आशा लामाको चुरा पोते (भिडियो सहित)

विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत नेपालको शब्द, चन्द्र प्रसाद सिवाकोटीको संगीत, एरेन्ज तथा रेर्क्डिङ फिरोज बज्रार्चायले गरेका छन् भने ज्योती स्टुडियोमा गीत रेर्कड गरिएको हो ।  जय चन्द्रकुमार लामा र गायीका स्वंम आशा लामा (ज्ञानमाला) को अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रभावन जे को रहेको…

नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक

भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ ।देशप्रेमको भावना बाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ । गितमा स्वर स्वंम प्रभावन जे, सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र  विवेक चौलागाईको रहेको छ ।गितको एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् । गीतको परिकल्पना राजाराम गौतमको रहेको छ भने भिडियोको इडिट नविन भट्टले गरेका छन् । डिएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ ।   गितको भिडियो लिंक तल रहेको छ ।

तिहार गीत ‘मखमली’ (भिडियो सहित)

डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ । प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वंम प्रभावन जे, चर्चित लोक गाएक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकि छन् । गीतको एरेन्ज जिवन वडु र मिक्सिङ मनोज डंगोलले गरेका छन् ।म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल, र विवेक चौलागाईको अभिनय रहेको छ ।प्रभावन जे स्वंमको निर्देशन रहेको म्युजिक भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, ड्रोन ममल प्रसाई, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं,…

चलचित्र ( किन म )को च्यारिटी पोखरामा

२६ असोज पोखरा टाईम्स् इण्टरटेन्मेन्ट र एम बि ए इण्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र (किन म) को पोखरामा यहि कात्तिक २ गते शनिबार सभागृह स्थित मिडटाउन ग्यालेरियामा च्यारिटी शो हुनेभएको छ । सडक बालबालिकाहरुको जिबनशैलीलाइ आधार बनाएर चलचित्रमा प्रस्तुत गरिएको निर्देशक संग्राम तामाङ्ले बताउनु भयो । जसको कारण नेपालमा बर्सेनी बढ्दै गैरहेको सडक बालबालिकाहरुको समस्यामा समाधानमा टेवा पुग्ने र यसको न्युनिकरणको लागि थप मद्दत पुग्नेमा विश्वास रहेको निर्देशक तामाङ्ले ब्यक्त गर्नु भयो । चलचित्रको मुख्य भूमिकामा जयन्ति मोक्तान र महेश थापा रहेका छन् भने, बाल कलाकारहरु दिक्षान्त…

फौजी जागीर (भिडियो सहित)

१२ असोज,काठमाडौं । राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजय दशमिको उपलक्ष्यमा  डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ । प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जिवन बडुको स्वर रहेको छ ।  गीतको भिडियो तलको लिंकमा रहेको छ । —

शिबसताक्षी नगरपालिका नगर खेलकुद विकास समिति द्वारा महिला फुटबल खेलाडीहरुलार्ई सम्मान

दमक । खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले शिबसताक्षी नगरपालिका नगर खेलकुद विकास समितिले यस वर्ष पनि नगरका महिला फुटबल खेलाडीहरुलार्ई सम्मान गरेको छ । आइतबर एक कार्यक्रमको आयोजना गरि शिबसताक्षी नगर खेलकुद विकाश समितिले खेलाडीहरुको सम्मान गरेको हो । समग्र नगरकै खेलक्षेत्रको विकाशकालागि खेलाडीको प्रोत्साहनकालागि सम्मान गरिएको नगर खेलकुद बिकाश समितिका अध्यक्ष फुर्ब लामाले बताए सम्मानीत हुनेमा गतश्रावणमा सम्पन्न प्रदेश १ स्तरिय महिला उपमेयर कप प्रतियोगितामा प्रथम हुन सफल शिवसताक्षी नगरका १८ जना खेलाडी तथा १ जना खेल प्रशिक्षक ,१ जना खेल ब्यबस्थापक समेतलाई जनही नगद ५ हजार सहित सम्मान पत्रले…

दमकमा टि भी एस को ह्विली बिट्स कन्सर्ट सगै दशै अफर

दमक ४ असाेज । झापाकाे दमकमा टि भी एस को ह्विली बिट्स कन्सर्ट सम्पन्न भएकाे छ । नेपाल को लागि टि भी एस को आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा लि ले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावली को पावन अवसर मा ग्राहक हरुलाइ लक्षित गरि “ टि भी एस दशैको दौड” भन्ने स्किम ल्याएकाे छ । यहि उपलक्ष्यमा जगदम्बा मोटर्सले नेपाल को मुख्य मुख्य सहर मा टि भी एस को ह्विली बिट्स कन्सर्ट गर्दै देश दाैडाहमा लागेको छ | कार्यक्रममा राष्ट्रिय बाइक राइडरहरूले स्टन्ट शो प्रस्तुत गरेका थिए । कार्यक्रममा…

संविधान दिवस दमकमा यसरी मनाइयाे (फाेटाेमा हेर्नुस् )

दमक ३ असाेज /संविधान दिवसको अवसरमा आज बिहान झापाको दमकमा  प्रभातफेरी निकालिएको छ । पञ्चेबाजा र विभिन्न समुहका व्यानरहरुसहित प्रभातफेरीमा हात हातमा राष्ट्रिय झण्डा बोकेका सहभागीहरुको दृश्य आकर्षक देखिएको थियो । विशेष गरी दमकस्थित निजी तथा केही सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिकहरु , यहाँस्थित सरकारी कार्यालयका कर्मचारी, उद्योगी, व्यापारी, राजनीतिक दलका कार्यकर्ताहरु, सामाजिक तथा जातिय संघ संस्थाहरुका प्रतिनिधिहरु र्यालीमा सहभागी भएका िथए । गणतन्त्र चोकबाट निस्किएको र्याली बजार क्षेत्र हुँदै दमक नगरपालिका कार्यालय अगाडी सम्म पुगेको छ । नगर परिसरमा चलिरहेको शुभकामना आदनप्रदान कार्यक्रमममा प्रतिनिधि सभाकी सांसद महेन्द्रकुमारी लिम्बुको…

गुन्जनको ‘माया कस्तो लाए’ (भिडियो सहित)

२७ भदौ, काठमाडौं । गुन्जन उपाध्यायको सुमधुर स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाए’ डिजिटल बजारमा आएको छ । गीतको शब्द तथा संगीत टुंग नेपालको रहेको छ । रिता याम्फु र जिन झेंग को अभिनय रहेको म्युजिक भिडियोको कथा तथा परिकल्पना अन्तरा उपाध्यायले गरेकी छन् । मन्जिल श्रेष्ठले भिडियोको निर्देशन, छांयाकन र सम्पादन गरेका छन् । अमेरिकाको डलास लगाएतको स्थानमा छायाँकन गरिएको ‘माया कस्तो लाए’ डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।भिडियोको लिङ्क यहाँ रहेको छ ।

“जब माया बुजी” बोलको गीत सार्वजनिक

२७ भदौ, काठमाडौं । तामाङ कथानक चलचित्र म्युङ पुजुको “जब माया बुजी” बोलको गीत सार्वजनिक भएको छ । डम्फु मिडियाको ब्यानरमा निर्माण भएको तामाङ चलचित्र म्युङ पुजुको सो गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगित रहेको छ भने विशाल काल्तान र जितु लोप्चनको स्वर रहेको छ । काठमाडौंको जोरपाटीस्थित एक सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलन कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यता रहेको थियो भने तामाङ कलाकार संघका सचिव विशाल काल्तान, नायक तथा निर्देशक अमिर दोङ, तामाङ पत्रकार संघका…