किराँत राई यायोक्खा शाखा साउदी अरबले साकेला उभौली यले दोङ-५०७९ मनाउने !

५ वैशाख । किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ मनाइने भएको छ ।

यायोक्खाले यही जुन ७ तारिखमा दमामस्थित अल खायाम रेस्टुरेन्टमा किराँतीहरुको साकेला सीली नाच,विभिन्न झाँक्रीका साथै बृहत साँस्कृतिक कार्यक्रमगरी मनाइने भएको हो ।

“सम्पुर्ण मुन्दुमी किराँतीहरु एक हौँ,किराँत लिपि,भाषा र भेषभुषाको संरक्षण गरौँ ” भन्ने नाराका साथ मनाउन लागिएको चाड यायोक्खा साउदीको दोस्रोपटक हो । यसअघि यायोक्खाले साकेला उभौलीसँगै मौलिक चाड मनाउँदै आएको सह प्रवक्ता नवराज राईले जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेका छन् ।

नेपालमा बैशाख पुर्णिामाको दिन पारेर मनाइने उभौलीलाई साउदीमा भने समय अभावका कारण झन्डै तीन हप्तापछि मनाइने भएको छ । उक्त कार्यक्रममा यहिका लोकदोहोरी गायक इस्लाम मिया,प्रेम डिसी,गायिका लक्ष्मी तामाङ गायकहरु समिर राई,रन राई,बिमल राईले आआफ्ना प्रस्तुति दिने भएको छ ।

त्यसैगर शिरि राई,पुतली तामाङ,मुना तामाङ,दिक्षा थापा,मन्जु परियार,धन कुमारी पुन मगर लगायतले बेजोड नृत्य प्रस्तुति गर्नेछन् ।

रोजगारीका लागि साउदी आईपुगेका किराँत राईहरुले प्रवासमा कामबाट बचेका समयलाई मौलिक कला,संस्कृति,भाषा,लिपी लगायतलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले यायोक्खाको २०१७ फेब्रुअरीमा स्थापन गरिएका थिए ।

बैशाख शुक्ल पूर्णिमा अर्थात् बसन्त ऋतुमा उभौली र मङ्सिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौलीलाई चाडको रुपमा बर्षमा दुईपटक यस चाडलाई मनाइन्छ । उभौली अन्नबाली सप्रियोस्,किराफट्याँङ्ग्रा,जंगली जनावरले दुःख नदिउन,सुख शान्ति,सुस्वास्थ्य,दैवी प्रकोप तथा विपत्ति नआओस् भनेर मनाइने गर्छन् । त्यसैगरी मंसिर पुर्णिामा अन्नबाली पाक्ने,आउँदो साल खाद्यान्नको अभाव नहोस् भनेर उधौली मनाउने गर्छन् ।

Comments

comments

Read More