तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव सम्पन्न , उत्कृष्टमा स्ह्यामा पिन्बा


३१ जेष्ठ ,काठमाडौं । राजधानीमा दुई दिनसम्म चलेको “तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव २०१९” सम्पन्न भएको छ ।

तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना र एससीआरसीको सहकार्यमा भएको महोत्सवमा १९ वटा लघु चलचित्रले प्रतिस्पर्धामा भाग लिएका थिए ।

बिहीबार साँझ तामाङ खानापानका साथ नयाँ बानेश्वर स्थित शीतल चौतारीमा पुरस्कार वितरण गरिएको थियो । महोत्सव अध्यक्ष बिगेन्द्र वाईबा तामाङको सभापतित्व रहेको अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

निर्णायक मण्डलको आधारमा स्ह्यामा पिन्बाले ग्राण्ड जुरी अवार्ड सेमरी छोरङान पाएका छन् । अवार्डसँगै नगद ५० हजार जितेका हुन् । सन्चु थोकरद्धारा निर्देशित चलचित्र १६ मिनेटको रहेको थियो । नुवाकोट आसपासका तामाङ समुदायको छोरीलाई हुर्केपछि स्ह्यामा पिन्बा प्रचलनलाई देखाउन खोजिएको छ । त्यस्तैगरि विभिन्न विधामा चलचित्रहरुले अवार्ड प्रप्त गरेका थिए – पब्लिक च्वाइस अवार्ड नगद रासी सहित ‘छ्यो पोङ’ फिल्मलाई , स्पेशल मेन्सन एवार्ड – ‘म्हेन्दोमाया’ डकुमेन्ट्रीलाई, इन्करेजमेन्ट अवार्ड ‘नोर्बु’ चलचित्रलाई , डकुमेन्ट्रीतर्फबाट बेस्ट डकुमेन्ट्री अवार्ड “मधुराजा” चलचित्रलाई , लघु चलचित्रबाट बेस्ट फिल्म अवार्ड नगद रासी सहित “क्युई” चलचित्रले हात पारेको हो ।

बुद्धचित्त, स्ह्यामा पिन्बा, मधुराजा, छ्यो पोङ, जर्नी टु सिङ्ला, ह्याङ्ला बोन, पिलग्रिम टु पाँचपोखरी, क्युई, संस्कार, स्वयम्भु तेमाल जात्रा, नोर्बु, सैलुङ यात्रा, धुर्सा, तउसर माने जात्रा, शिशाघासा, गिफ्ट फ्रम मदर, म्हेन्दोमाया र फापारे ह्वाईले सहभागी भएका थिए ।

चलचित्र क्षेत्रबाट देशलाई संसारभर चिनाउन आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास गर्नुपर्छ यस्ता खालका चलचित्रलाई विकास गर्नको लागि चलचित्र विकास बोर्डको सदैव साथ र सहयोग रहनेछ ,अध्यक्ष भट्टराई बताउछन् ।

महोत्सवमा तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल, भिजुअल पोइट्री एवं कविता वाचन, पराम्परागत थाङ्का चित्रकला एवं मुर्ति कलाबारे अन्तरक्रिया लगायतका कार्यक्रमहरु भएका थिए । 

नेपाल, अमेरिका, जापान, क्यानडा लगायतका देशहरुबाट प्रतिनिधित्व हुने चलचित्रहरु महोत्सवमा प्रतिस्पर्धाका लागि गर्न छनोट गरिएको महोत्सव निर्देशक जगतमान तामाङले जानकारी दिए ।
महोत्सवको आकर्षणमा भेषभुषा, पुस्तक, थाङका चित्रकला एवं मुर्तिकला प्रदर्शनमा राखेका छन् ।

महोत्सव संयोजक कुमार मोक्तानका अनुसार सहज वातावरणमा सम्पन्न भएकोले आगामी दिनमा बाहिरीमुलुकबाट दोस्रो महोत्सव गरिने खुलासा गरे । अध्यक्ष विगेन्द्रसिंह वाइबाले प्रविधि युगमा पछिल्लो पुस्तालाई बुझाउन सकिने सांस्कृतिक चलचित्र निर्माणमा सबै लाग्नुपर्ने बताए ।

Comments

comments

Read More