काठमाडौं देखि काभ्रेको रोशी सम्मको साहित्यिक यात्रा

मनु तामाङ २९ जेष्ठ । पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशाबाट भेला भएर काठमाडौंमा बन्यो एक जमात । त्यो जमातलाई जुटाउने काम गर्यो तामाङ डाजाङले , साथ दियो रोशी गाउँपालिकाले ।

मकवानपुरबाट निर्मला घिसीङ , रामेछापबाट पासाङ मोक्तान , शितल थोकर , धनकुमारी घिसीङ , सिन्धुलीबाट तेज योन्जन , अनिसा थिङ , फुलकुमार बम्जन , सिन्धुपाल्चोकबाट संगिता थिङ , चन्द्री मोक्तान , दोलखाबाट राजु मोक्तान , सर्लाहीबाट निकीता वाइबा , काभ्रेबाट कविराज काल्तान ,डुप्साङ लामा , इकमान लामा , इश्वर थोकर लगायतका एक हूल स्रष्टा लाग्यो रोशी गाउँपालिका तर्फ ।

सोमबारै तय गरेको साहित्यिक यात्राले विभिन्न एघार समुहमा विभाजित भई रोशी गाउँपालिका क्षेत्रभित्र पर्ने गाङनाम्सा, चारसय, पिन्थली, थाक्ले, लास्कोट÷कामिडाँडा, तेमाल गाउँपालिकाको काल्दर, बोज्र्याङलगायतका ठाँउहरु भ्रमण गरे ।

यी स्रष्टाले राजधानी बाहिर गएर त्यहाँको जनजीवन बुझे , पैदल यात्रामा रमाए , डाँडाकाँडा हरियाली मनोरम दृश्य अनि गोँधुली साँझमा चराको चिरबिरको मजा लिए । स्थानीय खानपानको स्वाद सहित रात बिताए पछि एघार समुह विभाजित भएर छुटिएका स्रष्टा रोशी गाउँपालिकामै डाजाङ द्वारा आयोजित छैटौं साहित्यिक यात्रा समापन कार्यक्रममा उपस्थित भए ।

जीवन्त साहित्य निकाल्नका लागि डाजाङले गरेको यात्रा उपलब्धिमूलक देखियो । रोशीको जनजीवनलाई समेटेर लेखिएका कविता वाचन गरे काभ्रेका डुप्साङ लामाले , सांस्कृतिक पहिचान झल्कने कविता पस्किए इश्वर थोकर , चन्द्री मोक्तान , श्याम योन्जन , अर्जुन घ्लान , राजु मोक्तान , निकिता वाइबा लगायतले । सोनाम मोक्तानले कथा सुनाए , राजकुमार ग्याबाले गजल । तेज योन्जन, धनकुमारी घिसीङ , रञ्जना मोक्तान , संगिता थिङले फापरे ह्वाइ प्रस्तुत गरेर उपस्थित सबैलाई नचाए ।

डाजाङका पूर्व अध्यक्ष बुद्ध योन्जनले सहजिकरण गरेको कार्यक्रममा डाजाङका उपाध्यक्ष फुलकुमार बम्जनले गीत सहित स्वागत मन्तव्य राखे । भाषा , साहित्य , संस्कृतिको विकास नहुन्जेल सम्बन्धित समुदायको विकास हुँदैन रोशी गाउँपालिका अध्यक्ष डिवी मोक्तानले बताए । यस्ता किसिमका समाज र समुदायलाई टेवा पुर्‍याउने कार्य प्रशंसनीय रहेको भन्दै नियमित प्राथमिकता दिने बताए ।

विशेष व्यक्तित्वहरु डा. गणेश योन्जन , डा. मुक्त सिं लामा , चन्द्रकुमार मोक्तान लगायतले आफ्ना भनाइ सहित कविता , गीत प्रस्तुत गरे । डाजाङकी अध्यक्ष सन्चु ब्लोनले रोशी गाउँपालिका सँगको सहकार्यमा साहित्यिक कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामि दिनमा पनि निरन्तर लाग्ने बताइन् ।

Comments

comments

Read More