उत्तरी मकवानपुरमा अझै चम्किँदै थाहा कला केन्द्र, वैशाख १ मा नयाँ अभियान घोषणा

कौशिला वाईवा/मकवानपुर थाहा नगरपालिका चैत्र ११ गते/   थाहा कला केन्द्र मकवानपुरले आउँदो नयाँ वर्षको अवसर पारेर बैशाख १ गते नयाँ वर्षकै दिन नयाँ अभियान घोषणा गर्ने भएको छ । थाहा कलाकेन्द्रको अफिसियल फेसबुक पेज मार्फत उक्त कार्यक्रमको घोषणा गरेको हो । सामाजिक सञ्जाल फेसबुक पेजमा #नयाँ वर्ष २०७६ सालको पावन अवसरमा यहि वैशाख १ गते यस थाहा कलाकेन्द्रको आगामी नयाँ योजना सहितको नयाँ अभियानको घोषणा कार्यक्रम तथा हाल सञ्चालित ईसरोकार टिभिको उत्सव समारोह विषेश कार्यक्रमको साथमा हुने भएकोले समस्त थाहा कलाकेन्द्रका सदस्य तथा सम्पूर्ण सरोकारवालाहरुलाई उक्त कार्यक्रममा सरिक भैदिनुहुन विनम्र…

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पुनःनिर्माणको गति सुस्त

  काठमाडौँ, १० चैत  : भूकम्पले क्षति भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २३ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण गरिएको छ । सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर, जग्गाधनी पूर्जा नभएका, गुठीको जग्गामा बनेका घर र क्षतिग्रस्त घर भत्काउँदासँगै रहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको नगर प्रमुख रामेश्वर बोहोराले बताउनुभयो । नगरपालिकामा पुनःनिर्माणको जम्मा लाभग्राही सङ्ख्या छ हजार १५१ लाभग्राही रहेकामा एक हजार ४५७ लाभग्राहीले मात्रै निजी आवास निर्माण सकेको कार्यालयले जनाएको छ ।…

लिटरेचर फेस्टिभलमा नारायण वाग्ले र खगेन्द्र संग्रौलाको ठट्टाः बाँयापट्टी रातो झोला खै ? खुइलियो !

पोखरा पुस ७, । साँझ पर्दै थियो, चिसो बढ्दै थियो तर, फेवाताल किनार भने रोमाञ्चक बन्यो । लिटरेचर फेस्टिभलको पहिलो दिनको अन्तिमतिरको सत्रमा सम्पादक वाग्ले र स्तम्भकार संग्रौलाले आत्मलोचनासँगै ठट्यौलीपारामा गम्भीर विषयमाथि कुराकानी गर्दा माहोर रोचक बनेको थियो । दुई लेखक-स्तम्भकारले एक अर्काको प्रसंशा मात्रै गरेनन्, एकअर्काको कमजोरी पनि खोतले । उनीहरुले छापा माध्यमका लेखन र भागाई सुनाए । एक अर्काले मजाले मन माझे, आत्मलोचना गरे । ‘तपाईंको रातो झोला खोइ ?’ प्रश्नसँगै कार्यक्रमस्थल रोमाञ्चक बन्यो, हाँसो गुञ्जियो । ‘मेरो पहिचानका ३ बुँदा छन् । निख्खर सेतो कपाल, ढ्याके चस्मा…

लामाको ‘मन्थन’ लोकार्पण

काठमाडौँ, ८ असोज : राजनीतिज्ञ तथा समाजसेवी नेपालजित लामाद्वारा लिखित ‘मन्थन’ पुस्तक आज यहाँ लोकार्पण गरिएको छ । साहित्यकार तथा पूर्वसांसद नारायण ढकाल, प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, जापानका लागि नेपाली पूर्वराजदूत डा गणेश योञ्जनले पुस्तक संयुक्त रुपमा लोकार्पण गर्नुभयो । पुस्तकमाथि समीक्षा गर्दै पूर्वराजदूत योञ्जनले पुस्तकले लामाले समाजमा आत्मवृतान्त मपाईको पुलिन्दा भइरहेकामा यो किताब फरक रहेको बताउनुभयो । लेखक लामाले जीवनगाथा लेख्ने बेला नभए पनि नेपाली समाजमा देखेको कुरा आफूले केही नामसहित र केही नामबिनाका सत्य कुरा लेखेको बताउनुभयो । आत्मवृतान्तमा आधारित मन्थन पुस्तक घोष्ट राइटिङ…

वीपी कोइरालाको १०५ औं जन्मयन्ती, देशैभरि विभिन्न कार्यक्रम

दमक । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेता वीपी कोइरालाको १०५ औं जन्मयन्ती आज देशैभरि विभिन्न कार्यक्रमहरु गरि मनाएको छ ।  दिवसका अवसर पारेर नेपाली कांग्रेस कमल गाउँपालिका र दमक नगर समितिले छुट्टाछुट्टै कार्यक्रम गरि वीपी जयन्ती मनाएको हाे । नेपाली कांग्रेस कमल गाउपालीकाले साविक लखनपुर–१ स्थित मंगलवारेको पार्टी कार्यालयमा वीपी जन्मजयन्ती मनाएको हो भने दमकले पार्टी कार्यालयमा वीपी जयन्ती मनाएको हो । कांग्रेस कमलमा आयोजित कार्यक्रममा पार्टीका महासमिति सदस्य शुरेस सुब्बा, कांग्रेस नेता डाक्टर खगेन्द्र अधिकारी, युवा नेता हुकुमसिंह राईलगायतले वीपी जयन्तीको जीवनीमाथि चर्चा गरेका थिए । यसैगरि दमकस्थित पार्टी…

बेटी पढाउ, बेटी बचाउ अभियानमा सहयोग गर्न आग्रह

लहान, १३ भदौ: प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५आँै वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको भन्दै उहाँले समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश २ ले पूरा गर्ने दावी गर्नुभयो । मारवाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न आह्वान गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिका लागि मारवाडी समुदायको लगानी र सहयोग आवश्यक रहेको उल्लेख…

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १२ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उहाँले आफूहरू अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको छौ भन्नुभयो । प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको पाखण्डी र अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणाली समृद्धिको महायात्राको थालनी भएकाले नयाँ…

तिमीलाई गरेको माया….. [बबिना बस्नेत]

यो प्रेम कसैले कसैलाई गरेन मैले गरेको त्यही प्रेम हो धर्ती त केवल मुठ्ठीभित्र छ कुरै गर्न मिलेन आकश पनि झिनो हुँदो हो मेरो मायाको अगाडि साच्चिकै मेरो न्यानो माया कत्ति छ सोध्न मन छ भने चलिरहेको बतासलाई सोध नभका जादुमयी चन्द्र र सूर्यलाई सोध वगिरहेको पानीको बहाबलाई सोध चलिरहेको समिरको झोक्कालाई सोध उसैलाई थाहा छ हो उस्तै माया तिमीलाई गरिरहे छु । डियर त्यो दिन मैले तिमीलाई स्पर्श गर्दा ईन्द्रेणी झै तिमीमा एकाएक उब्जिएको सुस्केरा अनि त्यो काउकुती खित्त -खित्त हासोको फोहोरा लाजले या त सहनै नसकेर बर्षा नै…

तामाङ बौद्ध साहित्य विषयक परिचर्चा कार्यक्रम सम्पन्न

 बैशाख ३० पोखरा खील्हो नम्दुङला २७ कामरे (बैशाख २९ गते शनिबार)का दिन मध्यनह १२ बजे पोखरा-१४ चौथेस्थित कास्की घेदुङ गेखाङ (कार्यालय)को परिसरमा २५६२अौं बुद्ध जयन्ती सप्तहव्यापी कार्यक्रमक्रममा तामाङ बौद्ध साहित्य विषयक परिचर्च कार्यक्रम सम्पन्न । कोकोम्हेन्दो साहित्य समाज पोखराद्वारा संचालित नियमित रचना वाचनको चौथो श्रृंखलाको यो कार्यक्रम कास्की घेदुङको व्यवस्थापनमा विभिन्न स्रष्टाहरुको विभिन्न रचनाहरुको वाचन सहित सम्पन्न गरिएको थियोे । आठ बर्ष ननाघेका बालिका सोहेन योन्जन, साठी नाघेका पाका स्रष्टा केशबहादुर थिङ तामङ, राजनीतिक जगतमा चर्चित दिपक वाइबा, सामाजिक क्षेत्रमा लागेका कमल नेगी, शिक्षण र नोकरीमा लागेका उच्चशिक्षा हासिल गरेका…

गजल बिर्सिएर एक दुइ अक्षर लेखे । उनकै तस्वीर मनमा झल्झली देखे ।

गजल बिर्सिएर एक दुइ अक्षर लेखे। उनकै तस्वीर मनमा झल्झली देखे । रुँदा सङ्गै रुने रुन्चे भन्छिन उनि। परेलिमा छुँदै उनको आँशु छेके । याद उस्कै दिनरात सताएर मलाई। झ्याई पार्दै बाजा उनकै आँगन टेके । पिडाको जलनले मन अति पोल्दा। आखिर रुदै यो मन निचोरेर सेके । विवेक लोप्चन “विदित ” खानीखोला गा.पा ,४ ,काभ्रे।