एसईई को दोस्रो दिन जनकल्याण मावि पालुङमा २०४ परीक्षार्थी सहभागि

मकवानपुर
थाहानगर, चैत्र ११
जनकल्याण माध्यमिक विद्यायल पालुङमा आज एसइइ परिक्षाको दोस्रो दिन अनिवार्य नेपाली विषयको परिक्षामा ७ विद्यालयका २०४ जना परिक्षार्थीहरुले परिक्षा दिएका छन् । परीक्षाको दोस्रो दिन पनि शान्त एवं मयादित तवरले परीक्षा सम्पन्न भएको छ । परीक्षाको तेस्रो दिन भोलि मङगलबार भने परीक्षा नहुने भएको छ ।
तर परीक्षाकै अवधिमा पर्ने चैत्र १७ गते शनिबार भने परीक्षा लिईने जनकल्याण माविका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष सानोभाई कार्कीले जानकारी दिनुभएको छ ।

Comments

comments

Read More