साहित्यकार बुद्ध योन्जनको कथा संग्रह ह्रुङाको विमोचन

२५ जेष्ठ , काठमाडौं । साहित्यकार तथा पत्रकार बुद्ध योन्जन लामाले जन्मदिनको अवसरमा एक समारोहबीच आफ्नो साहित्यिक कृति ह्रुङाको विमोचन गरेका छन् ।

लेखक बुद्ध योन्जन बताउँछन् विशेष गरेर यो संग्रह सिन्धुपाल्चोक लिसङ्खु आसपासको भाषामा केन्दृत रहेर लेखिएको तामाङ कथा संग्रह हो , यसमा १४ कथा रहेका छन् । केही केही कथाहरु काठमाडौं र यसको आसपासको विषयवस्तुलाई पनि समेटिएको छ । यहाँ सम्म आइपुग्नको लागी धेरै जनाको साथ पाएको छु । इन्द्र घिसिङ, यकिना आघात लगायतले तिमिले कथा लेख्नु पर्छ है भनेर प्रेरणा दिनुभएको थियो । विशेष गरेर तिमिले लेख्नु पर्छ है भनेर सुझाव दिनुहुने सबैजनालाई मैले सम्झनै पर्छ ।

कार्यक्रममा सो कृतिको टिप्पणी गर्दै टिप्पणीकार धावासाङ तामाङका अनुसार १४ कथा रहेको सो कृतिमा सबैजसो समय सान्दर्भिक रहेको बताउँछन् । वैदेशिक रोजगारी , मृत्यु कथा सगुन छोप्पा विवाह , पिडित महिलाको कथा , जनवादी शिक्षाको विषयलाई लिएर यथार्थपरक, रोचक प्रसंगलाई समेटिएकोले उत्कृष्ट रहेको बताउँछन् । उनले थप्दै भने दिर्घ हुनुपर्ने प्राय शब्दहरु ह्रस्व देखियो यसमा ध्यान दिनुपर्ने देखिन्छ ।

कार्यक्रममा संचारकर्मी तथा तामाङ डाजाङकी पूर्व अध्यक्ष मायालु ङेसुर र लेखक निष्णु थिङले थप टिप्पणी राख्दै शुभकामना व्यक्त गरेका थिए ।

तामाङ डाजाङको आयोजनामा भएको सो कार्यक्रम नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटीमा सम्पन्न भएको थियो । सो कार्यक्रममा भाषाविद अमृत योन्जन , तामाङ डाजाङकी अध्यक्ष सन्चु ब्लोन , तामाङ पत्रकार महासंघका अध्यक्ष विष्णु मोक्तान लगायत लेखक लेखिका ,संचारकर्मीहरु साथै विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Comments

comments

Read More