हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

पोखरा १५ जेठ। कठै गणतन्त्र तिम्रो शब्द बेचेर सिंहदरबार र बालुवाटार बसाइ सरेका सर्वहाराको खोल ओढ्ने सामन्तिहरु रास्ट्रको ढुकुटी लुटेर झुपडी बाट महलमा रम्नेहरुको कारण आज रुकुमले तिमि लाई गिज्याइ रहेछ मानवअधिकार को डलरे हरुलाइ कुरिकुरी गरिरहेछ संघियता लोकतन्त्र र गणतन्त्रको बर्खिलाप मात्र हैन समानता र समानुपातिक समावेशीताको बलात्कार गरिरहेको छ । गणतन्त्र को फेटा बाधेर हजारौ नेपाली आमाको कोख रित्याएर हजारौ नेपाली नारिको सिउदो पखालेर ल्याएको गणतन्त्र के यसैको लागि थियो ? कठै आज तिनै गणतन्त्र जहाँ एक सच्चा प्रेमिले आफ्नो ज्यानको आहुती दिनुपरेको छ। कठै गणतन्त्र तिम्रो शब्द…

सम्धी मलाइ थाहा छ तपाइको आफ्नै घरमा चुलो बल्न गाह्रो छ तर किन तपाइँ आफै जलेर दुनियालाई उज्यालो दिइरहनु भएको छ?

पोखरा १३ जेेठ झन्डै तिन महिनादेखि संसार कोभिड -१९ (कोरोना भाइरस) ले आक्रान्त छ संसारभर लगभग ५५ लाख पच्चीस सय १२ संक्रमित छन् करिब २२ लाख ले पुनर्जन्म लिए जस्तै कोरोना मुक्तभैसकेका छन यहि क्रममा नेपाल बिगत दुइमहिना देखि लक डाउनमा छ सारा नेपालि कोभिड – १९ को त्रासमा बाचिरहेका छन् हाल नेपालमा झन्डै ७७२ संक्रमित छन् १०९ उपचार पश्चात निको भएको छ भने ४ जनाको मृत्यु भैसकेको छ त्यस्तै ४जनामा पुन कोरोना संक्रमण देखिएपछी फेरी भर्ना भएको अहिले को यो अवस्थामा राज्यले आफ्नो नैतिकता जोगाउने काम भन्दा बाहेक केहि…

बहुराष्ट्रिय राज्यबारे भ्रम र यथार्थ : मोहन गोले

उदयपुर १७ बैशाख राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच २०७७ बैशाख १० गते एकता भई जनता समाजवादी पार्टी नेपाल बन्यो । दुई पार्टीको एकताको सहमति पत्रमा लेखिएको छ ः देशमा सात दशक लामो संघर्ष र बलिदानी पश्चात संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । विश्वमा विकसित नवीनतम लोकतान्त्रिक मूल्य र मान्यताको दृष्टिले केही अपूर्णता रहेपनि यो आजसम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । यसलाई अझ विकसित गर्दै पहिचानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसाँस्कृतिक राष्ट्रवादको विकास गर्न जरुरी…

बाबुरामको बिद्रोही भष्मासुर : मोहन गोले

उदयपुर 16 बैशाख अध्ययनमा सधैं अब्बल अनि परिवर्तनका लागि सदैव बिद्रोही चेतका एक रोलमोडल नाम हो डा. बाबुराम भटराई । नेपालको पूर्व प्रधानमन्त्री समेत भइसकेका एक उच्च ब्यक्तित्व भटराईले माओवादी जनयुद्धमा सहभागी भएर आजसम्म आइपुग्दा जातीय सर्बोच्चता कायम गर्नका लागि सधैं आन्तरिक राष्ट्रियता दबाउने घरेलु दुश्मनलाई प्रधान शत्रुको रुपमा करार गरे र यसैको बिरुद्धमा निरन्तर लडिरहे । कुनैबेला गोरखाको गाउँमा तुने चप्पल र जाँघे कट्टु लगाएर हिड्ने केटो बाबुरामले नेपाली समाजको जातीय, बर्गीय अन्तर्विरोधलाई नजिकबाट चिनेका थिए । त्यसैले उनले नेपालको आन्तरिक राष्ट्रियतालाई मजबुत बनाएपछि मात्रै बाह्य विस्तारवाद र साम्राज्यवादको…

सेल रोटि आधा मात्रै खादा उहालाइ पनि खाना मन त लाग्दो होनि तर सन्तानको माया कहाँ भोकले रोक्न सक्दो रैछ र?

मोहन कुमार तामाङ्ग पोखरा, ११ बैशाख २०७७: आजभन्दा करिब २२ वर्ष अघि। घाम आफ्नो बालपनसग रमाउदै थियो अरे । हावा पनि सधै झै आफ्नैपनमा रमाउदै थियो अरे तर घरिघरी अल्छि मान्दै त्यसैले आभास गर्न सकिन्थ्यो रे कि हावाले पनि कर्मकाण्ड मात्रै पूरा गरिरहेको छ।विचारा! नलागोस पनि कसरी? पानीलाई आफ्नो अस्तित्व गुमाउन बाध्य बनाउने त्यो चिसोमा, घामको न्यानोसग आनन्दले बस्न कसलाई पो मन लाग्दैन र? तर त्यसो भन्दैमा हामिले जस्तो हावाले कहाँ आफ्नो जिम्मेवारी, अनुशासनको उलंघन गर्न सजिलै छुट पाइन्छ र? त्यसैले जसोतसो आफ्नै लयमा बहकिदै थियो अरे ।माघको त्यो चिसो…

माफी चाहन्छु आमा !!!!

दिपक तामाङ्ग पोखरा, ११ बैशाख २०७७: आमा!तपाइले गर्नुभएको त्यागप्रती नमन प्रकट गर्दै माफी चाहन्छु। म जन्मेको दिनदेखी आजसम्ममा धेरै मातातिर्थ औशी आए तर आमालाई खुसी पार्ने दिन कहिल्यै आएन भनौ या मैले ल्याउन सकिन ।हरेक बर्ष झै यो बर्ष पनि क्यालेन्डरमा माता तिर्थ औशी लेखेको देखेपछि तपाईंले मेरो निम्ति गर्नु भएको त्यो दु:ख, त्याग, समपर्ण सम्झेर मेरा आखाहरु रसाउन थालेको छ। सम्झिन त म हरेक दिन तपाइँलाई सम्झिरहन्छु । तर यो सम्झनालाई पोख्नका निम्ति भने आजकै दिन आउनु पर्दोरहेछ। अरुबेला तपाईलाई एकचोटि फोन गर्न म हजारचोटी सोच्ने गर्छु । मोबाईलको…

म मरिसकेकाे छैन भाइ

माफी चहान्छु भाइ तिमीलाइ ठुलाे पीर चिन्तामा पारें सांच्चै पीरमा त हामीले सरकारलाइ पारेका छाैं भाइराहत मांगेर,नांगाे खुट्टा हजाराै माइल हिडेर, गरीबी देखाएरविवशता देखाएर,नांगाेपन देखाएर । भनिरहेछन् यिनले हाम्राे बेइज्जत गरिराछ, यिनलाइ नांगाे खुट्टा हिडेर गांउ जानुपर्ने, भाेकभाेकै हिडेर तमाशा देखाउनु पर्ने, स्टे हाेम, स्टे सेफ भनेकाे हाेइन, यिनलाइ बाहिर हिडेर नाटक देखाउनु पर्ने, समाज बिराेधी तत्व हुन् यी,यिनिहरू नभए देश स्वर्ग बनिसक्थ्याे ।हाे भाइ केही समय अघि त हाे नि,मजदुरकाे लागि देश स्वर्ग हुन्छ भनेकाे,हाम्राे मुखियाकाे तस्वीर पाेल पाेलमा मैले नि टांगेकाे,नयां युगकाे सुरूवात भएकाे,देश स्वर्ग जस्तै बनेकाे,काेही भाेकै…

कोरोनाले पुँजीवादको आयु थप लम्ब्याउछ कि समाप्ति तिर लैजान्छ??

मोहन गोले तामाङ्ग पोखरा ,४ बैशाख २०७७: कोरोनाको कारण केही मुलुक बाहेक संसारको पुँजी बजारहरु ठप्प रहेको अवस्थामा यसले विश्व अर्थतन्त्रमा पार्ने असरप्रति यतिबेला अर्थविद्हरु चिन्तित छन् । विश्व बैंकले यसअघि नै अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पर्ने दाबी गरिसकेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाबाट नेपालमा २ खर्ब घाटा हुनसक्ने अनुमान गरेका छन् । केही बुद्धिजीवीले भने सामाजिक सञ्जालमा यसले पुँजीवादी युगको समाप्त भई अब विश्व एकैपटक समाजवादी ब्यबस्थातर्फ अघि बढ्ने लेखेको पनि देखे । तर मलाई लाग्छ, यसरी मुख मिठ्याउनुको कुनै अर्थ छैन । यसखालको महमारीले त पुँजीवादी…

कोरोना, प्रकृति र पुँजिवाद : मोहन गोले

 यतिबेला कोरोना भाइरसदेखि बिश्व मानव समुदाय डर र त्रासको बीचमा घरघरमा लुकिरहेको छ । हामी सबैलाई लागेको छ, कति दिन हामी घरभित्र लुकेर बस्नु पर्ने हो ? यसको अन्त्य कहिले होला ? कसैले भन्छन्, यो भाइरस अप्रिल महिनासम्म सक्रिय रहनेछ । त्यसपछि यो बिस्तारै कम हुँदै जान्छ । कोरोना भाइरस ३० डिग्रीभन्दा बढी गर्मीमा बाँच्न नसक्ने चिकत्सकीय तथ्यको कोणबाट यसखालको अनुमान हामी गरिरहेका छौ । तर मलाई यो त्यति सजिलै हराइहाल्छ भन्ने लाग्दैन । संसारमा कुनैपनि जीव अस्तित्वमा आउनुको पछाडि एउटा कारण हुन्छ । अकारण कुनै चिजको उत्पति र मृत्यु…

पोखरा महानगरको प्राथमिकता कोरोना रोकथाम की राहत वितरण ? राहत बितरण की सङ्क्रमण फैलाउन खोज्या ? :हुमबहादुर गुरुङ

कोरोना भाईरस(कोभिड–१९)ले विश्वमा महामारी मच्चाइरहेको छ। महामारीबाट आज चैत्र १८ गते मंगलवार मध्यान्न १२ बजे सम्ममा ७ लाख ८६ हजार ३२४ जना संक्रमित, ३७ हजार ८३० जनाको मृत्य र १ लाख ६५ हजार ६५९ जना संक्रमण मुक्त भएकाछन्। सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ६४ हजार २६६,सबैभन्दा बढी मृत्यु हुने देशमा इटाली ११ हजार ५९१ जना कोरोनाबाट ज्यान गएको छ। चिनको वुहानबाट शुरु भएको कोरोना भाईरसको महामारीले विकसित देशहरु बढी प्रभावित भएको आँकडाले देखाउदछ।जसअनुसार विश्वकै बादशाह मानिने अमेरिका सबै भन्दा बढी कोरोनाको संक्रमित भेटिएकाछन् भने इटाली, स्पेन, चिन, जर्मनी, फ्रान्स,…