“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे काठमाण्डौ र गाउँमा राहत

बलाखु, सुनकोशी: ११ असार २०७७: सुनकोशी गाउपालिका (गापा) २ मा संचालित “ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले दोश्रो चरणको राहत बितरण अभियान काठमाण्डौ र गाउँमा सम्पन्न गरेको छ । काठमाडौंमा अस्थायी रुपमा बस्ने वडाका ५० र गाउका २६० घरधुरीलाई खाद्यान्न वितरण गरेको अभियान्त यम पाख्रिन तामाङ्गले जानकारी दिनुभयो । कोभिड-१९ को विश्वामाहामारीले गर्दा दैनिक मजदुरी गर्ने र निम्न आय भएकालाई परेको असर र परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न दातासगको सहयोगमा अभियान सम्पन्न भएको पनि पाख्रिनले बताउनु भयो । यस राहत वितरण अभियान सम्पन्न गर्नको लागि १५ सदस्यीय मूल समिति बनाइएको थियो जसमा…

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

दमक/२०७७/०२/२३गते, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले ९ जिल्लाको प्रशासन कार्यालयहरु मार्फत रुकुम चौरजहारीमा भएको हत्याकाण्डमा संलग्न दोषीलाई कारवाहीको माग सहित प्रधानमन्त्रीको कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापन पत्रमा एमसिसिको बारेमा जनताले बुझ्ने गरी स्पष्ट श्वेतपत्र जारी गर्नका लागी समेत माग गरिएको छ । शुक्रबार दिउँसो जिल्ला प्रशासन ताप्लेजुङ्, पान्थर, इलाम, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा त्यसैगरी धरान इ.प्र.का., उर्लाबारी इ.प्र.का., दमक इ.प्र.का. लगायत स्थानहरुबाट ज्ञापन पत्र बुझाएका छन । लिम्बुवान मञ्च लगायत अन्य प्रान्तीय मञ्चहरुको तर्फबाट आफ्नो दृष्टिकोण र माग सहित प्रधानमन्त्री समक्ष ज्ञापन पत्र…

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

दमक/२०७७ जेष्ठ २० गते, बुधबार लकडाउनको समयलाई सदुपयोग गर्दै हङ्कङ्मा रहेर पनि नेपाली कला संस्कृति प्रति निरन्तर लागिरहनु भएका त्यसमा पनि आफ्नो लिम्बु भाषा कला संस्कृति प्रति मरिमेट्नुहुने मौसम लिम्बु चलचित्र निर्देशक, नायक तथा सफल कलाकार पनि हुन् । आजकल वहाँलाई नेपाली कला क्षेत्रमा फुलेन्दे कुम्बा (फुलेन्देको बाउ) भनेर चिनिनु हुन्छ । वहाँको एडमिन फुलेन्देको बाउ फेसबुक पेजबाट लकडाउन समयलाई सामाजिक संजालमा कलामय बनाउनको निमित्त लिम्बू गीत तथा कला संस्कृतिको उजागर गराउनुका साथै विश्व माझ अभियानको रुपमा पुर्याउन अन्तराष्ट्रिय लिम्बु गीतमा टिकटक नृत्य प्रतियोगिता गरिहनु भएको छ । उहाँले यस…

बहुराष्ट्रिय राज्यबारे भ्रम र यथार्थ : मोहन गोले

उदयपुर १७ बैशाख राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच २०७७ बैशाख १० गते एकता भई जनता समाजवादी पार्टी नेपाल बन्यो । दुई पार्टीको एकताको सहमति पत्रमा लेखिएको छ ः देशमा सात दशक लामो संघर्ष र बलिदानी पश्चात संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । विश्वमा विकसित नवीनतम लोकतान्त्रिक मूल्य र मान्यताको दृष्टिले केही अपूर्णता रहेपनि यो आजसम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । यसलाई अझ विकसित गर्दै पहिचानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसाँस्कृतिक राष्ट्रवादको विकास गर्न जरुरी…

बाबुरामको बिद्रोही भष्मासुर : मोहन गोले

उदयपुर 16 बैशाख अध्ययनमा सधैं अब्बल अनि परिवर्तनका लागि सदैव बिद्रोही चेतका एक रोलमोडल नाम हो डा. बाबुराम भटराई । नेपालको पूर्व प्रधानमन्त्री समेत भइसकेका एक उच्च ब्यक्तित्व भटराईले माओवादी जनयुद्धमा सहभागी भएर आजसम्म आइपुग्दा जातीय सर्बोच्चता कायम गर्नका लागि सधैं आन्तरिक राष्ट्रियता दबाउने घरेलु दुश्मनलाई प्रधान शत्रुको रुपमा करार गरे र यसैको बिरुद्धमा निरन्तर लडिरहे । कुनैबेला गोरखाको गाउँमा तुने चप्पल र जाँघे कट्टु लगाएर हिड्ने केटो बाबुरामले नेपाली समाजको जातीय, बर्गीय अन्तर्विरोधलाई नजिकबाट चिनेका थिए । त्यसैले उनले नेपालको आन्तरिक राष्ट्रियतालाई मजबुत बनाएपछि मात्रै बाह्य विस्तारवाद र साम्राज्यवादको…

क्याम्पसमा अध्ययनरत ३८ विधार्थीलाइ क्याम्पसद्वारा बसको व्यवस्थागरि घर पुर्याइयो

धारन, १३ बैशाख २०७७: महेन्द्र बहुमुखी क्याम्पसले धरानमा डेरा गरी बस्ने पूर्वका ३८ जना विद्यार्थीहरुको उद्दार गरी शनिबार विहान घर सम्म पुर्याइदिएको छ । धरानमा बसेर महेन्द्र क्याम्पसमा अध्ययन गर्ने मोरङ र झापाको विद्यार्थीहरुलाई बस मार्फत घरसम्म पुर्याउने व्यवस्था गरिएको हो । चैत ११ गतेबाट गरेको लकडाउनको अवधि एक महिना नाघेकोले गर्दा धरानमा बसेर अध्ययन गर्ने विधार्थी समस्यामा परेका थियो । विद्यार्थीको माग अनुसार बस मार्फत उनीहरुको घरसम्म पुर्याउने व्यवस्था गरिएको स्ववियू सभापति सागर सरगम चेम्जोङले बताए । ‘हामीले महेन्द्र क्याम्पसको आयोजना तथा हात्तिसार क्याम्पसको समन्वयमा विद्यार्थीहरुलाई उद्दार गर्ने कार्य गरेका…

खिजीदेम्बाले गरे काठमाडौँबाट ७ सय ३५ नागरिकको उद्दार

काठमाडौं, १३ बैशाख २०७७: लामो समयदेखिको लकडाउनको कारण काठमाडौंमा अलमपत्र परेका ७३५ नागरिकलाइ खिजिदेम्बा गाउँपालिकाले उद्दार गरेर गाउपालिक ल्याइएको छ । काठमाडौँमा दैनिकरुपमा ज्याला मजदुरी गरी जीविकापार्जन गर्ने श्रमिक, अध्ययनका लागि डेरा गरी बसेका विध्यार्थी तथा उपचारका क्रममा वा विशेष कामका शिलशिलामा आफ्नो घरछोडी बाहिर गई लकडाउनमा फसेकाहरुलाई गाउँपालिकाले उद्दार गरेको गाउपालिका का अध्यक्ष दबहादुर रोकाले बताउनु भयो । सर्वोच्च अदालतको अन्तरिम आदेशलाई आधार मान्दै कठिनाई भोगीरहेका नागरिकहरुलाई नि:शुल्करुपमा गाउँपालिका ल्याइएको गाउँपालिकाका अध्यक्ष रोकाले बताए । साथै अहिले उद्दार गरिएर ल्याइएका सबै नागरिक राज्यको निर्देशन बमोजिम मानवीय जीवनको सुरक्षाका लागि २ हप्तासम्म…

कोरोना, प्रकृति र पुँजिवाद : मोहन गोले

 यतिबेला कोरोना भाइरसदेखि बिश्व मानव समुदाय डर र त्रासको बीचमा घरघरमा लुकिरहेको छ । हामी सबैलाई लागेको छ, कति दिन हामी घरभित्र लुकेर बस्नु पर्ने हो ? यसको अन्त्य कहिले होला ? कसैले भन्छन्, यो भाइरस अप्रिल महिनासम्म सक्रिय रहनेछ । त्यसपछि यो बिस्तारै कम हुँदै जान्छ । कोरोना भाइरस ३० डिग्रीभन्दा बढी गर्मीमा बाँच्न नसक्ने चिकत्सकीय तथ्यको कोणबाट यसखालको अनुमान हामी गरिरहेका छौ । तर मलाई यो त्यति सजिलै हराइहाल्छ भन्ने लाग्दैन । संसारमा कुनैपनि जीव अस्तित्वमा आउनुको पछाडि एउटा कारण हुन्छ । अकारण कुनै चिजको उत्पति र मृत्यु…

पुजिवादको निशानामा म प्रकृतिवादी मान्छे

यो पुजिवादले मलाई कहिले आणविक हतियारले मार्यो, कहिले संक्रामक रोग भित्र्याएर मार्दैछ भने कहिले मेरो सामाजिक बिबिधतालाई समाप्त पारेर मार्दै आएको छ । सोर्हौ, सत्रौ शताब्दीतिर जब औद्योगिक पुजिवादको विकास भयो । तब तिमि (पश्चिमा) हरु आफ्नो तयारी माल बिक्रीको लागि संसारका मुलुकहरूलाई उपनिवेश बनाउने होडबाजीमा उत्रीयौ । त्यसपछि म प्रकृतिवादी मान्छेहरू पटकपटक मर्ने र बौरिने क्रममा छु । प्रथम विश्व युद्ध (१९१४-१९१८) र दोश्रो विश्व युद्ध (१९३९-१९४४) मा मानव बिनाशकारी हतियार प्रयोग गरेर करोडौं म मान्छेहरूलाई कमिलासरी मार्यौ । तिमी देश, देशलाई कब्जा गर्ने नाममा तिम्रो सामान किनेर खाने…

सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम मुलखर्कमा भव्यताका साथ सम्पन्न (फोटो फिचर सहित)

मुलखर्क ,ओखलढुंगा २७ माघ २०७६: सोनाम ल्होछार मन्जुश्री संवत २८५६ औं जीवा ल्हो(मुसा वर्ग) को पावन अवसरमा आयोजित सोनाम ल्होछार शुभकामना आदानप्रदान खेलकुद तथा बृहत सास्कृतिक कार्यक्रम सुनकोसी गाउपालिका मुल्खर्कमा भव्यताका साथ सम्पन्न भएको छ । बोंबो झाकी, लामा झाकी , डम्फु नाचको र्याली सगै उद्घाटन गरेको कार्यक्रम प्रदेश संसद माननीय मोहन खड्काको प्रमुख आतिथ्यताम्मा भएको थियो भने बिशिस्ट अतिथीमा नेपाल तामाङ घेदुङ संघीय सचीव तथा विपद व्यवस्थापन प्रमुख कृष्ण ब्लोन तामाङ्ग, सुनकोसि गाउपालिका अध्यक्ष रुद्र प्रसाद अहिकारी , नेपाल तामाङ युवा घेदुङ संघीय अध्यक्ष बिलम तामाङ्ग रहनु भएको थियो…