बलात्कारी कति बलियो?जसका लागि सरकार जनता मार्न तयार

प्रदेश न:७ कञ्चनपुरमा गएको साउन १० गते साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहकार्य गर्न गएकी निर्मलाको ११ गते बलात्कार गरि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।पोस्टमार्टम रिपोर्टपछि निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको थियो। गत सोमबार प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरे पनि निर्मलाका परिवार र स्थानीयले विश्वास गरेका छैनन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा आन्दोलन गर्दै गर्दा प्रहरीले गोली चलाउदा धेरै घाइते भएको खबरहरु छ। प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ सालघारीका एक बालकको सन्नु खुनाको मृत्यु भएको छ भने ३ दर्जन जति घाइते भएको छ। यी प्रहरी बर्दीवाला गुन्डा हो कि आतंककारी?राज्यको हातमा बन्दुक छ भन्दैमा जे नि गर्न मिल्छ त? चेली बलात्कृत भयो भने के चुपचाप लागेर बस्नुपर्‍यो?बलात्कारीलाई ढाल्नुको सट्टा न्याय माग्ने युवाहरु ढाल्यो। जनता न्याय र शान्ति चाहन्छ।अहिलेको आन्दोलन निर्मला पन्त जस्तै सबै निर्मलाहरुको सुरक्षीत भविष्यको लागि हो। बल,पावर र बन्दुकको सहारामा देशका कर्णधार नानीबाबुहरुको हत्या हुने हो भने सुरक्षाको निम्ति कसलाई आशा राख्ने ?जनतामाथि गोली हान्न सक्ने अपराधी चिन्न नसक्ने प्रशासन? पीडितलाई न्याय दिलाउन कति जनाले ज्यान बलिदान दिनुपर्छ सरकार? अब नेपालमा न्याय लोप भएकै हो त? कञ्चनपुरमा प्रहरीको गोलीद्वारा मारिएका शनी खुनालाई शहीद घोषणा गरियोस्। घाइतेहरुको निशुल्क उपचार पनि गरियोस् सरकार। पीडितहरुले राहत पनि पाउनुपर्छ। महिला हत्या र बलात्कारका विरुद्ध जनताद्वारा गरिएका आन्दोलनमा गोली चलाउने, दमन गर्ने, यस्तो कार्य गर्न निर्देशन दिने सरकारी पक्षलाई कार्वाही गराइयोस। देश र जनता भन्दा ठुलो कोही हुदैन। अपराधी भन्दा झन ठुलो अपराधी अपराधीकै पक्षमा उभिनेहरु हुन्छ चाहे जुनसुकै होस। भारतले त्यही कञ्चनपुर सिमा मिच्दा चुपचाप बस्ने सरकार आफ्नै देशका जनताले न्यायको गुहार माग्दा ताकि ताकि गोली हान्छन। कञ्चनपुरका आन्दोलनकारीले प्रहरी अधिकारीले नै छानबिन कमजोर बनाउने, प्रमाण नष्ट पार्ने र हत्यारा लुकाउन नक्कली अभियुक्त सार्वजनिक गरेको आरोप लगाएका छन्।

महिनौं दिन हुदा पनि अपराधी पत्ता लाग्नु भन्दा दमन बढ्दै थियो।रोग पत्ता लगाएर निको पार्नुपर्छ नभए सकिदैन। अपराधी जोगाएर जोगिन्न गोलीले आन्दोलन रोकिन्न। मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने, ‘घटनाप्रति सरकार गम्भीर भएर त्यसप्रति चिन्ता र चासो समेत व्यक्त गरेर अपराधीहरुलाई कारबाही गर्न सरकार लागि रहेकै बेलामा केही घुपैठिया वा अरु तत्वहरुले परिस्थितिलाई उत्तेजक बनाउन गरेको घटनाप्रति सरकार दुखी छ।’सरकार कारणले यो हालत पुगेको हो।।ढिलासुस्ती हुदा उग्र बनेको हो। फेरि सरकारले बलात्कारीलाई कार्वाहीको माग गर्दा आन्दोलित जनतालाई काङ्ग्रेस देख्यो?अर्को मानसिक गुमाएको व्यक्तिले बलात्कार गरेको कुरा त पत्याउला तर यो मानसिक सन्तुलन गुमाएको मान्छेलाई कन्डम प्रयोग गर्ने,पोल खुल्ने डर निर्मलाको हत्या गरेको कसरी पत्याउने? पछिल्लो परिस्थिति बुझ्दा सरकारलाई पीडित भन्दा अपराधी प्यारो भएको हो कि जस्तो लाग्छ।यदप अपराधीहरुलाई सुरक्षा दिएमा राज्य नै अपराधी हो। जनताले न्याय र शान्तिपूर्ण सोचेको छ त्यसैले सरकार झुठो टिक्दैन सत्य लुक्दैन नि।बलात्कारी कति बलियो?जसका लागि जनता मार्न तयार छन। नेपाललाइ सगरमाथा र बुद्धको देश भनेर चिनिन्थ्यो।मेरो साथीहरू अन्तर्राष्ट्रिय भ्रमणबाट फर्किदा भन्छन्”विदेशीले त बलात्कारको देश भनेर नेपाललाई चिन्दो रहेछ।” अहिले देशमा दिनको धेरै दुर्ववहार धेरै जना हिंसामा परेको र धेरै जना बलात्कारको समाचार पढ्छु। उता बलात्कार यता बलात्कार जताततै बलात्कार बढ्दो छ।दुर्ववहार र बलात्कार गर्नेहरु सुरक्षाकर्मी,शिक्षक देखि अभिभावकहरु छन।पुरुष भनेपछि बलात्कारी भनेर देखाउने दिन नआहोस। छोरा मान्छेहरु बलात्कारी नै हुन तर तरिका मात्रै फरक हो।कोही पुरुष प्रेमभाव र मायालुभावले बलात्कार गर्लान् कोहीले हिंसात्मक,हत्यात्मक र बाघत्मक तरिकाले बलात्कार गर्लान् मात्र फरक यति हो।प्रेमभावले शान्ति सिर्जना गर्छन् जहाँ शान्तिपूर्ण जीवन हुन्छ। महिला बलात्कार भएपछि पुरुष चाहि बलात्कार हुदैन र? राणाकाल दोहोरिएको हो कि जस्तो लाग्छ किनकि तरिका मात्र फरक छ।पहिला सुन्दरीहरु उठाएर दरबारमा लगिन्थ्यो तर अहिले महिलाहरुलाइ उखु बारीमा,झाडीमा,एकान्तमा र बन्द कोठा लाने?सरकार,चेलिबेटी सबै स्थलमा खुल्लाम खुल्ला हिड्न सक्ने दिन कहिले आउला?
शब्दमा व्यक्त गर्न नसकिने पीडादायी घटना घटेको छ।स्वर्गीय प्रति समवेदना घाइतेहरु प्रति सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
राजकुमार ग्याबा तामाङ मकवानपुर,मनहरी

Comments

comments

Read More

Leave a Comment