तामाङ संस्थाहरुबाट लिदी पहिरो पीडितलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग गर्दै

काठमाडौं, २५ भदौ २०७७: गत साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गएको पहिरो पीडितलाई हाल सम्मकै धेरै सहयोग पाउने भएको छ । विदेश स्थित तामाङ संघ÷संस्थाका प्रतिनिधिहरुले आज नेपाल तामाङ घेदुङको सङ्घीय सभाहल चुच्चेपाटी, बौद्धमा एक कार्यक्रमको आयोजना गरी विदेशमा संकलित एकमुष्ट रकम रु. २२,१२,४९५/– पीडित परिवार समक्ष पु¥याई वितरण गर्न नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङलाई हस्तान्तरण गरेका छन् । यो रकम अन्य संस्थाले वितरण गरेकोमध्ये आजसम्मकै सबैभन्दा ठूलो रकम हो । सहयोग रकम उपलब्ध गराउनेहरुमा तामाङ समाज बेल्जियम रु….

विद्यार्थी घेदुङ्गले गरे उपचारत बालकलाइ आर्थिक सहयोग

काठमान्डौ, २३ भद्र २०७७: नेपाल तामाङ बिद्यार्थी घेदुङ संघिय कार्यसमितिले नेपाल नेशनल हस्पिटलको आसियुमा उपचारत बालकलाइ आर्थिक सहयोग गरेको छ । काभ्रे महाभारत गाउपालिका वाड न ३ बस्ने ज्ञान बहादुर तामाङ्गका १२ वर्षीय छोरा कान्छालाल तामाङ्गलाइ रु:-१२,५०० (बाह्रा हजार पाच सय रुपियां) अस्पताल मै उपस्थित भएर सहयोग गरेको विद्यार्थी घेदुङ्गका संघिय अध्यक्ष दिनेश तामाङ्ग ले जानकारी दिनु भयो । “आर्थिक अभावको कारण अप्रेसन गर्न नसकेको खबर थाहा पाएपछि हामीले समिति र सल्लाकारहरुसग उठाएर सहयोग गरेका हौ” अध्यक्ष तामाङ्गले बताउनु भयो । सहयोगी मनहरुले सहयोग गर्न बुवा ज्ञानबहादुर योञ्जन र दाई…

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

काठमाडौं १४ भदौ, २०७७ : पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने बताउनु भएको छ । उहाँले पाठ्यक्रम विकास केन्द्रले मातृभाषाको पाठ्यपुस्तक नबनाउने र यो विषय स्थानीय सरकारले नै निर्णय गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । नेपाल तामाङ घेदुङले भदौ ११ र १२ गते आयोजना गरेको तामाङ भाषा लिपि प्रशिक्षक प्रशिक्षण तथा स्थानीय तामाङ मातृभाषाको पाठ्यपुस्तक निर्माण विषयक भर्चुअल कार्यशालामा महानिर्देशक दाहाललले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमूख अतिथि महानिर्देशक दाहालले नेपाल तामाङ घेदुङले स्थानीय सरकारसँग मिलेर मातृभाषा शिक्षा कार्यान्वयनको लागि गरेको कार्य…

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार सहयोग

काठमाडौं भदौ १, २०७७ । नेपाल तामाङ घेदुङ मलेसियाले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडित परिवारलाई आज नगद सहयोग उपलब्ध गराएको छ । मलेसिया घेदुङले संस्थागत रुपमा उपलब्ध गराएको रकम रु. एकलाख ४ हजार रुपैयाँ सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङले आज संघीय कार्यालय चुचेपाटिमा हस्तान्तरण गरेको हो । उपाध्यक्ष घिसिङले सहयोग रकम हस्तान्तरण गर्दै नेपाल तामाङ घेदुङ मलेसियालाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । यसैगरी सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेसम स्याङ्बोले प्राप्त सहयोग रकम पीडित परिवारलाई समान ढंगले जनप्रतिनिधिको रोहवरमा…

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

साउन ३२, २०७७ । नेपाल तामाङ घेदुङ इजरायलले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडितलाई नगद सहयोग उपलब्ध गराएको छ । इजरायल घेदुङले संस्थागत र ब्यक्तिगत समेत गरी संकलन गरेको जम्मा रकम रु. एकलाख २५ हजार नौ सय २० रुपैयाँ आइतबार सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई हस्तान्तरण गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताए । कोरोना महामारी र बर्षातले बाटो भत्किएको कारण त्यहाँ पुग्न गाह्रो भएको हुँदा आज नै राहत सामाग्री लिएर हेलिकोप्टरमार्फत जिल्ला अध्यक्ष स्याङ्बो लिदितर्फ जाने क्रममा उहाँलाई रकम हस्तान्तरण गरी पठाएको महासचिव तामाङले बताए…

विदेश छोडेर नेपालमा कृर्षि गर्दै दोलखाका युवाहरु, भन्छन : अहिले दैनिक ४०-४५ हजारको तरकारी विक्री गर्छु

विदेश छोडेर नेपालमा कृर्षि गर्दै दोलखाका युवाहरु, भन्छन : अहिले दैनिक ४०-४५ हजारको तरकारी विक्री गर्छु

काठमाडौं । हरेक युवाको चाहाना हुन्छ गाउँ छोडेर शहर पस्ने अनि धेरै पैसा कमाउने । शहरमा पनि भनेको जस्तो पैसा कमाउन नसके पछि विदेशतिर जाने । तर केही युवाहरुभने गाउँछोडेर शहर पस्ने अनि आफ्नै केही ब्यापार ब्यवसायी गर्ने । हो हामी यहाँ म यस्तै गाउँ छोडेर शहर पसेका केही युवाहरुको विषयमा चर्चा गर्न गईरहेको छु । करिब १० बर्ष अघि गाउँछोडेर आएका केही युवाहरुले अहिले करिब ४१ रोपनी जग्गामा आफ्नै कृषि र्फम संचालन गरिरहेका छन । जसबाट उनीहरुले १५-२० जनालाई रोजगारी समेत दिन सफल भएका छन । ४५ लाख लगानी…

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा प्रदर्शन

लामोसाँघु, सिन्धुपाल्चोक : १९ जेष्ठ २०७७: रुकुम हत्याकाण्डका विरोधमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा प्रदर्शन गरिएको छ । हत्यामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग गर्दै आज सुनकोशी, ठोकर्पाका दलित समुदायले प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनामा संलग्न अपराधीको पहिचान गरि तत्काल सजाय दिन सरकारसँग माग गरेका छन् । वडा नं १ र २ का दलित समुदायले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकी ठोकर्पा गाउँ परिक्रमा गरि कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनीहरुले हत्यारालाई कानुन अनुसार कारवाही नगरे दलित समुदायले चरणबद्ध आन्दोलन गर्ने चेतावानी दिए । दलित अगुवा बिनोद सेन्चुरीले रुकुम हत्याकाण्ड…

कुयाङ लामा एक्लैले गरे ८२ जना पत्रकारको कोरोना बिमा

१८ जेठ, काठमाडौं/ नेपाल तामाङ घेदुङका पुरातत्व तथा अनुसन्धान विभाग प्रमूख कुयाङ लामा एक्लैले देशभरका ८२ जना क्रियाशिल तामाङ पत्रकारहरुको कोरोना बीमा गरिदिएका छन् । आज नेपाल तामाङ घेदुङको सभाहलमा सामाजिक दूरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरी उक्त बीमा बापतको रकम तामाङ पत्रकार संघको अध्यक्ष विष्णु तामाङलाई हस्तान्तरण गरेका हुन् । लामामार्फत प्राप्त भएको ८२ जना तामाङ पत्रकारको कोरोना बीमा वापतको रकम रु. ४९२००/– र १०० थान के.एन. मास्क आज घेदुङका बरिष्ठ उपाध्यक्ष बेली लामा तामाङले पत्रकार अध्यक्ष तामाङलाई हस्तान्तरण गरे । कोरोनाको महामारीमा तामाङ पत्रकारहरु अत्यन्तै जोखिम उठाएर…

जनताको सेवा गर्न पाएको छु, त्यसैमा खुसि छु : रामकृष्ण ब्लोन

काठमाडौं , १३ जेस्ठ २०७७: कोभिड-१९ अर्थात् कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको बेला नेपाल पनि त्यसमा अछुतो छैन त्यसैले लगभग दुइ महिनादेखि नेपाल पनि  लक्डाउन कायम छ । ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने निम्न आय भएका जनता अहिलेको माहामारीमा सबैभन्दा पिडित भएका छन । हाललाई मनको धनी, समाजसेवी, जनताको सेवा नै गर्छु भन्ने नेताको सहयोगको याचन गर्नु बाहेक तिनीहरुसग केहि कुनै विकल्प छैन । थाहा छैन तिनको याचना कतिले सुने या सुनेनन सरकारले करोड करोड बाढदा ति गरिबीको भान्छामा पुग्यो या पुगेन त्यो त सम्बन्धित निकायलाइ  पक्कै…

अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक कार्यक्रम हुने

काठमाडौं: सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक’ कार्यक्रम हुने भएको छ । साझा भोथाङ संस्थाले राजधानीमा पत्रकार सम्मेलन गर्दै चैत्र १९ गते चौथो अमिलो पानी महोत्सवको विषयमा जानकारी गराएको हो । साझा भोथाङका संयोजक कर्मा लामाले नेपाल भ्रमण वर्षको अवसरमा भव्य रुपमा अमिलो पानी महोत्सव गर्ने योजना भएपनि कोरोना भाइरसका कारण केही मात्रामा प्रभावित भएको बताए । स्थानीय तहमा कार्यक्रम गर्ने भएतापनि यसको महत्व र प्रवद्र्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आवश्यक भएको पत्रकार सम्मेलनमा लामाले जानकारी दिए । ‘सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य…