ओखलढुंगाको खिजीदेम्बामा दशवर्षिय अवतारी लामालाई गद्धी आरोहण


ओखलढुङ्गा,२० बैशाख,२०७६:- ओखलढुङ्गामा दशवर्षिय अवतारी लामालाई गद्धी आरोहण गराईएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अवतारी ङ्वाङ तेन्जिन ठिन्ले रिम्पोछेलाई बुधबार एक कार्यक्रमका बिच गद्दी आरोहण गराईएको हो ।

अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका २ स्थित ङोडुब क्षोलिङ गोन्पाको परम गुरु नोर्बु लामा शेर्पाको पुनःजन्म पाएका हुन् । उनलाई दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बाका प्रमुख खेनटुल ग्याङखाङ रिन्पोछेले गद्दी आरोहण गराएको समन्वयकर्ता ङवाङ थुचेन लामाले जानकारी दिए । गद्दी आरोहण (ठिदेन) का लागि भारतबाट अवतारी सहितका विशिष्ठ व्यक्तिहरु नेपाल आएका थिए ।

तेन्जिन शेर्पाको ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ रगनीमा २०६५ साल असोज १३ गते जन्म भएको हो । उनका बुबा आङनिमा शेर्पा र आमा दाटी शेर्पा हुन् । उनि ५ वर्ष देखि दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बामा अध्ययन गरिरहेका छन् ।

आफन्तका अनुसार बाल्यकालमै उनले आफु नोर्बु लामाको पुुनर्जन्म पाएको बताएका थिए । पछि लामा पढ्न थालेका उनले बौद्धिक मान्यता अनुसार पुुनर्जन्म पाएको पुष्टि गरेका छन् । अघिल्लो जन्ममा भए गरेका सबै काम र योजनाबारे बताएपछि उनलाई अवतारी भएको औपचारिक मान्यता दिईएको थोलेदेम्बा शेर्पा किदुकका अध्यक्ष डेण्डी शेर्पाले बताए ।

१० वर्षिय अवतारी लामाले अब करिब १२ वर्ष दक्षिण भारतमा उच्चतह अध्ययान गरेपछि खेन्पोको उपाधि पाउन योग्य हुनेछन् । केही वर्ष गुम्बामा रहेर गुरुको सेवा गरेपछि खेन्पो उपाधि पाएमा उनि बौद्ध धर्ममा सर्वविज्ञ मानिन्छन् । ओखलढुङ्गामा अवतारी
लामा भएपनि यसरी भव्य समारोहका बिच गद्दी आरोहण गर्ने उनि पहिलो अवतारी लामा हुन ।

Comments

comments

Read More