,किसान,महिला बुद्विजीवी
…लगायतका संगठनहरु जोड्ँन जरुरी छ।

५)तामाङ मुक्ति संघर्षको कला वा कार्यनीति:

तामाङ मुक्ति संघर्षको कला पत्ता पाउँन प्रचन्डद्वारा संश्लेषित पृथ्वी नारायणशाहको युद्व कला र विधी हेरौं।जसबाट हामीले धेरै कुरा सिक्न सकिन्छ।
क)आश्चर्यजनक हमलाको कार्यनीति:

दुस्मनलाई पत्तै नदिई उसलाई झुक्याएर ,सतर्क हुने मौका नै नदिई ,रातको समयमा वा जङगलमा ,खोँचमा एकाएक हमला गर्ने पद्वतिलाई गोरखालीहरुले नुवाकोटमा भएको पहिलो हारपछि दह्रोसँग समातेको पाईन्छ।जस्तो कि नुवाकोट विजयका क्रममा आफ्नो फौजलाई वर्षायाममा कुलो खन्ने सामान्य खेतालाका रुपमा देखाई त्रिशुलीको बनीबनाउँ पुल छोडेर डुङगा तरी रातको समयमा सबै निदाएको बेला पारी एकसाथ तीनतिरबाट भयानक हमला गर्नु ,भारतको बेतियाबाट गुर्जिखानको नेतृत्वमा आएको निकै ठूलो र प्रभावकारी हतियारले सुसज्जित सेना(जुन मकवानपुर र काठमाण्डौँको सुनचादीँ र सम्पत्ति लुट्न आएको थियो)लाई रातको समय पारी सानै शक्तिले अचानक हमला गरी सानै शक्तिले क्षतविक्षत तुल्याई भगाउनु र थुप्रै हतियार कब्जा गर्नु,काठमाडौँको राजालाई सहायता गर्न आएको अग्रेंज फौज (जुन सँख्या र गुण दुवैमा गोरखाली भन्दा कैयौँ गुणा शक्तिशाली थियो।)लाई सिन्धुलीगढी र पौवागढीको बीचको खोँचमा एकाएक हमला गरी ध्वस्त पारेर भगाउँनु आदि।सामान्यत:यो तरिका गोरखालीहरुले सम्भव भएसम्म सबैतिर लागू गर्ने प्रयास गरेको पाईन्छ।

ख)कौटिल्यको युद्वनीतिअनुसार साम ,दाम दण्ड भेदको नीति अगाँल्नु।

ग)कमजोर दुश्मनलाई पहिले र बलियोलाई पछिमात्र हमला गर्नु :

गोरखा आफैँ एउटा सानो तथा आर्थिक र सैन्य दृष्टिले पनि कमजोर राज्य थियो ।यसको तुलनामा काठमाण्डौँ लगायतका कैयौं राज्यहरु धेरै सवल स्थितिमा थिए।तर गोरखालीहरुले पहिला कमजोर र स-साना राज्य,रियासत कब्जा गर्दे आफ्नो शक्ति सुदृढ गर्दे लगेर अन्तमा वलियासँग भिड्ने तरिका अपनाएको देखिन्छ।काठमान्डौमा हमला गर्नुभन्दा पहिले त्यसका वरिपरिका सबै भूभागमा कब्जा गर्नु वास्तवमा त्यहीँ कार्यनीतिकै अभिव्यक्ति हो।यो कुरा कान्तिपुरका सन्दर्भमा पनि त्यत्तिकै सत्य रहेको छ।

घ)दुश्मनहरुबीचको अन्तर्विरोधको फाईदा उठाउँनु:

गोरखालीहरुले आफ्नो राज्यको रक्षा एवम् अरुमाथि आक्रमण दुवै उद्देश्यका निमित्त विभिन्न राज्यहरुका बीचको अन्तर्विरोधबाट फाईदा उठाउँने काममा निक्कै ध्यान दिएका थिए।पाल्पा,मकवानपुरका सम्बन्धमा होओस् वा कान्तिपुर ,पाटन ,भादगाउँको सन्दर्भमा होओस् वा लमजुङ ,तनहुँका सन्बन्धमा होवोस वा अन्य कुनै सन्दर्भमा उनीहरुले अन्तर्विरोधको उपयोग गर्ने कुरामा पर्याप्त ध्यान दिएका छन्।यो कुरा विभिन्न राज्यहरुका सन्दर्भमा मात्र होईन एउटा राज्यभित्र पनि राजा र जनताका बीचमा झगडा ,राजाका परिवारभित्रै झगडा,विभिन्न भारदारहरु बीचको झगडा ,राजाका परिवारभित्रकै झगडा ,विभिन्न भारदारहरुबीचको झगडा हरेकलाई सकेसम्म उपयोग गर्ने उनीहरुको नीति रहेको पाईन्छ।

ङ)छालछाम षडयन्त्र र धोखाका तरिका अपनाउँनु:
गोरखालीहरुका लागि सम्पूर्ण नीति,नैतिकता,
युद्वमा जीत हासिँल गर्नु मात्र थियो।युद्वका निमित्त त्यत्तिवेलाको स्थितिमा जस्तोसुकै तरिका अपनाउँन पनि उनीहरु हिच्किचाउँदैनथे।पृथ्­वीनारायणले आफ्नो गोत्र परिवर्तन गर्नु,काशीबाट आफ्नो गुरुलाई तनहुँको राजासँग मिलाईदिनुपर्यो भनी झुक्याएर बोलाई राजालाई कैदी बनाईँ गुरुलाई पिटेर देश निकाला गर्नु यसका उदाहरणहरु हुन्।यस प्रकारका धोका र छालछामका अनगिन्ती तरिकाहरु गोरखालीहरुले अपनाए।

जनयुद्वको कार्यनीति:
क)”१)गाउँको कामलाई प्रथामिकता देउ ,तर सहरको कामलाई पनि नछोड;
२)अबैधानिक संघर्षलाई प्रथामिकता देउ तर बैधानिक
संघर्षलाई पनि नछोड।
३)निश्चित राणानैतिक ईलाकाहरुलाई प्राथमिकता देउ तर अन्य ईलाकाहरुलाई पनि नछोड।
४)युद्वको कामलाई प्रथामिकता देउ तर जनअन्दोलनका कामलाई पनि नछोड।
५)भुमिगत कामलाई प्रथामिकता देउ तर खुल्ला कार्यहरु पनि नछोड।
६)ग्रामीण वर्गसंघर्षलाई प्रथामिकता देउ तर देशव्यापी संघर्षलाई पनि नछोड।
७)छापामार काम कारबाहीलाई प्रथामीकता देउ तर राजनैतिक भण्डाफोर र प्रचारलाई पनि नछोड।
८)देशभित्रको प्रचारलाई प्रथामिकता देउ तर विश्वव्यापी प्रचारको कामलाई पनि नछोड।
९)सैन्य संगठन निर्माणको कामलाई प्रथामिकता देउ तर मोर्चा संगठन निर्माणको कामलाई पनि नछोड।
१०)आफ्नै संगठन र शक्तिको भरपर्ने कुरालाई प्रथामिकता देउ तर कार्यगत एकता-अन्तर्राष्ट्रिय जनमतको सहायोग र
समर्थन लिने कुरालाई पनि नछोड।”

ख)केन्द्रीय नीतिअनुसार विकेन्द्रित कार्यबाही गर्नु, अलगअलग दुश्मनको एक्लो ठाउँमा थोरैका विरुद्व धेरै शक्ति लगाईँ तुरुन्त टुङ्गिने कार्यवाही गर्ने,हान र भागको कार्यनीति अवलम्बन गर्नु ,देशका विभिन्न भागबाट केन्द्रिकृत योजनाअन्तर्गत छापामार कार्यवाही बढाउँनु तर निश्चित रणनैतिक ईलाकाहरुलाई विशेष ध्यान दिनु तथा माओले भनेझैँ छिटोभन्दा छिटो ,राम्रोभन्दा राम्रो उपायद्वारा बढीभन्दा बढी जनतालाई राजनैतिक सत्ता कब्जाको प्रश्नलाई केन्द्रमा राखी संगठित र अन्दोलित गर्ने।
(२०५२ फाल्गुन २-४ मा सम्पन्न तेस्रो विस्तारित बैठकमा प्रचन्डद्वारा प्रस्तुत प्रतिवेदनबाट साभार)

रअको कार्यनीति

“संवाद र सहकार्य गर ,जवर्जस्ती दबाउ ,बिभाजन ल्याउँ ,बिफल बनाउँ भ्रष्टिकरण गर,प्रलोभन देखाउ यो चक्र दोहोर्याउ र अन्तत: केही पनि नदेउ।”
(पत्रकार प्रशान्त झाद्वारा लिखित गणतन्त्रको लागि संघर्ष पुस्तकबाट साभार)

६)चार विकल्प:
क)सर्वप्रथमत: बढी मात्राको मानिसहरुलाई राज्य प्रणालीलाई क्रियाशील बनाईँराख्ने मुख्य पाटोहरुदेखि सहमति फिर्ता गराउँन प्रभावित पार्ने।
ख)साथसाथै राज्य प्रणालीको नयाँ आदिवासी काउन्टर मोडल बनाउँने जुन जनताहरुले हेर्न सकुन जुनतर्फ उनीहरु आकर्षित हुन सकुन र जसले जनतालाई राज्य प्रणालीलाई क्रियाशील बनाईँराख्ने मुख्य पाटोहरुदेखि सहमति फिर्तीतर्फ बढाउँने छ र पुरानो वुर्जवा औपनिनेशिक राज्य संरचनाको अपरिहार्यता तर्फ अविश्वास उत्पन्न गराउँने छ।
ग)तत्पाश्चत राज्यको जिम्मेवारीदेखि सेवा क्षेत्रहरुलाई हटाउँने र समुदायको हातमा नयाँ राज्य प्रणालीको नयाँ आदिवासी काउन्टर मोडल दिने।
घ)यसको लागि चेतना निर्माण गर्ने ,मनोविज्ञान निर्माण गर्ने ,अनुभुतपूर्ण अाधार निर्माण गर्न र सैद्वान्तिक अाधार तयार पार्ने।
(क.साङ्गे दोर्जेद्वारा लिखित राष्ट्रिय मुक्ति क्रान्तिको ऐकिकृत कार्ययोजना कार्यन्वयनको निमित्त प्रस्वावित आर्थिक योजना नामक दस्तवेजबाट साभार)

७)सत्ता पुनर्प्राप्ति गर्ने सुत्र:
समग्र विचार+समग्र नेतृत्व+समग्र योजना+समग्र संघर्ष =समग्र मुक्ति

Comments

comments

Read More

Leave a Comment