दमकमा सम्पन्न अन्तर लायन्स क्लव स्तरीय फुटसलमा, अायाेजक स्टर्न लाइन विजयी

दमक । लायन्स क्लब अफ दमक स्टर्न लाइनले आयोजना गरेको पहिलो लायन्स अन्तर क्लव स्तरीय फुटसलको उपाधि आयोजकले जितेको छ ।

लायन्स क्लब अफ दमक स्टर्न लाइनले आयोजना गरेको सो प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । फाईनलमा आयोजकले लाइन्स ब्लब अफ युनाइटेड लाई २ का बिरुद्ध ४ गोलले पराजित गरेको हो ।  जित संगै बिजेताले ५० हजार नगद सहित ट्रफि हात पबरेको छ । भने उप बिजेता ले २५ हजार नगद र ट्रफि प्राप्त गरे दमक ८ स्थीत रणभुमी फुटसल हलमा शुक्रबार बिहानदेखि खेलहरु भएका थिए ।

क्लवका अध्यक्ष बिमल शर्माका अनुसार उक्त फुडसल प्रतियोगीतामा झापा र मोरंगका लायन्स क्लवहरुको सहभागिता रहेको थियो । यसले एकआपसमा मित्रता बढाउन सहयोग गर्ने उनले बताए । फाइनल खेल हुनु अघि भएको पत्रकार र लायन्स क्लव बिच भएको मैत्रीपुर्ण खेलमा लायन्स क्लवले पत्रकार मञ्च दमक लाइ ४ का बिरुद्ध ५ गोल पराजीत गरेको थियो ।

फुडसल बाट बचेको रकम बाट क्लवले ल्याउन लागेको शवबाहनका लागी प्रयोग गरीने खेल संयोजक उज्वल श्रेष्ठले जानकारी दिए । उदघाटन तथा समापन कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनलाइका बातवरण चिफ बबरजंग थापा, एरिया चिफ गोपाल अग्रवाल, रिजन चियर पर्सन प्रहर क्षेत्री, जिल्ला खेलकुद बिकास समिति झापाका उपाध्यक्ष भीमराज केसी लगायतको उपस्थिति रहेको थियो ।

Comments

comments

Read More

Leave a Comment