धन हुँदा नि चेतना नहुने जाति: नेपाली आदिवासी

पुँजीवादी दलाल राज्य व्यवस्थामा धनाढ्यहरूकाे वशमा रहन्छ सकार । उनीहरूले अाफ्नाे स्वार्थलाई केन्द्रमा राखेर सरकारलाई सशर्त सहयाेग र चन्दा उपलब्ध गराउछन् । नेताहरूले उनीहरूबाट अार्थिक सहयाेग लिन्छन् र चुनाव जितेपछि हिजाे गरेकाे बाचा अनुसार काम गरिदिन्छन् । सरकारले पुँजीवादीकाे स्वार्थमा नुनकाे साेझाे गर्नै पर्ने हुन्छ ।

अमेरिकाकाे अर्थतन्त्र धान्नेहरूमा यहूदीहरू छन् । दिमागी र ढनाध्य भनेर यहूदीहरूलाई चिनिन्छन् । उनीहरू पैसा मात्र कमाउदैनन्, अाफ्नाे जातीय पहिचानकाे लागि सचेत छन् । ईजरायल देशलाई उनीहरू अाफ्नाे पहिचान र गाैरव ठान्छन् । उनीहरू “हामी अमेरिकन नै भए पनि इजरायल राष्ट्र हाम्राे प्रतिष्ठा हाे” भनेर बुझ्छन् ।

हर राष्ट्रपति चुनावमा उम्मेद्वार र उसकाे पार्टीलाई पैसा चाहिन्छ । उनीहरू यहूदी पुँजीपतिसंग पैसा माग्न जान्छन् । यहूदीहरूले अाफूहरू धनी भएकाेमा “फुर्केर” चन्दा दिदैनन् । उनीहरूले एउटा सर्तमा चन्दा सहयाेग गर्छन् । त्याे सर्त भनेकाे चुनावमा जिते पछि राष्ट्रपतिले जहिले पनि इजरायल प्रति नरम र सद्भावपुर्ण व्याहार गर्नु । त्यही भएर जुन सुकै अमेरिकी सरकारकाे ईजरायल प्रतिकाे धारणा जहिले पनि सकारात्म हुन्छ ।

अमेरिकाकाे नागरिक भईसकेका बाहुन हरि भण्डारीहरू नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा चासाे राख्छन् । उपेन्द्र महताे मधेसकाे मुद्दालाई उकास्न लगानी गर्छन् । विनाेद चाैधरीले अाफ्नाे व्यापार प्रवर्धन गर्न विदेशबाट श्रमिक नेपालीले उतैबाट ल्याउदै अाएकाे टिभिमा राेक लगाउनु पर्छ भनेर सकारसंग माग र सर्तहरू राख्छन् ।

तर नेपालका शेष घलेले याे कुरा बुझ्दैनन् । उता मीन बहादुर गुरूङले पनि याे कुरा बुझ्दैन । पैसा कमाएका छाैँ भन्दै फुर्किएर हाैसिएर काग्रेस-कम्युनिष्टलाई अाखा चिम्लेर चन्दा दिन्छन् । भ्रष्ट नेताहरूकाे कालाे धनलाई लगानी गरिदिने कामलाई पुरूषार्थ ठान्छन् । अाफ्नाे पहिचान र धरातल के हाे थाहा छैन । कुन सरकार र नेताले अाफ्नाे पहिचानकाे पक्षमा वकालत गरेकाे छ कि छैन भन्ने कुरा थाहा नै छैन् । अधिकार-पहिचान बारे यिनीहरूलाई चेत नै छैन ।

चरा अाकासमा जति सुकै माथि उडेता पनि चाराे खान त उही धरतीमै अाेर्लनु पर्छ ।

लेखक : बलदिप प्रभाश्वर चाम्लिङ

Comments

comments

Read More