तामाङ बौद्ध साहित्य विषयक परिचर्चा कार्यक्रम सम्पन्न

 बैशाख ३० पोखरा खील्हो नम्दुङला २७ कामरे (बैशाख २९ गते शनिबार)का दिन मध्यनह १२ बजे पोखरा-१४ चौथेस्थित कास्की घेदुङ गेखाङ (कार्यालय)को परिसरमा २५६२अौं बुद्ध जयन्ती सप्तहव्यापी कार्यक्रमक्रममा तामाङ बौद्ध साहित्य विषयक परिचर्च कार्यक्रम सम्पन्न । कोकोम्हेन्दो साहित्य समाज पोखराद्वारा संचालित नियमित रचना वाचनको चौथो श्रृंखलाको यो कार्यक्रम कास्की घेदुङको व्यवस्थापनमा विभिन्न स्रष्टाहरुको विभिन्न रचनाहरुको वाचन सहित सम्पन्न गरिएको थियोे । आठ बर्ष ननाघेका बालिका सोहेन योन्जन, साठी नाघेका पाका स्रष्टा केशबहादुर थिङ तामङ, राजनीतिक जगतमा चर्चित दिपक वाइबा, सामाजिक क्षेत्रमा लागेका कमल नेगी, शिक्षण र नोकरीमा लागेका उच्चशिक्षा हासिल गरेका…

गजल बिर्सिएर एक दुइ अक्षर लेखे । उनकै तस्वीर मनमा झल्झली देखे ।

गजल बिर्सिएर एक दुइ अक्षर लेखे। उनकै तस्वीर मनमा झल्झली देखे । रुँदा सङ्गै रुने रुन्चे भन्छिन उनि। परेलिमा छुँदै उनको आँशु छेके । याद उस्कै दिनरात सताएर मलाई। झ्याई पार्दै बाजा उनकै आँगन टेके । पिडाको जलनले मन अति पोल्दा। आखिर रुदै यो मन निचोरेर सेके । विवेक लोप्चन “विदित ” खानीखोला गा.पा ,४ ,काभ्रे।

कविता प्रतियोगितामा सिम्रन खड्का प्रथम

थाहानगर,६ फागुन । थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा आईताबार भएको कविता प्रतियोगितामा सिम्रन खड्का प्रथम भएकी छिन् । प्रथम भएकी खड्का मानविकि संकाय प्रथम वर्षमा अध्यायनरत छिन् ।                प्रजातन्त्र दिवसको अवसर पारि स्वतन्त्र विद्यार्थी युनियन पालुङ बहुमुखी क्याम्पसले आयोजना गरिएको कविता प्रतियोगितामा व्यवस्थापन संकाय द्धितिय वर्षमा अध्ययनरत छात्रा शिवानी विश्वकर्मा द्धितिय र व्यवस्थापन संकाय तृतीय वर्षमा अध्ययनरत छात्रा संजिता गोपाली तृतीय भएकी छिन् । त्यसैगरि व्यवस्थापन संकाय तृतीय वर्षका मञ्जरी बलामी, सोही वर्षका पार्वती विडारी र मानविकि संकाय प्रथम वर्षका सिर्जना पाठकले सान्तव सात्वना पुरस्कार…

रुपा ढुङ्गेललाई मनमाया स्मृति गजल पुरस्कार

फाईल फोटो

हेटौंडा,६ फागुन । माध्यमिक विद्यालय तहको जिल्लास्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिकास्थित महेन्द्र माविकी छात्रा रुपा ढुङ्गेल उत्कृष्ट भएकी छन् । गजल मञ्च मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका माध्यमिक तहका विजद्यार्थीबीच गराइएको गजल प्रतिस्पर्धामा कक्षा १२ मा अध्ययनरत ढुङ्गेल उत्कृष्ट भएकी हुन् । गजल प्रतियोगितामा उत्कृष्ट भएसँगै उनले मनमाया स्मृति गजल पुरस्कार–२०७४ पाउन सफल भएकी हुन् । मकवानपुरे साहित्यकार दीपक गौतमले आफ्नो हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार यसवर्ष कक्षा १२ मा अध्ययनरत ढुङ्गेलले पाएकी हुन् । जिल्लाका १४ वटा विद्यालयका छात्रछात्राले भाग लिएको प्रतियोगितामा उत्कृष्ट ५ कविता शनिबार हेटौंडामा आयोजित एक सय…

दमककी शिक्षिका दुर्गा काफ्लेको ‘मनको बिचलन’

Esarokar समाचार  २२ माघ , दमक । झापाको दमकमा सामाजिक कार्यमा क्रियाशिल रहेकी शिक्षिक दुर्गा काफ्ले आफ्नो पहिलो साहित्यिक कृतीकोरुपमा ‘मनको बिचलन’ ल्याउने भएकीछन् । उनको यो उपन्यास आउदो फागुण ५ गते काठमण्डौमा बिमोचन हुने भएको छ ।आफ्नो शिक्षिका पेशाबाट आएको तलव सार्वजनिक काममा तथा सेवामा लगाउदै आएकी काफ्ले साहित्यिक गतिबिधिमा पनिसक्रिय हुदै आएकी थिइन् । उनले अन्य कृतिहरु समेत तयार रहेको तिनिहरुलाइ समेत बिस्तारै ल्याउने जनाएकीछन् ।

गल्दै मात्र थिए म त, ढल्दै गएछु । चितामाथि पल्टिएर, बल्दै गएछु ।।

४ माघ २०७४   गजल गल्दै मात्र थिए म त, ढल्दै गएछु । चितामाथि पल्टिएर, बल्दै गएछु ।। थाहा थियो तिमीले, जान दिदैनौ । आफै ढाटीई अर्कै बाटो, छल्दै गएछु ।। सायद थियो मेरो शरिर, अर्धमृत मात्र । लगाए आगो ढुकढुकी, चल्दै गएछु ।। तिमीलाई के थाहा, कति गर्थे माया । त्यै मायाको भुमरीमा, जल्दै गएछु ।। चोटपटक थिएन है, शरिरमा कुनै । निस्क्यो रगत मुखबाट, दल्दै गएछु ।। आवास भुजेल  धरान,  सुनसरी हाल सिङ्गापुर