नरेन्द्र प्यासीको स्वर तथा संगितमा “भन पहिले” बोलको म्यूजिक भिडियो अमेरिकामा सार्वजनिक ।

काठमाडौं । अमेरिकामा रहेका नेपाली कलकारहरुले “भन पहिले ” बोलको म्युजिक भिडियो आइतबार एस.राज प्रोडक्सन बाट सार्वजनिक गरेको छ । नेपालमा रहँदा विभिन्न बिधामा सक्रिय कलाकर्मीहरु प्रवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गर्दछन त्यस्तै लसएन्जल्समा बसोबास गर्ने कलाकारहरुको सहकार्यमा “भन पहिले” बोलको म्यूजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो । जसमा एस.राज प्रोडक्शनका डायरेक्टर एस.राज (शंकर वाग्ले)का गित रचना तथा निर्देशन रहेको छ । उहाँले यसअघि नेपाली चर्चित टेलिफिल्म मेरीबास्सै मा निकै रुचाईएको भुमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए भने कान्तिपुर टेलिभिजनको…

तामाङ कथानक चलचित्र घ्रान भक्तपुरमा विशेष प्रदर्शन हुने ।

भक्तपुर । तामाङ कथानक चलचित्र घ्रान भक्तपुरमा प्रर्दशनी गरिने भएको छ । गाउँको सामन्तीको ज्यादती र यसको प्रतिकारमा आधारित तामाङ कथानक चलचित्र ‘घ्रान’ भाद्र १६ गते भक्तपुरको बाराही मुभिजमा विशेष प्रदर्शन हुने भएको छ । ओखलढुङ्गाको मूलखर्क गाउँमा रहेको समान्तबाद र त्यसले समाजमा उब्जाएको समस्यालाई सचित्र वर्णन गरिएको चलचित्र यस अधि राष्ट्रिय नाचघरमा प्रर्दशनी गरिएको थियो । मूलखर्कको बिभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्र नाचघरमा विषेश रुचाईएको थियो । फो के मा निर्माण भएको घ्रान करिव ४० लाखमा निर्माण सम्पन्न भएको निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा कलाकारहरु सुकुमाया…

म्हेन्दोमाया सांगितिक दुनियाँमा एक नयाँ उचाई , सागर एस वाइबा एकल म्हेन्दोमाया साँझ भव्यताका साथ सम्पन्न ।

१० भाद्र , काठमाडौं । म्हेन्दो माया गायक सागर एस वाइबा तामाङको एकल म्हेन्दो माया साँझ काठमाडौंको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ । म्हेन्दोमाया मोडेल तथा नायिका एन्जिला वाइबाको सभापतित्वमा र सागर एस वाइबाका पिता समन सिङ वाइबाको प्रमुख आतिथ्यमा भएको सो सांगितिक कार्यक्रममा विशेष अतिथिहरुमा, उपसभामुख राधिका तामाङ, पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ, पुर्व राज्यमन्त्री परशुराम तामाङ लगायत विभिन्न क्षेत्रका वरिष्ठ तामाङ जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । म्हेन्दोमाया एकल साँझमा म्हेन्दोमाया गायक सागर एस वाइबाले १६ वटा म्हेन्दोमाया गीत भाग एक र भाग दुई गरि…