थाहा कला केन्द्रले गर्यो अमिर बम्जन परिचय अभियान२०७६ को दोस्रो कार्यक्रम घोषणा।

पालुङ बैशाख २९ चन्द्र बहादुर तामाङ

अमिर बम्जन परिचय अभियान–२०७६ अन्तर्गतको दास्रोे कार्यक्रमको घोषणा गरेको छ । थाहा नगरपालिका वडा नं १ निवासि फरक क्षमता भएका गायक तथा चित्रकार अमिर बम्जन परिचय अभियान–२०७६ को दोस्रो कार्यक्रम अन्तर्गत उत्तरी क्षेत्र भरिका साहित्यकारहरुको साहित्य वाचन तथा साहित्यकारहरुसंग अमिर बम्जन भेट कार्यक्रम रहेको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताएका छन् । कला संस्कृति देशको पहिचान यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ वि.सं. २०७२ जेष्ठ नौ गते औपचारिक घोषणा गरि स्थापना भएको पाँचौ वर्षको अपार सफलता पाएकोमा पौचौ वार्षिक उत्सव पनि जेष्ठ ९ गते गर्ने भनि घोषणा गरिएको उक्त कार्यक्रमको समारोहमा मनाउने कला केन्द्रले जनाएको छ । हरेक वर्ष हरेक नयाँ नयाँ अभियान सञ्चालन गर्दै आएको थाहा कला केन्द्रले यस वर्ष अमिर बम्जनका विभिन्न कलाहरुलाई सिंगो राष्ट्रमा नै श्रृगार्दै लैजाने लक्षका साथ यस अभियानलाई लिएर आएका छन् । यस अघि पनि कला केन्द्रले आफ्नै सदस्यहरुको अभिनयलाई उजागर गर्दै सामाजिक सचेतना मुलक नेपाली कथानक चलचित्र परिवर्तित मनको संवाहक कल्चर लाई आफ्नो अभियानको रुपमा घोषणा गरि पूर्ण सार्थकता दिन भ्याएका थिए जुन चलचित्र अहिले देशका विभिन्न स्थानहरुमा च्यारिटि शोहरु भईरहेको छ । कला केन्द्रले गत वैशाख १ गते अमिर बम्जन परिचय अभियान घोषणा गरेसंगै पहिलो उक्त अभियानको पहिलो कार्यक्रम अनुरुप अन्तर कला केन्द्र तथा विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिताको आयोजना गरेका थिए जसमा १६ वटा समूहको सहभागिता रहेको थियो । सो कार्यक्रमको विचमा अमिर बम्जनलाई १६ वटा समूहको कलाकारहरु संग परिचय गराईएको थियो त्यस्तै दोस्रो कार्यक्रममा अब साहित्यकारहरुसंग अमिर बम्जनलाई भेट गराउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको कला केन्द्रले जनाएको छ । परिचय अभियानको दोस्रो कार्यक्रममा साहित्य वाचन, अमिर बम्जनका मुखद्धारा कोरिएका चित्र प्रदर्शनी, अमिर बम्जनका सांगितिक प्रस्तुतिहरु, सम्मान कार्यक्रम, चर्चित गायिका तथा समाजसेवी रजनी लामा को रोइला गीतको म्युजिक भिडियो विमोचन, विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा पाँचौ वर्षको अपार सफलताको उपलक्ष्यमा उमंगमय तरिकाले वार्षिक उत्सव मनाउने जस्ता विविध कार्यक्रमहरु उक्त समारोहमा गरिने परिचय अभियानका वर्ष सहयोगी सुनौलो विहानी युवा क्लवका अध्यक्ष शर्मिला स्याङ्तानले बताएकी छिन् । साहित्य वाचन कार्यक्रमका लागि थाहा नगरका लक्ष्मण बर्तौला विर्खे अन्जान, राम बतौला आँशु, रामकुमार बल, सुरेश कार्की निषाद, हरिकृष्ण कार्की, राजाराम रायमाझि, अभिराज अन्जान, भद्रध्वज गौतम लगायतका उपस्थिति रहने पक्का भएको छ । त्यस्तै सम्मान कार्यक्रममा सांगितिक क्षेत्रबाट मकवानपुर जिल्लालाई टेवा पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ । कार्यक्रममा उपस्थितिका लागि स्थानिय सरोकारावालाहरु, जनप्रतिनिधिहरु,पत्रकारहरु, कला तथा साहित्य प्रेमी सम्पूर्णमा अनुरोध गरिएको छ । कार्यक्रम थाहा नगरपालिकाको शिखरकोटमा हुने भएको छ ।

Comments

comments

Read More