वडा भेला नगराइ योजना छनौट सम्पन्न

पालुङ २७ जेठ

उत्तरी मकवानपुर थाहा नगरपालिका थाहा अभियान्ता स्व. रुपचन्द्र बिस्टको नामले अझ प्रख्यात क्षेत्र हो । सम्पुर्णको पहुचमा सुचनाको हक लागू हुन पर्छ, सबैले सुचना पाउनुपर्छ, थाहा पाउनुपर्छ भनी उनै रुपचन्द्र बिस्टले आफ्नो जिवनकालभरि थाहा अभियानलाई जोड दिए । समय अन्तरालसङ्गै साबिक दामन, पालुङ्ग, आग्रा, चित्लाङ्ग, टिस्टुङ्ग र बज्रबाराही गाउबिकास समिति नगरपालिका हुँदै गर्दा नगरपालिकाको नाम पनि उनै रुपचन्द्र बिस्ट को अभियान “थाहा” जोडि थाहा नगरपालिका भनी नामाकरण गरियो । बास्तबमै सुचना सबैले पाए सबै सुसुचित अनि जानकार हुन्थे । तर थाहा नगरपालिका वडा नम्बर ३ जुन उनै रुपचन्द्र बिस्टको जन्म थलो पनि हो र सो कार्यलयको प्राङ्गणमा उनैको सालिक पनि उभ्याइएको छ ।तर विडम्बना त्यसै वडामा भने आर्थिक बर्ष २०७६/७७ को बिकास बजेट योजना छनौट टोल अनि वस्ती भेला नगराइकन एकतर्फी ढङ्गगले जननिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले नगरपालिकालाइ बुझाइसकेको छ । कार्यबिधी अनुसार यो सरासर न्यायोचित हैन । टोलको बिकास, बस्तिको बिकास अनि सिङ्गो वडाको बिकास भन्ने प्रावधान कार्यबिधिमा स्पस्ट छ । अहिले थाहा नगरपालिकाका अन्य वडा कार्यालयमा भने टोल, वस्ती भेलाको तयारी भैरहेको छ । तर वडा नम्बर ३ को कार्यालयले भने कुनै भेला नगराइकन योजना छनौट गरि पठाइसकेको छ । यसो भैराख्दा हामिले त्यस वडाको जनप्रतिनिधिहरुलाइ प्रस्न गरेउ जसमा वडा अध्यक्ष राजेस केसिले “यसपाली भ्याइएन त्यै भएर नगरेको, योजनाहरु वडा सदस्यहरुले छानेर ल्याएका छन ” भनेर गैर जिम्मेवारी पुर्ण तरिकाले जवाफ दिए । त्यसै गरि वडा सदस्य कविता कार्किले “भेला गरायो भने विवाद हुन्छ त्यै भएर हामिले कुनै भेला नगराइकन योजना छनौट गरिदिएको ” भनी जवाफ दिए। त्यस्तै वडा सचिब पाल्साङ्ग लामाले पनि जनप्रतिनिधिको अनुसार हामी चलेका हौ भन्ने जवाफ दिएका छन । अहिले सम्बन्धित वडाका बिद्दिजिवी अनि सरोकार वाला हरुले यस बिषयमा आफुहरु असन्तुस्ट रहेको बताएका छन। अब यसरी “थाहा” यानी “सुचना” नाम रहेकै नगरपालिका थाहा नगरपालिकाको वडामा यसो भैरहदा शंका गर्नेकी प्रस्न??

यस्तो छ योजना छनौटको कार्यबिधी ।।।।

Comments

comments

Read More