चिउली पाचे तमु समाजका आमाहरुलाई उद्घोषणकला तालिम शुरु

हुम तमु पोखरा, १८ कार्तिक पोखरा १२ चापापानीस्थित चिउली पाचे तमु समाज आमा समितिले आमाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि पाँच दिने उद्घोषण प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि चिउली पाचे तमु समाज पोखराका अध्यक्ष सुवेदार रणबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि तमुले आमाहरुलाई संगठित गर्दै विभिन्न तालिमहरु आयोजना गरेकोमा आमा समितिलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिम पश्चात उद्यमशीलताका लागि सीपमुलक तालिमको आमा समितिको योजना…

आठौं कृति-लोक छात्रवृत्ति सुनितालाई

कार्तिक २ पोखरा । तामाङ बौद्ध सेवा समितिले अाफ्नो नियमित त्रैमासिक विशेष कार्यक्रममा १२ कक्षा उतिर्ण विद्यार्थी सम्मान कार्यक्रममा उत्कृष्ट तामाङ छात्रालाई कृति-लोक तामाङ जेहेन्दार छात्रवृत्ति पनि प्रदान गरिएको छ । दिवंगत अापाहरु कृतिमान तामाङ योञ्जन छेलाङ र लोकबहादुर स्याङ्बो रबैको स्मृतिमा छोरी माया योञ्जन र छोरा खड्ग स्याङबोद्वारा स्थापित कृति- लोक तामाङ जेहेन्दार छात्रवृत्ति अक्षयकोषको सौजन्यताबाट उपलब्ध यो छात्रवृत्ति यसपाली सुनिता वाइबालाई प्रदान गरिएको छ । प्रमुखअतिथी धनप्रसाद तामाङ, कोषकार माया योञ्जन, विशेष अतिथि रामप्रसाद सम्देन, पोखरा महानगर घेदुङ अध्यक्ष टेकबहादुर स्याङबो र सभापति बुद्धि रुम्बाको संयुुक्त बाहुलीबाट प्रदान…

तामाङ बौध्दमा बाल कविता तथा वक्तृत्वकला प्रतियोगिता समपन्न

२६ असोज पोखरा पवित्रा तामाङ तामाङ बौध्द सेवा समिति संगमटोल १३को आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा म्हेनिङको अवसर पारेर बाल कविता तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद डुम्जन तामाङले कार्यक्रमको उद्घाटन गर्नुहुँदै वहाँले म्हेनिङको शुभ अवसरमा आयोजित यस्ता कार्यक्रम अत्यन्त सराहनिय रहेको बताउनुभयो।साथै वहाँले भन्नुभयो कतिपय तामाङ समुदायमै पनि नबुझेर दसैं र म्हेनिङ एउटै हो भन्ने गलत धारणा पनि रहेको र यस कुरामा स्पस्ट हुन जरुरी रहेको बताउनुभयो।म्हेनिङ पर्व खासगरि पुर्खाहरुको सम्झना सम्मान र कृतज्ञता गर्ने,समृध्दिको पूजा गर्ने,छे,कु,ब्ला,ल्हुइ,न्होर,न्होरबु,डोल्मा,सुङ,सुङ्मा र…

झापाका सिडीयो पहिलो पटक दमकमा, अब साताको एक पटक आउने कारण यस्तो छ

दमक,१० असोज । ईलाका प्रशासन कार्यालय दमकमा अब साता एक पटक प्रमुख जिल्ला अधिकारीको सेवा पाईने भएको छ । झापामा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले आज माई पश्चिम झापाका पत्रकारहरु संग परिचयात्मक तथा अन्तर्कि्रया कार्यक्रम गर्दै साताको एक दिन हरेक बुधबार ईलाका प्रशासन कार्यालय दमकमा आएर नागरिकलाई सेवा प्रवाह गर्ने बताउनु भएको हो । धेरै काम ईलाका प्रशासन बाटै हुने भए पनि प्रमुख जिल्ला अधिकारीबाटै हुने कामहरुको लागी आफु हप्तामा एक दिन यहीँ आउने उहाँले बताउनु भयो । यस क्षेत्रका नागरिकलाई भद्रपुर पुग्न समस्या…

सनराईज बैक १२ वर्षमा प्रवेश, दमक शाखा द्वारा डेंगु सचेतना सगै झुल बितरण

दमक ८ असोज । सनराईज बैकले आफ्नो १२ वर्ष प्रवेश गरेको अवसरमा बैकको दमक शाखाले डेंगु रोग सचेतना कार्यक्रम सगै झुल बितरण गरी मनाएको छ । बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत असोज महिना देश भरका बिभिन्न स्थानमा कार्यक्रम गरीरहेको बेला सनराईज बैक दमक शाखाले बुधवार एक कार्यक्रम गरी आफनो १२ औ वार्षिक उत्सब मनाएको छ । उक्त कार्यक्रममा बैकले डेंगु ज्वरोका बारेका सचेतना गराउनुका सगै दमक ९ का पचास परिवार लाई एक एक थान झुल बितरण गरेको छ । कार्यक्रममा विषेश अतिथी दमक नगर स्वाथ्य प्रमुख इन्द्र प्रसाद अर्यालले…

प्राज्ञिक विद्यार्थी परिषदद्वारा हावाहुरीबाट प्रभावित परिवारका विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण

७ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा बारा जिल्लामा हावाहुरीबाट प्रभावित परिवारका विद्यार्थीलाई सहयोग कार्यक्रम गरिएको छ । बारा जिल्लाको भलुइ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ४ र ५ मा अध्ययन गर्ने अभावमा रहेका हावाहुरीबाट प्रभावित परिवारका ४० जना विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेको हो । वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल ,राष्ट्रिय सचिव एवं वाग्मती प्रदेश संगठन सचिव छितराज न्यौपाने , जानकी प्रदेश सचिव घनश्याम नायक, वीरगन्ज नगर सचिव राजाबाबु यादव र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सचिव छितराज…

संविधान दिवस दमकमा यसरी मनाइयाे (फाेटाेमा हेर्नुस् )

दमक ३ असाेज /संविधान दिवसको अवसरमा आज बिहान झापाको दमकमा  प्रभातफेरी निकालिएको छ । पञ्चेबाजा र विभिन्न समुहका व्यानरहरुसहित प्रभातफेरीमा हात हातमा राष्ट्रिय झण्डा बोकेका सहभागीहरुको दृश्य आकर्षक देखिएको थियो । विशेष गरी दमकस्थित निजी तथा केही सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिकहरु , यहाँस्थित सरकारी कार्यालयका कर्मचारी, उद्योगी, व्यापारी, राजनीतिक दलका कार्यकर्ताहरु, सामाजिक तथा जातिय संघ संस्थाहरुका प्रतिनिधिहरु र्यालीमा सहभागी भएका िथए । गणतन्त्र चोकबाट निस्किएको र्याली बजार क्षेत्र हुँदै दमक नगरपालिका कार्यालय अगाडी सम्म पुगेको छ । नगर परिसरमा चलिरहेको शुभकामना आदनप्रदान कार्यक्रमममा प्रतिनिधि सभाकी सांसद महेन्द्रकुमारी लिम्बुको…

कक्षा १२ को आज नतिजा सार्वजनिक हुदै

काठमाडौं, १३ असार २०७६ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ।  आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ। गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए।  बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो। यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो।