प्रम ओलीकै घरबाट कमिशनको सेटिङः डा.बाबुराम भट्टराई, भ्रष्टचारको साची बन्दैनौं भन्दै नेकपा नेता गौतमसहित दर्जनौ समाजवादीमा प्रवेश

हुम तमु पोखरा, १० फागुन समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिशनको सेटिङ हुने गरेको आरोप लगाउनुभएको छ। समाजवादी पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा जनसंगठनहरु समायोजन कार्यक्रमको शनिबार पर्वतमा उद्घाटन गर्नुहुदै प्रमुख अतिथि अध्यक्ष भट्टराईले ओली सरकारका सुचना तथा संचार मन्त्री एवम प्रवक्ता, ओलीका प्रिय पात्र गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका बारेमा ७० करोड कमिशनको डिलिङ गरेको दावी गर्नुभयो। कमिशन सेटिङको अडियो बाहिरिए पछि हाल राजीनामा दिएका प्रम ओलीका प्रिय गोकुल बास्कोटा ओलीकै घरमा बस्छन…

एनआरएन युकेकी अध्यक्षको सहयोगमा १ लाखको अक्षयकोष स्थापना

पोखरा, ६ फागुन २०७६: एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले शैक्षिक विकासका लागि आफ्ना स्वर्गीय बाजे क्या.बिर्तासिंह गुरुङको नाममा पोखरा महानगरपालिका वडा नं.१३ मा रहेको विजयपुर आधारभुत विद्यालयमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । विद्यालयको प्राङ्गणमा आयोजित सम्मान कार्यक्रममा बोल्दै गुरुङ्गले यस्तो घोषण गर्नुभयो । अध्यक्ष गुरुङलाई विजयपुर आधारभुत विद्यालय परिवार, पोखरी गाँउको चण्डेश्वरी आमा समुहले मायाको चिनोसहित फूलमाला, खादा, अबिरले सम्मान गरिएको थियो भने माइती खलक म्रोम्जो कोने घोताने परिवारले गुरुङ पोशाकसहित बधाई र सम्मान गरिएको थियो।

समाजवादी सास्कृतिक महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बिनोद रामदान

पोखरा, ५ फाल्गुन २०७६: पुर्व नया शक्ति र पुर्व संघिय समाजवादी निकट भातृसंगठन सास्कृतिक महासंघको समायोजन पछी बनेको समाजवादी सास्कृतिक महासंघको अध्यक्ष विनोद रामदान चयन भएको छ । पार्टीका गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ्गको प्रमुख अतिथि एवं समाजवादी पार्टी गण्डकी प्रदेश परिषदको अध्यक्ष सुन्दर गुरुङ्ग र गण्डकी प्रदेश उपाध्यक्ष दिपक तामाङको विशेष आतिथ्यतामा भएको समायोजनमा रामदानको अध्यक्षमा २९ सदस्यीय कार्यसमिति बनेको हो । कार्यसमितिको उपाध्यक्षमा मालति राना , मुख्य सचिव: डीबी गुरुङ्ग , सचिव: कुमारी गुरुङ्ग , कोषध्यक्ष: मुना पोखरेल , सह-कोषध्यक्ष: सरिता मगर, सदस्यहरुमा सन्तोष मगर, सुनिल महत, मोहन…

समाजवादी पार्टीको गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङ संविधानको धारा २७४ खारेज नगरे द्वन्द्व निम्तनेः उपाध्यक्ष राई

हुम तमु पोखरा, २७ माघ समाजवादी पार्टीको बिसु अभियान अन्र्तगत सोमवार गण्डकी प्रदेश परिषद गठन र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पहिचानसहितको संघीयता, सुशासन, समृद्धि र समावेशिता नारासहित पार्टी विस्तार तथा सुदृढीकरण अन्र्तगत पोखरा आयोजित भेलाले पार्टीको गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङलाई चयन गर्दै परिषद गठन गरिएको हो। बिसु अभियान अन्र्तगत फागुन १५ गतेभित्र प्रदेश परिषद गठन गर्ने कार्यकालिका अनुसार पार्टीका केन्द्रीय सदस्य तथा परराष्ट्र विभाग सहइञ्चार्ज गुरुङको अध्यक्षतामा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी,प्रदेश सल्लाहकार समितिका सदस्यहरु, प्रदेश विज्ञ परिषद सदस्य, प्रदेश आयोगका सदस्य, जिल्ला समन्वय समितिका…

युथ कम्युनिटी क्लवको अध्यक्षमा पूर्ण श्रेष्ठ

पोखरा ,२७ माघ २०७६: पोखरामा क्रियाशिल व्यवसायिक युवाहरुको क्लव युथ कम्युनिटी क्लवको प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पूर्ण श्रेष्ठ निर्वाचित भएका छन । शनिवार पोखरामा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा जयन्ती मोक्तान सचिवमा कृष्ण प्रसाद दाहाल ,कोषाध्यक्षमा बिकास गुरुङ रहेक छन। यसै गरी सदस्यहरुमा स्नेहा गुरुङ मान बहादुर शाही , मोहन शाही , इशा गुरुङ , चिन बहादुर गुरुङ ,सर्मिला लामा र अनिल श्रेष्ठ छन । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक तथा कानुन मंत्री हरि चुमान…

समावेशीता बिना ससारको कुनैपनि देश समृध्द बनेको बिश्व उदाहरण छैन:प्रशान्त शिँह

बागलुङ , २५ माघ २०७६: समावेशीता बिना ससारको कुनैपनि देश समृध्द बनेको बिश्व उदाहरण नभएको केन्द्रिय सचिब तथा प्रचार प्रसार बिभाग प्रमुख प्रशान्त शिँहले बताउनु भयो । समाजवादी पार्टी बागलुङको जिल्ला स्तरिय बिसु अभियान ,प्रशिक्षण तथा जनबर्गिय सँगठनहरुको समायोजन कार्यक्रम ( सँगठन सुदृढीकरण तथा बिस्तार अभियान ) मा बोल्दै उहाले यस्तो बताउनु भएको हो । ब्यानर बाचन गर्दै उदघाट्न गरिएको कार्यक्रमको उदघाट्न मन्तब्य तथा प्रशिक्षण दिनुहुदै केन्द्रिय उपाध्यक्ष श्री हेमराज राईले “समाजबादी पार्टि मात्रै त्यस्तो पार्टि हो जस्ले नेपालि समाजको बास्तबिक समस्या बिश्लेषण र हल गर्ने अौजारको रुपमा सँघिय समाजवादलाई…

मिर्गौला पिडित मनिषालाई तमु समाज बेल्जियमद्धारा १ लाख २३ हजार ९४ रुपैयाँ सहयोग

हुम तमु पोखरा, २० माघ मिर्गौला पिडित मनिषा गुरुङको उपचारका लागि तमु समाज बेल्जियमले १ लाख २३ हजार ९४ रुपैयाँ सहयोग गरेको छ । पोखरा १२ नहरमार्गस्थित जनकल्याण तमु समाजमा सोमबार आयोजित कार्यक्रममा तमु समाज बेल्जियमका उपाध्यक्ष गंगा बहादुर गुरुङले मनिषा बचाउ अभियानका संयोजक तथा जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर कास्की जिल्ला, मादी ७ की मनिषा गुरुङ मिर्गौला पिडित भई उपचारका लागि मनिषा गुरुङ बचाउ अभियानमा करिब ५० लाख रुपैया उपचार सहयोग संकलन पश्चात अभियान बन्द गरे पनि तमु…

ह्योल्मो समाज कास्कीले सोनाम ल्होसार भव्यताका साथ मनायो

पोखरा, १८ माघ २०७६: नेपाल ह्योल्मो समाज सेवा संघ, कास्कीले २१४७ औं च्याग फो ज्यिवा ल्हो(मुसा वर्ग) सोनाम ल्होसार शनिवार भव्यताका साथ मनाएको छ। कार्यक्रममा ल्होसार शुभकामना आदान आदानप्रदान, सम्मान, विविध साँस्कृतिक कार्यक्रमका साथै सामुहिक प्रीतिभोज गरी पोखरा चाउथे स्थित आफ्नै नवनिर्मित भवनमा सोनाम ल्होसार मनाएको हो। कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो ह्योल्मो महिला कान्छी डोल्मा ह्योल्मोलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो भने उच्च शिक्षा हासिल गरेका ह्योल्मो विद्यार्थीहरु रोजिना लामा ह्योल्मो, स्मृति ह्योल्मो, सन्नी गुरुङ ह्योल्मो, श्रेया लामा ह्योल्मो र समिक्षा लामा ह्याल्मोलाई सम्मानपत्रले कार्यक्रममा प्रमुख…

मादीमा सोनाम ल्होछारको शुभकामना आदान-प्रदान सम्पन्न

खतेडाँडा, मादी गापा-७, १८ माघ २०७६: तामाङ समुदायको महान सांस्कृतिक पर्व मन्जुश्री संवत २८५६ औं सोनाम ल्होछार जिवा ल्हो उपलक्ष्यमा नेताघे मादी गाउँपालिका वडा नं. – ७ प्रगतिशील आमा समूह र शितल चौतारी युवा संयुक्त रुपमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि दिपक वाईबाले नेपालको विगतदेखि वर्तमानसम्मका सबै परिवर्तनका आन्दोलन र संघर्षहरूमा तामाङ समुदायको पनि महत्वपूर्ण योगदान र वलिदान रहेकोमा परिवर्तन पश्चात यो समुदायलाई राज्यले कुनै न कुनै रुपले विभेद कायम गर्दै आएकोले राज्यको हरेक निकायमा यो समुदायको उपस्थिति प्राय शुन्य रहेकोले अब सबै सजक…

आज २८५६ औ तामाङ्ग पराम्परागत प्रज्ञा दिवस : पोखरामा विविध कार्यक्र्म गरि मनाइयो

पोखरा,१६ माघ २०७६: २८५६ औ तामाङ्ग पराम्परागत प्रज्ञा दिवस पोखरामा एक कार्यक्रम गरि मनाइएको छ। लोकोंतर लोकवादी विचार अभियान र कोकोम्हेन्दो साहित्य समाजको सयुक्ता आयोजनामा सम्पन्न उक्त कार्यक्रमा लामा गुरुदोय पदम लामा र प्रेम लामाले सयुक्ता दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । प्रज्ञा दिवसको विषयमा प्रकाश पार्दै लोकोतर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद तामाङ्ग ले हिजो काठमाडौं खाल्डोको तालको पानि निष्कासन गरेर मानव बस्ति बसाउने महान व्याक्तित्व मन्जुश्री कालान्तरमा सरास्वती भएको विचार सप्रमाण सहित राख्नु भयो । हाम्रो समुदाय शैक्षिक रुपमा कम्जोर भएको फाइदा लिदै वास्तविक लुकाउदै…