चलचित्र “समर लभ” माघ २५ गते भ्यालेन्टाइन डे का दिन बाट प्रदर्शनीमा आउने

३ पौष , काठमाडौं । नाईटेङ्ग्ल इन्टर्टेन्मेन्ट ब्यानरमा बनेको चलचित्र “समर लभ” आगामी माघ २५ गते भ्यालेन्टाइन डे का दिन बाट प्रदर्शनिमा आउने भएको छ । आशिष पिया र रेवोती क्षेत्रिको मुख्य भुमिका रहेको चलचित्रमा ओखलढुंगाका एकराज तामाङ लाइन प्रोडुसर रहेका छन । ओखलढुंगाको सिद्धीचरण नगरपालिका १० सल्लेरीमा जन्मिएका तामाङले केहि गितका भिडियोमा समेत अभिनय गर्नु भएको छ । कलाकारितामा आफ्नो सानै देखि सोख भएका कारण यो क्षेत्रमा लागेको तामाङले बताए । एकराज तामाङ भुपु सिङापुर पुलिसको एसएस पि हुन । चलचित्र एकदमै राम्रो बनेको उनको भनाइ छ । गित…

भूकम्पबाट विस्थापितका लागि एकीकृत बस्ती निर्माण विदुर, २ माघ : भूकम्पबाट विस्थापित भएका नागरिकका लागि नुवाकोटमा सामाजिक सङ्घसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण शुरु गरिएको छ ।  दुर्गम गाउँ भाल्चेबाट विस्थापित भई सदरमुकाम आसपास बसोबास गर्दै आइरहेका पीडित १८ घरपरिवारका लागि अक्सफामको सहयोगमा विदुर नगरपालिकाको जफतीमा सो बस्ती निर्माण शुरु गरिएको हो ।  अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा सहायता सामाजिक संस्थामार्फत एकीकृत आवास निर्माण गर्न शुरु गरेको संस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डेले बताउनुभयो । परिवारको सङ्ख्याअनुसार दुईदेखि चार कोठेसम्मका घर निर्माण गरिने बताइएको छ । घर निर्माणमा प्रत्येक घरका एक जना…

तामाङ आवाजको आयोजनामा २ दिने चलचित्र कथा लेखन कार्यशाला सम्पन्न

३० पौष । तामाङ आवाजको आयोजनामा २ दिने चलचित्र कथा लेखन कार्यशाला सम्पन्न भएको छ । २० जनाको सहभागीता रहेको उक्त कार्यक्रम ललितपुर कोन्ज्योसोम गाउपालिका, भारदेउमा भएको हो । पुष २८ र २९ मा सम्पन्न उक्त कार्यक्रमको आयोजक तामाङ आवाजको तथा SCRC भने नलेज पार्टनर रहेको थियो । तामाङ आवाजले आउदो चैत्र मसान्त सम्ममा तामाङ लघु चलचित्र महोत्सब गर्ने भएको छ । तामाङ चलचित्र निर्माणमा उत्कृष्टता ल्याई विश्व चलचित्र बजारमा पुर्याउने उदेश्यका साथ यो कार्यक्रम गर्न लागेको आयोजक टिम बताउछन । सहभागीहरुले २ दिने कार्यशाला उपलब्धी मूलक रहेको बताएका छन्…

गोरखा साम्राज्यः नेपालका प्रथम राष्ट्रहरुको दृष्टिकोण विषयक कार्यक्रम सम्पन्न

२६ पौष , काठमाडौं । गोरखा साम्राज्य नेपालका प्रथम(राष्ट्रहरुको दृष्टि सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । ताम्सालिङ नागरिक समाजद्वारा आयोजित तथा एस।सि.आर.सि.ले संयोजन गरेको कार्यक्रमको चोहोमा डा. मुक्तसिंह तामाङ साथै गन्बामा डा. गणेश योञ्जनका रहेका थिए । वक्तामा बुद्धछिरिङ मोक्तान, विश्वभक्त दुलाल (आहुति) र मोहन गोले रहेका थिए । एस.सि.आर.सि.को अध्यक्ष खोजराज गोलेले कवितावाचन गर्दै स्वागत गरेको कार्यक्रमसम्बन्धी जानकारी भने चोहो डा. मुक्तसिंह तामाङले गराएका थिए । चोहो तामाङले पृथ्वीनारायण शाहलाई नै एकीकरणकर्ताको पगरी गुँथी दिँन नहुने बताए । उनका अनुसार एकीकरणको भार पृथ्वीनारायले बोक्न वा थाम्न सक्तैन ।…

स्व. नायक तिर्थ कुमार लामाको सम्झनामा दिप प्रज्वलन कार्यक्रम

२५ पौष काठमाडौं । तामाङ चलचित्र क्षेत्रका स्व. नायक तिर्थकुमार लामाको १३ औं तिथिमा मृत्यआत्माको चिर शान्तीका लागि दिप प्रज्वलन कार्यक्रम गरिएको छ । तामाङ चलचित्र संघको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको उक्त दिप प्रज्वलन कार्यक्रममा विभित्र संघसंस्था का व्यक्तित्व , तामाङ कलाकार , पत्रकार , मृतकको आफन्त लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले दिप प्रज्वलन कार्यक्रमलाई उद्घाटन गर्दै नायक तिर्थ कुमार लामाको तामाङ चलचित्र क्षेत्रको योगदान अविस्मरणिय रहेको बताउदै राष्ट्रकै गहनालाई गुमाउनु पर्दा दुख व्यक्त गर्नुभएको छ । यसैगरी उक्त कार्यक्रममा तामाङ कलाकार…

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा

काठमाडौँ, २४ पुस : नेपालमा पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गर्ने उक्त मार्टको तयारी अन्तिममा पुगेको हो । लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसाथ जनवरी १० देखि १२ सम्म रुपन्देहीको लुम्बिनीमा हुन लागेको उक्त मार्टमा १५० बढी स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहने नाट्टाका महासचिव रमेश थापाले जानकारी दिनुभयो । मार्टमा भाग लिन विभिन्न देशका दुई…