‘एक घर एक प्राथमिक उपचारक’ जनशक्ति तयार हुँदै

  काठमाडौँ, २२ मङ्सिर  ः एक सयमध्ये नौ जनालाई हरेक दिन केही न केही प्राथमिक उपचार तथा एक हजार आकस्मिक उपचार आवश्यक पर्नेमध्ये पाँचजनालाई सिपिआर अति आवश्यक पर्छ । घाउ, चोटपटक, झाडापखालालगायत साधारण उपचार विधिलाई प्राथमिक उपचार तथा मुटु र श्वासप्रश्वास प्रक्रिया चलाउन सिकाइने विधिलाई सिपिआर भनिन्छ । सिपिआर तालीम लिएकाले अस्पताल पुग्नुअघि अकालमा हुने ७० प्रतिशतसम्मको मृत्युलाई घटाएको एक अध्ययनले देखाएको छ । ‘नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टर’ले आज यहाँ सार्वजानिक गरेको अध्ययनमा विशेषगरी विद्यालय तहका छात्रछात्रा तथा समुदायमा प्रदान गरिएका प्राथमिक उपचार तथा सिपिआर तालीमले अकालमा हुने…

विश्वमा नै दुर्लभ रोगबाट ग्रसित लोममाया लाई उपचार को लागि आर्थिक सहयोग गर्न आग्रह

भक्तपुर । विश्वमा नै दुर्लभ रोगबाट ग्रसित नवाकोटकी लोममाया तामाङ बचाउन लोममाया बचाउ अभियानकी अभियन्ता बबिता योन्जनले आग्रह गर्नुभएको छ । भक्तपुरमा पत्रकार सम्मेलन गर्दै उहाँले नुवाकोट जिल्लाकी सामाजिक अभियन्ता लोममाया तामाङ बचाउन आवहान गर्नुभएको हो । काठमाण्डौंको ग्राण्डी अस्पतलमा उपचार गराई रहनुभएकी लोममायालाई स्पाईनल काइसोसिस भएको छ । विश्वमा नै कम मानिसमा देखिने यो समस्याको नेपालमा ग्राण्डी अस्पतालमा मात्र उपचार गर्न सकिने योन्जनले जानकारी दिनुभयो । उहाँका अनुसार लोममायाको उपचारको क्रममा उहाँको अपरेसन भने सफल भएपनि उहाँको थप उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगको अपिल गरेको जनाउनुभएको छ ।…

४४५ एचआइभी  सङ्क्रमितको पहिचान

हेटौँडा, १५ मङ्सिर  ः प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित पहिचान भएको जानकारी दिनुभयो । अन्य प्रदेशमा भन्दा ३ नं मा एआरटी सेवन गर्ने सङ्क्रमित बढी छन् । यस प्रदेशमा चार हजार ५१२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् । “सन् २०१० को तुलनामा…

अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन

काठमाडौँ, ३० कात्तिक : काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानूनका आवश्यक मापदण्ड पालना गरे÷नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो । वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र, सङ्क्रमण फोहरको व्यवस्थापन, धुलो धुवाँलगायत वातावरणीय कानूनी मापदण्ड पालना गरेको सम्बन्धमा अनुगमन गरेको थियो । अनुगमनका…

विषादी नियन्त्रण अभियान तीव्र

पशुपतिनगर, इलाम, २० असोज : विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र विषादी न्यूनीकरणसम्बन्धी अभियानमा पशुपतिनगर प्राथमिक स्वास्थ्यचौकीका डा दिवस सुनुवारले विषादीकै कारण मानव स्वास्थ्यमा परिरहेको असरबारे र वातावरणीय क्षेत्रमा परेको असरबारे कृषिविद् ज्योति अधिकारीले सहजीकरण गर्दै आउनुभएको छ । नगर प्रमुख रणबहादुर राईले नगरलाई समृद्ध बनाउनका लागि कृषिको महत्वपूर्ण भूमिका भएकाले…

तेजाब छर्किएकी महिला गम्भीर

चितवन, ९ असोज : तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो । प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको…