एकदिन एउटा विरुवा रोपेर मात्रै हाम्रो वातारवरण स्वच्छा हुदैन :अधिकारी


ओखल्ढुङ्गा २२ जेठ २०७६ :

४५ औ वातावरण दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै “एकदिन एउटा विरुवा रोपेर हाम्रो वातारवरण स्वच्छा नहुने” सुनकोशी गाउपलिकाका अध्यक्ष रुद्र अधिकारीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले स्वच्छ वातावरण बनाउनको लागि एकदिन औपचारिक कार्यक्रम भन्दा पनि दिर्घकालिन समाधान गर्ने उपाय खोज्नु पर्ने बताउनु भयो ।

भू तथा जलाधार कार्यालय ओखल्ढुङ्गाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ओखल्ढुङ्गाको सहकार्यमा ” स्वच्छ वायु स्वास्थ्य जीवन ” भन्ने नाराका साथ वृक्षारोपण ,वक्तृत्वकला प्रतियोगिता प्रतियोगिता तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो ।


कार्यक्रममा विशेस अतिथी सुनकोसी गाउपालिका उपाध्यक्ष दुर्गा तामाङ्ग ,भू तथा जलाधार कार्यालय ओखलढुङ्गाका प्रमुख हृदय झा , सुनकोशी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ओखलढुङ्गाका अधक्ष्य दिर्घा बहादुर खत्री लगायत ले शुभकामाना मन्तव्य राखेका थिए ।

Comments

comments

Read More