सप्तरी घेदुङको जिल्ला भेला हुने

बृजमान तामाङ/ बिरेन्द्र बजार २१ भदौ- नेपाल तामाङ घेदुङ् सप्तरीले आगामी असोज ९ गते शक्ति प्रदशन सहित जिल्ला भेला आयोजना गर्ने भएको छ । नेपाल तामाङ घेदुङ सप्तरीको शनिबार अग्निसाईर कृष्णासवरन गाउँपालिकामा सम्पन्न बृहत बैठकले जिल्ला भेला गर्ने निर्णय गरेको हो । जिल्ला अध्यक्ष सन्तमान गोलेको अध्यक्षता तथा संघीय सदस्य भिम घिसिङको बिशेष उपस्थितिमा आयोजित बैंककले सप्तरीको अग्निसाईर कृष्णासवरनको त्रिरत्न गुम्बामा जिल्ला भेला गर्ने निर्णय भएको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ । घेदुङ्का संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यमा आजोजना हुने जिल्ला भेलामा जातिय पहिचान झल्कने पहिरन सहित सडकमा…

अहमदिया संघ नेपालद्धारा ५५५ हावाहुरी पिडित परिवारलाई लत्ताकपडा वितरण

वीरगंज,९ बैशाख: गत चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर १, ३ र ६ को भलुही, भरवलीया, पुरैनिया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । शनिवार र आईतवार गरी प्रभावित ५ सय ५५ परिवारलाई लत्ताकपडा वितरण गरेको छ । हावाहुरीबाट प्रभावित गाउँहरुमा वडा प्रतिनिधिहरुको विशेष उपस्थितिमा सो कपडा वितरण गरिएको हो । सो कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहमदिया बृद्ध संघका अध्यक्ष हैदर अली, वडा नं. १ का महिला सदस्य सुनरपति देवी, अहमदिया संघका सदस्य सकिर अहमद,…

संघीय सरकार मन्त्रिपरिषदको निर्णयः न तत्कालीन राहत, न राष्ट्रिय शोक घोषणा

काठमाडौं ,१८ चैत: सोमबार साँझ बालुवाटारमा बसेको संघीय सरकारको मन्त्रिपरिषद बैठकले  राष्ट्रिय शोक घोषणा गर्ने धेरैले आशा गरेका थिए । तर, बालुवाटारमा बसेको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने प्रदेश सरकारको आग्रहबारे भने कुनै निर्णय गरेन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहानै झापामा रहेका प्रधानमन्त्रीलाई टेलिफोन गरेर राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका थिए । तत्कालीन राहतका बारेमा पनि केन्द्र सरकारबाट कुनै निर्णय भएन । प्रदेश सरकारले सोमबार बिहान ७ बजे नै बैठक बसेर मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ । थप राहतबारे क्षतिको विवरण संकलन गरेपछि…

तराई–मधेशमा पर्व होली आज हर्षोल्लासपूर्वक मनाइँदै

जनकपुरधाम, ७ चैत : समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो…

प्रदेश २ ले दियो सोनाम ल्होछारमा सार्वजनिक बिदा

तामाङ्ग जातिहरुको महान पर्व एवं नेपालको राष्ट्रिय चाड २८५५ औ ड्वा को अवसर प्रदेश २ भर सार्वजनिक विदा दिने आज बसेको मन्त्रिपरिषदले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय ले जानकारी दिएको छ हिजो मात्रै प्रदेश ३ ले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो

राप्तीघाटमा झोलुङ्गे पुल निर्माण शुरू

राँझा, १३ माघ ) ः बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमको भम्का–बैरिया राप्तीघाटमा झोलुङ्गे पुल निर्माणकार्य शुरू भएको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु दुई करोड ७६ लाखको लागतमा पुल बन्न लागेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।  उहाँका अनुसार, ठेकेदार कम्पनीले अबको आठ महिनाभित्र पुल निर्माणसम्बन्धी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने आश्वासन दिएको छ । गाउँपालिका अध्यक्ष थारुले झोलुङ्गे पुल बनेपछि विकट गाउँको रुपमा रहेको भम्कावासीको अवस्था फेरिने बताउँदै पुलबाट गाउँसम्म जोड्ने आवश्यक पूर्वाधार बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।  गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले वर्षौदेखि डुङ्गाको…

भन्सारमै रोकियो एक लाख ४४ हजार किलो चिनी

बाँके, १२ पुस ः भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार (भारु ४२ लाख ) को चिनी ल्याइएको थियो । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज…

जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शुरु

जनकपुरधाम, ७ पुस : ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र मैथिली साहित्य उत्सव नेपालद्वारा आयोजित सो सम्मेलनमा नेपाल र भारतका मैथिली भाषा अभियानी, साहित्यकार, कलाकार, भाषाविद् पुरातत्वविद् र संस्कृतिविद्को सहभागिता रहेको छ । सम्मेलनमा मैथिली भाषाको अवस्था, मैथिल संस्कृति, पुरातत्वाविक सम्पदा, साहित्य विवेचना, प्रादेशिक अवस्था, प्रदेश नं २ मा मैथिली भाषालाई न्याय दिलाउने विषयमा चिन्तन मनन गरी सरकारको ध्यानाकर्षण र कार्यान्वयन गराउन जनकपुर घोषणापत्र जारी गरिने जनाइएको छ । सो अवसरमा प्रदेश नं…

‘मानवअधिकार कार्यान्वयनमा सरकार संवेदनशील’ : यादव

महेन्द्रनगर, धनुषा, १३ भदौ : प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार मानवअधिकार कार्यान्वयनको पक्षमा संवेदनशील रहेको बताउनुभएको छ । प्रदेश २ महान्यायाधिवक्ताको कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संयुक्तरुपमा आज जनकपुरमा आयोजना गरेको ‘मानव अधिकारमैत्री कानून निर्माणमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशालामा उहाँले मानव अधिकार मैत्री कानून निर्माण गरेर नागरिकका हरेक अधिकार सुनिश्चित गरिने बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “हामीहरु आन्दोलनबाट नै आएको हुँदा आन्दोलनको मर्मअनुसार मानव अधिकारको विशेष ख्याल गरेर कानून निर्माण गर्दैछौँ ।” उहाँले आफूहरु मानव अधिकारको रक्षाका लागि शुरुदेखि नै सङ्घर्षरत…