चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

भरतपुर, २ फागुन ) ः पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।  प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।  गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महीनाको अवधिमा रु…

किसान दुग्ध उद्योगतर्फ आकर्षित

मङ्गलबारे, १० माघ : फाकफोकथुम गाउँपालिकाका किसानले डेरी उद्योगमा दूध बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।  यहाँको फूएतप्पा, आमचोक, फाकफोक, एकतप्पा, लुम्देका किसानले व्यावसायिक गाईपालन गरेर डेरीमा दूध बिक्री गर्दै व्यावसायिक बन्न थालेका हुन् । दूध बिक्री गरेर यहाँका किसानले मासिक रु २० हजार देखि ४० हजारसम्म आम्दानी गरिरहेका हुन् ।  व्यावसायिक गाईपालनमा कृषकको आकर्षण थपिएसँगै आम्दानी गर्ने उद्देश्यले दुग्धजन्य उद्योग खुल्ने क्रम बढेको छ । कृषकले दूधबाट घ्यू, छुर्पी, ललिलपलगायत सामग्री आफैँ उत्पादन गरेर बिक्री गर्ने क्रम बढेको हो ।  यस गाउँपालिकामा करीब ५० भन्दा बढी डेरी…

भूकम्पबाट विस्थापितका लागि एकीकृत बस्ती निर्माण विदुर, २ माघ : भूकम्पबाट विस्थापित भएका नागरिकका लागि नुवाकोटमा सामाजिक सङ्घसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण शुरु गरिएको छ ।  दुर्गम गाउँ भाल्चेबाट विस्थापित भई सदरमुकाम आसपास बसोबास गर्दै आइरहेका पीडित १८ घरपरिवारका लागि अक्सफामको सहयोगमा विदुर नगरपालिकाको जफतीमा सो बस्ती निर्माण शुरु गरिएको हो ।  अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा सहायता सामाजिक संस्थामार्फत एकीकृत आवास निर्माण गर्न शुरु गरेको संस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डेले बताउनुभयो । परिवारको सङ्ख्याअनुसार दुईदेखि चार कोठेसम्मका घर निर्माण गरिने बताइएको छ । घर निर्माणमा प्रत्येक घरका एक जना…

माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत हुँदै

  काठमाडौँ, २४ पुस  : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ । स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो…

गौतमबुद्ध विमानस्थल ६० प्रतिशत निर्माण

काठमाडौँ, २३ पुस ः राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ । धावनमार्गको कालोपत्रको काम सम्पन्न भएपछि विमानस्थलको भौतिक निर्माण प्रगति ७५ प्रतिशत माथि पुग्नेछ । आगामी दुई महीनाभित्र कालोपत्रको काम सकिने आयोजनाले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार पछिल्लो नौ महीनामा आयोजनालाई अगाडि बढाउन दर्जनौँपटक स्थलगत अनुगमन गरिएको, निर्देशन एवं समन्वयबाट तत्काल समस्या समाधान गरिएका कारण आयोजनामा उल्लेख्य…

बन्दातालको माछा भारतीय बजारमा

  कञ्चनपुर, २२ पुस  : बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ । माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताउनुभयो । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उहाँले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आउनुभएको छ । भारतमा मात्रै यस बर्ष उहाँले ५० क्वीन्टल माछा बिक्री गरेको बताउनुभयो । भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहनलगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन्…

नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा भेरी यातायात प्रालिले सञ्चालन

राँझा, १४ पुस ः प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताउनुभएको छ । आज नेपालगञ्जमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवाको उद्घाटन गर्दै उहाँले यातायातका साधनबाट सीधा सम्पर्क जोडिएसँगै नेपाल भारतबीच रहेको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध अझ कसिलो बन्ने विश्वास व्यक्त गर्नुभयोे । मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज दिल्ली बस सेवा सुविधाजनक र भरपर्दो हुन सके मानसरोवर र पश्चिम नेपालका अन्य पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकहरु हवाई यात्रा गरेर दिल्लीदेखि काठमाण्डौ र त्यसपछि नेपालगञ्ज आउने बाध्यता हट्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख…

ट्राफिक कारबाहीबाट रु १२ करोड राजश्व सङ्कलन

काठमाडौँ, १४ पुस ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको पाँच महीनामा रु १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको छ । महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको हो । महाशाखाले एक लाख ८५ हजार ४३६ सवारी साधन कारवाही गरेबापत उक्त रकम सङ्कलन गरेको हो । आर्थिक वर्ष २०७४÷७६ मा रु २९ करोड ३१ लाख ४५ हजार, आव २०७३÷७४ मा रु ३५ करोड ६० लाख ६७ हजार राजश्व सङ्कलन भएको…

भन्सारमै रोकियो एक लाख ४४ हजार किलो चिनी

बाँके, १२ पुस ः भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार (भारु ४२ लाख ) को चिनी ल्याइएको थियो । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज…

‘साठी प्रतिशत जनताको बैंकसम्म पहुँच छैन’ :नेपाल राष्ट्र बैंक

काठमाडौँ, १० पुस : नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ । सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पु¥याउने नीतिअनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ । सोही बैंकमार्फत् सरकारको आफ्नो सञ्चित कोष सञ्चालन गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा चिरञ्जीवी नेपालले सो जानकारी दिँदै सबै जनतालाई बैंकिङ पहुँचमा ल्याउन बैंकले प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि ६० प्रतिशत जनताको बैंकसम्म पहुँच नै छैन ।” गर्भनर…