एनआरएन कोरियाको सचिबमा स्याङ्तानको उम्मेदवारी

आउदो सेप्टेम्बर 21 र 22 गते हुनगैरहेको गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको सचिब पदका लागि राजकुमार स्याङतानले उम्मेदवारी घोषणा गरेका छन । स्थायिघर शिन्धुपलान्चोक रहेको स्याङ्तान बिगत ९ बर्ष देखि कोरियामा बस्दै आइरहेका छन । स्याङतानले आफ्नो उम्मेदवारी सङ्गै औपचारिक ६ बुंदे घोषणापत्र समेतको प्रतिबद्धता सार्वजनिक गरेका छन् । हालसम्म एन आरएनए दक्षिण कोरियाको अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दिइसकेका छन । एनआरएन कोरियालाई सशक्त, मजबुद बनाउनको निम्ति आफ्नो उम्मेदवारी रहेको स्याङतानले बताएका छन । स्याङतानले यसअघि एनआरएनए दक्षिण कोरियाको कोषाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी निभाइसकेका छन ।…

दुबै मृगौला पिडित कान्छा लामालाई काभ्रे सेवा समाज मलेसिया द्वारा आर्थिक सहयोग हस्तान्तरण ।

१२ असार । काभ्रे सेवा समाज मलेसियाद्वारा मृगौला पिडित कान्छा लामालाई राहत वितरण गरिएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ९ बस्ने जितबहादुर लामाको छोरा बर्ष ४५ को कान्छा लामा लाई विगत ३ बर्ष अगाडि देखि दुबै मृगौला फेल भई हाल मानव अंग प्रत्यरोपण केन्द्र भक्तपुरमा उपचारत रहेका उनलाई यो सेवा समाजले सहयोग गरेको हो । हप्ताको दुई चोटि डाईलसिस गर्दै आईरहेको उनको छोरी जेनिशा लामाले बताइन् । हाल मृगौलाको प्रत्यारोपण गर्नु पर्ने खबर काभ्रे सेवा समाज मलेसियामा आए पछि काभ्रे सेवा समाजबाट विभिन्न अभियान चलाएको थियो । यो…

काभ्रे सेवा समाज मलेसियाद्वारा जेल परेका बुद्धि बहादुर तामाङ उद्धार ।

२८ असार । मलेसियामा अबैधानिक भएर जेल परेका काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका कानपुर कालापानी ५ (लास्कोट) का बुद्धि बहादुर तामाङलाई काभ्रे सेवा समाज मलेसियाले नेपाल उद्धार गरिएको छ । तामाङ विगत ३ बर्ष पहिले रोजगारीको सिलसिलामा मलेसियाका एक कम्पनीमा श्रमिकको रुपमा आएको थियो । उक्त काम गर्ने कम्पनीमा नेपालको मेनपावर र एजेन्ड सँग गरेको सम्झौता अनुसार उहाँले काम नपाएपछि उहाँ अबैधानिक हुन बाध्य भएको थियो विगत १ बर्ष देखि घर परिवार सँग सम्पर्क बिहिन भएको बुद्धि बहादुर तामाङ मलेसियाको KLIA डिप्पोमा राखेको र उहाँलाई नेपाल पठाउन गत (May 22 तारिखका…

काभ्रे सेवा समाज मलेसियाको अन्तरक्रिया कार्यक्रम क्वालालम्पुरमा सम्पन्न !

५ असार । मलेसियामा विभिन्न पेशा व्यवसायमा आबद्ध काभ्रेलीहरुको संस्था काभ्रे सेवा समाज मलेसियाको महत्वपूर्ण अन्तरक्रिया सदस्य प्रमाणपत्र वितरण कार्यक्रम आइतबार क्वालालम्पुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी मलेसियाका लागि कार्यबहाक नेपाली राजदुत कुमार राज खरेलले दीप प्रज्ववलन गरेर कार्यक्रमको उद्घाटन गरे । उक्त अवसरमा उनले प्रवासमा सबै नेपालीहरु एक हुनुपर्ने औंल्याउँदै काभ्रे सेवा सेमाजले संस्थामार्फत गर्दै आएको सामाजिक सद्भावका कार्यहरुप्रति प्रशंशा पनि व्यक्त गरे । साथै उनले अभिवष्यमा प्रवासमा हुंदा आइपर्ने समस्इाहरुको समाधानमा दुतावासको तर्फबाट आवश्यक सहयोग रहने पनि बताए । कार्यक्रममा समाजको अध्यक्ष एवं सभापति उर्गेन तामाङ…

साउदीमा सोनाम ल्होछार भव्यताका साथ् सम्पन्न

साउदी फागुन ५ साउदी अरबको जेद्दामा सोनाम ल्होछार भब्य सम्पन्न भएको छ । मौलिक कला, संस्कार ,संस्कृति ,धर्म ,भाषा , परम्परा र पहिचानलाई जोगाइराख्नुको साथै यसको बिकास ,उत्थान, सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्छ भन्ने अभिप्रायले स्थापित नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले सदाका बर्षहरुमा झैं यस बर्ष पनि तामाङ समुदायको राष्ट्रिय धार्मिक-साँस्कृतिक महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार चरा बर्गको बिदाइ गरि नयाँ ल्हो अर्थात (मन्जुश्री सम्वत) २८५४ खि/नागी ल्हो (कुकुर वर्ग) को स्वागत गरि हिजो १६ फेब्रुअरी २०१८ शुक्रवारका दिन ल्होछार मनाइएको हो । निर्धारित समय बिहान…

साउदीमा सोनाम ल्होछार फेब्रुअरी १६ मा मनाउने

२ माघ । आफ्नो मौलिक कला, संस्कार ,संस्कृति ,धर्म ,भाषा , परम्परा र पहिचानलाई जोगाइराख्नुको साथै यसको बिकास ,उत्थान, सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्छ भन्ने अभिप्रायले स्थापित नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले सदाका बर्षहरुमा झैं यस बर्ष पनि हिमाली महायानी बौद्ध धर्मावलम्बीहरुको साझा एवम महान नेपाली राष्ट्रिय धार्मिक-साँस्कृतिक महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार (मन्जुश्री सम्वत) २८५४ खि/नागी ल्हो (कुकुर वर्ग) को पावन अवसरमा यहि आउँदो ख्रे-ला छेपागी अर्थात १६ फेब्रुअरी २०१८ तदानुसार २०७४ फागुन ४ गते शुक्रवारका दिन ल्होछार समारोहको आयोजना गर्ने भएको छ । गत…

पासाङ पाख्रिन तामाङको संयोजकत्वमा काभ्रे सेवा समाज मलेसिया गठन

१८ पुस । काभ्रे जिल्ला घर भई बैदेशिक रोजगारीको शिलशिलामा हाल मलेसियामा रहनु भएका सम्पुर्ण काभ्रेलिहरु लाई संगठित गर्दै आज काभ्रे सेवा समाज मलेसिया गठन गरिएको छ।मलेसियामा काभ्रे जिल्लाको पहिचान दिने लगायत् समग्र काभ्रे जिल्लाको विकासको लागि भनेर समग्र मलेसियामा छरिएर रहनु भएका आफ्नो जिल्लावासी लाई एक ठाउँमा संगठित गर्ने उद्देश्य लगायत् विभिन्न उद्देश्यहरु लिएर मलेसियालाई आफ्नो कार्यभुमि बनाउँदै आउनु भएका काभ्रेलिहरुलाई समेटेर संस्था निर्माणनार्थ सम्पुर्ण प्रक्रिया पुरा गरि गैर राजनीतिक,गैर नाफामुलक एक विशुद्ध सेवादायी सामाजिक संस्था काभ्रे सेवा समाज गठन गरिएको छ।यस संस्थाको प्रमुख उद्देश्य भनेको वैदेशिक रोजगारीको सिलसिलामा…

मलेसियामा यो बर्ष पनि २३ औं विश्व आदिवासी जनजाति दिवस मनाउने

साउन,१७/२०७४  क्वालालम्पुर । मलेसियामा बिगत झैँ यो बर्ष पनि २३ औं विश्व आदिवासी जनजाति दिवस मनाउने निर्णय गरेको छ । आइतबार क्वालालम्पुरमा आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष अमृत लिम्बू (काप्पोबा चुम)को अध्यक्षतामा बसेको बैठकले २० अगष्टमा मनाइने निर्णय गरेको हो । मलेसियामा सक्रिय रहेका ८ वटा जातीय संघ संस्थाहरू तामाङ समाज मलेसिया, नेपाल मगर संघ मलेसिया, प्रवासी थारु सेवा समाज मलेसिया, शेर्पा किदुग मलेसिया, घले सेवा समाज मलेसिया, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ मलेसिया, तमु समाज मलेसियासँग मिलेर संयुक्त रूपमा मनाउने भएको हो । साथै आदिवासी जनजाति महासंघको अधिबेशन…

संघीय समाज कतारको सह-अध्यक्षलाई बिदाइ

नेपाली संघीय समाज कतारको सह-अध्यक्ष गणेश कुमार राई लाइ आज एक कार्यक्रम बिच बिदाइ गरिएको छ।  कतार बसाइ लाई विट मार्दै नेपाल प्रस्थान गर्ने भएकोले नेपाली संघीय समाज कतारको अध्यक्ष डीएन मगरको अध्यक्षतामा दोहाको एक होटलमा बिदाइ कार्यक्रम राखी उहाले सस्थालाइ दिनु भएको अतुलनीय योगदान साथ सहयोग र समर्थनको उच्च मुल्यांकन गरी कदर पत्र प्रदान गर्दै खादा ओडाएर सम्मान सहित बिदाइ गरिएको हो। उक्त बिदाइ कार्यक्रममा अध्यक्ष डीएन मगरले खादा ओडाउदै उहाँको यात्रा सफलताको कामना गर्नु भएको थियो भने अध्यक्ष डिएन मगर प्रमुख सल्लाहकार चन्द्र सेर राई उपाध्यक्ष हिराधन राइले संयुक्त रुपमा…

नेपाली कामदारको अवस्था बुझ्न संसदको टोली कतारमा

कतार, चैत १२– खाडीमा काम गर्ने नेपालीको अवस्था अध्यन गर्न संसदको टोलि कतार पुगेको छ । अन्र्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापती प्रभु शाहको नेतृत्वमा साउदी अरव, कुबेत हुदै टोली कतार पुगेको हो ।  कतारमा टोलिले नेपाली कामदारसित अन्र्तक्रिया गरेको छ । कार्यक्रममा बोल्दै समितिका सभापति प्रभु शाहले नेपालमै रोजगारीका अवसर सृजना गर्न अध्ययन भईरहेको दावी गर्नुभयो । समितिले कतारमा नेपाली कामदारको समस्या बुझेर सुझव लिएको छ । सुझाव कार्यन्वयन गर्न पहल गर्ने सभापति साहले बताउनुभयो । समितिलाई यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाले आजाद भिषालाई न्युनीकरण गर्नु पर्ने, परदेशमा…