दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

मोहन कुमार तामाङ्ग पोखरा :२३ मङ्सिर २०७६: बिस्तारै सुर्यका किरणहरु सरङ्कोटको डाडाबाट पोखरातिर लम्किरहेका थिए। माछापुच्छ्रे आफ्नो मन्दा मुस्कानसगै आफ्नो छायालाइ फेवातालमा डुबुल्की लगाउन आतुर गर्दै थिए ।। बढ्दै गरेको वयस्क जाडो घामको किरणसग त्यतिकै कहाँ तेर्थ्यो र?? तर पनि मान्छेको जिद्दीसामु उसको केही चल्दैन थियो। यहि भएर होला ती वयस्कसग मान्छेहरु आफ्नो आत्मविश्वासलाई भिडाउदै रंगशाला गेट अगाडि लाइन लाग्दै थियो।। मर्निङ वाक जानुको सट्टा आज रंगशाला कुदेका रैछन धेरै जसो सायद नेपालले जितेको सपनामा देखेर होला उनिहरुलाइ विपना पनि पक्कै हुन्छ भन्ने विश्वास लिएर टिकट लिन आएका।। बिस्तारै घामको…

डोनल्ड ट्रम्प अस्थिर बुढो मान्छे:किम जोङ

सोल : उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘बेपरवाह’, ‘अस्थिर बुढो मान्छे’ जस्ता संज्ञा दिँदै कडा आलोचना गरेका छन् । नेता किमले उनलाई ‘झुट’ भन्दै टिप्पणी गरे । ट्रम्पले किम र आफू असल मित्रता रहेको भन्दै प्रतिक्रिया दिएको भोलिपल्टै किमले यस्तो आलोचना गरेका हुन् । अवरुद्ध परमाणु वार्ताका लागि उत्तरले अमेरिकालाई दबाव दिँदैआएको छ । यस क्रममा उनीहरु २०१७ देखि नै आपसमा अपमानित शब्द प्रयोग गर्दै टिकाटिप्पणी गर्दैआएका छन् । वार्ता प्रक्रियाको अवधि सकिनै लाग्दा अमेरिका र उत्तर कोरियाबीच विवाद बढेको हो । ट्रम्पले भने यसअघि उत्तर…

तामाङ जातिलाई मंगोलियन किन भनिन्छ: सन्तोषकुमार बैद्य तामाङ

शताब्दी पहिलेदेखि भारत र तिब्बतबीचको व्यापारिक नाका र दोबाटोको रूपमा नेपाल रहँदै आइरहेको थियो । यसै क्रममा तथा यो भन्दा अघिदेखि विभिन्न समयको दौरानमा मानिसहरू उत्तर, पूर्व तथा दक्षिणबाट बसाई सरी यो देशमा बसोबास गरेका थिए । यो व्यापार सुरु हुनुभन्दा पहिले, मानव सभ्यताको क्रममा यो देशको उत्तर मंगोलियमा विभिन्न आदिम जातिहरूको स–सना राज्यहरू भएको पाइन्छ । त्यस राज्यहरू अन्तर्गत जब जिङ्गिस÷चिङ्गिस खानले ती स–सना राज्यहरूलाई एकीकरण गरे त्यसपछि उनका सन्तान तथा उनका फौजले दक्षिण पश्चिम तिब्बत ९ताङगुत शासकको सीमासम्म० लगायत १२ औँ शताब्दीमा ९सन् १२७१–१३६८० बर्मासम्म आफ्नो सीमाना राख्न…

पेशा तथा व्यवसायमा तामाङ समुदायको सहभागीता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ मङसीर २०७६ काठमाडौं । नेपाल तामाङ घेदुङ पेशा तथा व्यवसाय विभागको आयोजनामा “पेशा तथा व्यवसायमा तामाङ समुदायको सहभागीता र चुनौती” विषयक “अन्तरक्रिया कार्यक्रम २०७६” नेपाल तामाङ घेदुङ संघीय कार्यालयको सभाकक्षा चुच्चेपाटी, बौद्धमा सम्पन्न भयो । नेताघे सल्लाहकार तथा औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष देवराज तामाङको प्रमुख अतिथ्यमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रम पेशा तथा व्यवसाय विभागको संयोजक बेलबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अथितिले छ्युमे बालेर शुरु गरेका “अन्तरक्रिया कार्यक्रम”मा अतिथिका रुपमा नेपाल तामाङ घेदुङका पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष बेली लामा, उपाध्यक्षहरु सीता गोले, अमिर मोक्तान, भाषा संस्कृतिक विभागका…

गण्डकी प्रदेशका लोकबाजाहरु प्रदर्शन आज गण्डकी प्रदेशका बाजाका धुनहरु प्रस्तुत गरिदै

हुम तमु पोखरा, २० मंसिर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना एवम हिमाली साँस्कृतिक परिवारको सहकार्यमा पोखरामा गण्डकीका धूनहरु कार्यक्रम शुरु भएको छ। दुईदिने कार्यक्रमको पहिलो दिन शुक्रवार गैह्रापाटनस्थित कुमुदिनी होम्समा लोपोन्मुख बाजा प्रदर्शन गरिएको थियो। बाजा प्रर्दशनीमा विद्यार्थीहरु अवलोकनका लागि भिड नै लागेको थियो। लोपोन्मुख नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्ने उद्धेश्यसहित आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रचलित एवम लोपोन्मुख बाजा प्रदर्शनी गरिएको छ। यसरी नै शुक्रवार गण्डकीका धुनहरु विषयक विचार गोष्ठी पोखरामासम्पन्न भएको छ । कार्यक्रममा हिमाली भेग उपल्लो मुस्ताङमा प्रचलनमा रहेको लोक बाजा टुङ्गनाको…

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

काठमाडौं सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी छिन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । श्रीलंकाकी गंगा सेन २ मिनेट २७.२५ सेकेन्ड समयसहित तेस्रो भइन् । नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको छ । पौडीमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको महिला फुटबल अन्तर्गत नेपाल ले माल्दिभ्सलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । पोखारा रङ्शालामा आज (बिहीबारं) माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाली महिला टोली तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक गरिन् । पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । उनले १८ औं मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो गोलले…

गण्डकी मेडिकलका अध्यक्ष विरुद्द विद्यार्थीद्वारा उजुरी

पोखरा, १२ मङ्सिर २०७६: कलेजले बढी शुल्क लिएको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजका १७ विद्यार्थीले अध्यक्ष खुमा अर्याललगायतविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा किटानी उजुरी गरेका छन् । कलेजका विद्यार्थीका अनुसार कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न र सञ्चालकलाई ठगी मुद्दा चलाउन माग गर्दै जिल्ला निवेदन दिएका हुन् । ०७३/७४ मा भर्ना भएका विद्यार्थीमा केही सँग ५६ लाख असुलिसकेको र तिर्न बाँकी रहेकालाई छिटो बुझाउन दबाब दिएको उजुरीमा उल्लेख गरेका छन् । विद्यार्थीले कलेजका विभिन्न शाखामा तालासमेत लगाएका छन् । 

टुटल र पठाओलाइ अवरोध नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

काठमाडौं :टुटल र पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई नरोक्नका लागि निर्देशन दिएका हुन् । बुधबार भएको बैठकमा नेम्बाङले पठाओ र टुटल युवाको रोजाइमा परेकाले नरोक्नका लागि आदेश दिएको मन्त्रालयका सहसचिव देबेन्द्र कार्कीले जानकारी दिए ।

श्रीमानको देहावसानमा १३ दिन किरिया बस्न नसक्नेले जनताको सेवा गर्न सक्दैनन्: खतिवडा

पोखरा,६ मङ्सिर: आफ्नो श्रीमानको देहावसान हुदा हिन्दु सस्कार अनुसार १३ दिनको किरिया बस्न नसक्नेले जनताको सेवा नगर्ने नेपालि कांग्रेसका नेता एवं पुर्व सविधानसभा सदस्य रामहरी खतिवडाले जिकिर गर्नु भयो । साथै त्यस्तो मान्छेलाई आफ्नो अमुल्य मत नदिन समेत खतिवडाले आग्रह गर्नु भयो। नेपाल तरुण दल कास्की क्षेत्र नम्बर दुइ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खतिवडाले भ्रस्ट,दलाली,बलात्कारीको नेतृत्व गर्ने नेकपाले केहि गर्न नसक्ने भएकोले अब फेरी भोट दिएर गल्ति नगर्न कस्केली जनतालाई सजक गराउनु भयो । केपी ओलीको राष्ट्रवाद, भ्रष्टाचारमा शुन्य सहनशीलता सबै कालापानी, लिपुलेक, लिम्पियाधुरा , वाइड बडी ,…