कवि फुलमानको एकल कविता वाचन

१६ वैशाख । काठमाडौंको जमलस्थित नाचघरमा कवि फूलमान वलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानको एकल कविता वाचन श्रृंखला ‘स्रष्टा र सिर्जना’अन्तर्गत १४ औं शृंखलामा कवि वलले एकल कविता वाचन गरेका हुन् ।

उनले ‘आजका मान्छे’ ‘शीतलहर’, ‘बुद्धसँग जम्काभेट’‘दोस्रो जुनी’ ‘इन्द्रेणी गीत’, ‘बाग्मतीको आत्मलाप’, ‘भ्यालेन्टाइन्स डेको जुन’, ‘निद्रा’, ‘भुइँचालो’लगायत शीर्षकका एक दर्जन कविता प्रस्तुत गरेका थिए ।

बरिष्ठ लेखक एवं राजनीतिकर्मी रघुजी पन्तले प्रतिक्रिया दिदै कविताहरु शसक्त र उत्कृष्ठ लागेको बताए । कविताहरु सौम्य र सालिन व्रिदोही चेतना पाइने बताए । कवितामाथि समीक्षा गर्दै वासुदेव अधिकारीले वलका कवितामा तामाङ समाजको सजीव चित्रण भेटिने बताए। अधिक विम्वको प्रयोगले केही कविता भने क्लीष्ट बन्न पुगेको उनले टिप्पणी गरे ।

एक कथासंग्रह, एक कविता संग्रह र दूई नाट्य कृति प्रकाशित भइसकेका पत्रकार तथा कवि वलको बिहिबार ‘म फूल हुँ’ बोलको गीत पनि भिडियोसहित सार्वजनिक गरिएको थियो ।

Comments

comments

Read More