अप्पोले ल्यायो बिना वाइफाई र सिमको प्रयोगबाट कल गर्न मिल्ने नयाँ प्रविधि

काठमाण्डौ १४ जेष्ठ २०७६: चाइनिज कम्पनी अप्पोले बिना वाइफाई र सिमको प्रयोगबाट कल गर्न मिल्ने नयाँ प्रविधि ल्याउने भएको छ ।  यस प्रविधिबाट वाइफाई, ब्लुतुथ र सिमको सेलुलर कनेक्सन बिना नै एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग कुराकानी गर्न सक्नेछन् । यस प्रविधिलाई अप्पोले मेसटक नाम दिएको छ । मेसटकको प्रयोगबाट अप्पो स्मार्टफोन प्रयोग गर्ने एक प्रयोगकर्ताले अप्पो स्मार्टफोन प्रयोग गर्ने अर्को प्रयोगकर्तासँग नि:शुल्क र सुरक्षित रुपमा कुराकानी गर्न सक्नेछन् । कम्पनीका अनुसार ३ किलोमिटर बीचको दुरीमा रहेको दुई अप्पो स्मार्टफोनका प्रयोगकर्ताले एक आपसमा कुराकानी गर्न सक्षम हुनेछन् । यस प्रविधिलाई धेरै…