कसम,सरकारलाई यहि कुरा हावा लागेको हो – सबिता दोङ तामाङ

कसम,सरकारलाई यहि कुरा हावा लागेको हो – सबिता दोङ तामाङ

गजल,,
मुस्कुराँउदै ती दुश्मनहरुले गला लागेको हो
रत मनलाई उनिहरु नै आफ्ना लागेको हो

महासय,मेरा पछी मेरै धेरै बर्णन नगरियोस्
तपाईंको बर्णन दिललाई दया लागेको हो

एक नेपाली परदेशमा रगत बेची पैसा किन्छ
मेरो सरकारलाई यहि कुरा हावा लागेको हो

कयौं शिशु नालिमा नै जिबित भेटिएपछी
कसम मलाई आमाको मन ढुङ्गा लागेको हो

महोदय, तल्लाघरे काकुले शरीर छोएदेखि
आफ्नै बाको प्यार पनि फिक्का लागेको हो

    सबिता दोङ तामाङ 
      काभ्रे चौरीदेउराली



Comments

comments

Read More