यु–१२ राष्ट्रिय टिममा पोखराका कृजल तामाङ, जापान जान लागेका उनलाई ईन्द्रेणी बिकास केन्द्रद्वारा बिदाई ( १० तस्बिर सहित )

सुशान्त गाहा मगर: जापानमा मार्च २९ देखी आयोजना हुने अन्तर्राष्ट्रिय जुनियर (यु–१२) कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न जान लागेका ईन्द्रणी एकेडेमीका कृजल (बिनय) तामाङलाई एक कार्यक्रममा बिच ईन्द्रेणी बिकास केन्द्रले बिदाई गरेको छ ।

शनिबार पुरानो टुडिखेलमा आयोजित कार्यक्रममा ईन्द्रणी बिकास केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र रमण पराजुली, केन्द्रका अध्यक्ष भानु अधिकारी, प्रशिक्षक अन्जन देवकोटा तथा दिलिप गुरुङ र अभिभावकहरुले फुलको गुच्छा र खादा लगाई बिदाई गरेको हो ।

सो अबसरमा केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र रमण पाराजुलीले तामाङलाई बधाई तथा शुभकामना ब्यक्त गरे । उनले ईन्द्रणी एकेडेमीमा फुटबल प्रशिक्षण लिदै आएका किशोर नेपाली टिमको अन्डर १२ मा परेकोमा खुशी ब्यक्त गर्दै जापानमा गएर उत्कृष्ट खेल प्रर्दशन गर्नेमा बिश्वास ब्यक्त गरे ।

त्यस्तै केन्द्रका अध्यक्ष भानु अधिकारीले अण्डर १२ तर्फ ईन्द्रणी एकेडेमीबाट नेपालको टिममा कृजल पर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै अन्य प्रशिक्षार्थीहरुलाई समेत मनोबल बढेको धारणा ब्यक्त गरे । अधिकारीले ईन्द्रणी बिकास केन्द्र सामाजिक कार्यको साथै खेल क्षेत्रको बिकासका लागि सदैब अग्रसर रहने बताएका थिए ।

कार्यक्रममा जापान जान लागेका तामाङलाई हरिचोक टुडिखेल टोल बिकास संस्था तथा प्रशिक्षार्थीका अभिभावकहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सो ऐकेडेमीको हाल बिभिन्न उमेर समुहका ४० भन्दा बढि प्रशिक्षार्थीहरु फुटबल प्रशिक्षण लिईलरहेको एकेडेमीले जनाएको छ ।

तस्बिरहरु :-

 

 

 

 

 

 

 

Comments

comments

Read More