गुन्जनको ‘माया कस्तो लाए’ (भिडियो सहित)

२७ भदौ, काठमाडौं । गुन्जन उपाध्यायको सुमधुर स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाए’ डिजिटल बजारमा आएको छ । गीतको शब्द तथा संगीत टुंग नेपालको रहेको छ । रिता याम्फु र जिन झेंग को अभिनय रहेको म्युजिक भिडियोको कथा तथा परिकल्पना अन्तरा उपाध्यायले गरेकी छन् । मन्जिल श्रेष्ठले भिडियोको निर्देशन, छांयाकन र सम्पादन गरेका छन् । अमेरिकाको डलास लगाएतको स्थानमा छायाँकन गरिएको ‘माया कस्तो लाए’ डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।भिडियोको लिङ्क यहाँ रहेको छ ।

“जब माया बुजी” बोलको गीत सार्वजनिक

२७ भदौ, काठमाडौं । तामाङ कथानक चलचित्र म्युङ पुजुको “जब माया बुजी” बोलको गीत सार्वजनिक भएको छ । डम्फु मिडियाको ब्यानरमा निर्माण भएको तामाङ चलचित्र म्युङ पुजुको सो गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगित रहेको छ भने विशाल काल्तान र जितु लोप्चनको स्वर रहेको छ । काठमाडौंको जोरपाटीस्थित एक सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलन कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यता रहेको थियो भने तामाङ कलाकार संघका सचिव विशाल काल्तान, नायक तथा निर्देशक अमिर दोङ, तामाङ पत्रकार संघका…

मेलिना राईको नयाँ गीत “राम राम तिम्रो कसम” सार्वजनिक (भिडियो सहित )

२० भाद्र, काठमाडौं । दिपक ओलिको शब्द संगितमा गायिका मेलिना राई र गायक प्रेम राइको स्वर रहेको ”राम राम तिम्रो कसम ढाटे मरिजाउ” नामक गितको भिडियो सार्वजनिक भएको छ । इटहरीको गोकुलम रिसोर्टमा सुटिङ भएको गितमा समीर सुवेदी र सृस्टि रिजालको अभिनय देख्न सकिने छ । समीर सुवेदी र सृष्टि रिजालको पहिलो पटक गितमा अभिनय रहेको छ । हरेन्द्र खत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियो पुर्बमै सुटिङ भएको हो । समीर सुवेदी सञ्चारकर्मी तथा समाजसेवी हुन उनि बिगत आठबर्ष देखि विभिन्न हास्य टेलिशृङ्खलामा देखा पर्ने गर्थे र अहिले हास्य टेलिशृङ्खला…

बिबादित तीज गित छम छम बजारमा (भिडियो सहित)

९ भाद्र, काठमाडौं । बिक्रम गौतम र स्मृति बजगाई, भुवन दुलाल, रिता  थापा  र दिपक घोरासैनी हरुको आवाज रहेको  र मोडल आयुष्म  कार्की रेबन कर्मचार्य लागतका को अभिनय रहेको लोक दोहोरि तीज गित ‘छम छम’ आज DAR MOVIES & FILMS ले  मा पुन: सार्वजनिक गरेको छ ।  केहि दिन अगाडी गायिका शर्मिला श्रेष्ठ द्वारा YOUTUBE मार्फत  COPYRIGHT CLAIM गरेको सो गित DAR MOVIES ले विवाद मिलाउने सर्त मा  च्यानल बाट हटाएको थियो तर सो गित गायिका शर्मिला जी ले (मायाको चिनो) संग नभई  २०६० सालमा रेकर्ड गरिएको, मिना मुइया थापा,…

सरापे र मुईया को तिज गित ‘माइत जाम’

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ । लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ । गीतमा अभिनय भने चर्चित हास्य पात्रा यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ साथमा पूजा भट्ट संगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ।भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोको छायांकन राजेश घिमिरेको रहेको…

‘आमा… चरी मैना ‘ नामक गीतको भिडियो सार्वजनिक

३१ असार, काठमाडौं । सम्पूर्ण आमाहरू प्रति समर्पित गर्दै श्याउली इन्टरटेन्ट्मेन्ट नेपाल प्रा.लि. ले निर्माण गरेको ‘आमा… चरी मैना ‘ नामक गीतको भिडियो सार्वजनिक भएको छ । सञ्चु थोकर र रेशमकुमार श्याउली तामाङको निर्देशनमा बनेको उक्त भिडियोलाई मंगलबार तामाङ घेदुङको सभाहल, चुच्चेपाटीमा ’ पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । नेपथ्यमा रहेर समुदायको खातिर सांस्कृतिक काम गर्न पाउँदा गौरव महसुस भएको निर्देशक थोकर बताउँछन् । गीतमा रेशम कुमार श्याउलीकै शब्द रहेको छ भने दावावाङ्गेल मोक्तानको संगीत रहेको छ । गायिका बबिता पाख्रीनले स्वर दिएकी छिन् । रश्मीला तामाङ र चिनिया…

भानुको सम्झनामा तुंगनाथको ‘सुन्दर(काण्ड (रामायण)’

२९ असार । २०६ औं भानु जयन्तिको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दर(काण्ड (रामायण)’ को पहिलो अंश सार्वजनिक भएको छ । गायन तथा संगीत स्वंम तुंगनाथकै रहेको सो गीतमा ‘सुन्दर(काण्ड (रामायण)’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंश विशेषको संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति रहेेकोछ । जसको लेख्य नेपाली भाषाको डोरीले विश्वभरी छरीएर बसेका सम्पूर्ण नेपालीहरुलाई एकतामा बाँध्न सफल भयो र आज पनि हामी त्यही नेपाली भाषा गर्वका साथ बोली रहेका छौं । यही नेपाली भाषामा डुबुल्की मारेर ,गोता लगाएर, कैयौंले यसैलाई सुम्सुम्याएर ( कविता ,गीत, गजल ,…

‘लाग्यो असार’ बजारमा (भिडियो सहित)

१३ असार । नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर.मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ । गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावनजेले जानकारि दिए । गितमा ९ जना लोक गाएक गायिकाले स्वर दिएका छन् । जसमा पुरुष तर्फ चर्चित लोक गाएकहरु नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडु को स्वर रहेको छ भने महिला तर्फ चर्चित लोक गायिका पार्वति कार्कि,…

लघु चलचित्र ‘ठग्स् अफ नेपाल’ सार्वजनिक

५ जेष्ठ, काठमाडौं । नेपाली कथानक लघु चलचित्र ‘ठग्स् अफ नेपाल’ को राजधानीमा प्रिमियर शो भएको छ । लघु चलचित्रलाई एक औपचारिक कार्यक्रम गर्दै प्रिमियर शो सम्पन्न गरेकोे हो । रोशन चन्द ठकुरी द्वारा निर्देशित लघु चलचित्रमा नेपाली चलचित्र जगतमा देखिने विकृति र विसंगतिलाई मनोरञ्जनात्मक ढंगले देखाउन खोजिएको छ । चलचित्र क्षेत्रमा निर्देशक, निर्माता र कलाकारहरुले गरेको संघर्षलाई हास्य व्यङ्ग्यात्मक रुपले पस्कन खोजेको र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने हेतुले लघु चलचित्र निर्माण गरेको निर्देशक रोशन चन्द ठकुरी बताउछन् । काठमाडौंकै एक स्थलमा छायांकन गरिएको लघु चलचित्रमा सरोज श्रेष्ठ , जेशन…

शरण हुमागाईको ‘हाँस्ने खेल्ने’ गीत बजारमा (भिडियो सहित)

डिएआर मुभिजको प्रस्तुतिमा हाँस्ने खेल्ने बोलको लोकदोहोरी गित बजारमा आएकोे छ । लोक दोहोरी गायक तथा संचारकर्मि शरण हुमागाईं र सपना गुरुङ्गको स्वर रहेको गितमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् । हेरुका लामाको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ । दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ ।…