चौविसे कला साहित्य तथा साँस्कृतिक संघ गठन,अध्यक्षमा भूमिराज

धनकुटा।३१ बैशाख

धनकुटा स्थित चौविसे कला साहित्य तथा सास्कृतिक संघ गठन गरिएको छ।

चौविसे गाउँपालिका राजारानी धनकुटाको सभा हलमा अाज सम्पन्न तदर्थ समितिको भेलाले ९सदस्यीय कार्य समिति गठन गरिएको हो। तदर्थ समितिको सयोंजक कविराज मगरको सयोंजकत्व एवम चौविसे गाउपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचालको प्रमुख अाथित्यमा ९ सदस्यीय कार्य समिति गठन गरिएको बताइएको छ।

सास्कृतिक संघको अध्यक्षमा गायक तथा संगीतकार भूमिराज देवान(अाधुनिक) उपाध्यक्षमा साहित्यकार दिवा चेमजोङ,कोषाध्यक्ष कलाकार सन्दीप लिम्बू,सचिव मा गायिका ज्योति समाल मगर र सहसचिवमा साहित्यकार कविन्द्र लिम्बू रहनु भएको जनाएको छ। संघको प्रमुख सल्लाहकार यज्ञ कुमारी रुचाल तथा सल्लाहकारमा कलाकार कविराज मगर र हास्य कलाकार विरेन्द्र ग्याबा तामाङ रहनु भएको छ।

चौविसे गाउँपालिका भित्र जन्म भई कलाकारिताको विभिन्न विधामा रहेर क्रियाशील देशभर छरिएर रहेको कलाकार एवम साहित्यकारहरुलाई एककृत गर्दै चौबिसे गाउँपालिका कला र साहित्यमा उतिकै सक्षम रहेको प्रमाणित गर्ने उदेश्यले यो संघको गठन गरिएको बताईएको छ।

साथै चौविसेको राजारानीमा वर्षेनी लाग्दै अाएको चण्डी पूर्णिमा मेलमा कलाकारहरुले साहित्य बाचन तथा सास्कृतिक कार्यक्रम गरिने निर्णय समेत गरेको छ। शो कार्यक्रम संचालनार्थ अावस्यक रकम चौविसे गाउँपालिकाले तर्जुमा गरि सकेको गाउपालिका उपाध्यक्ष श्री यज्ञ कुमारी रुचालले बताउनु भयो। चण्डी पुर्णिमा मेला यहि जेठ ४ गतेबाट शुरु हुदै छ।

Comments

comments

Read More