भुकम्प प्रभावित धादिङको खादिङमा तमु धिं युकेद्धारा निर्मित विद्यालय भवन उद्घाटन

हुम तमु पोखरा, १३ मंसिर धादिङ जिल्लाको दुर्गम क्षेत्र रुबी भ्याली गाउपालिका वडा नं. ६, खादिङमा तमु धिं युकेद्धारा निर्मित विद्यालय भवनको बुधवार उद्घाटन गरिएको छ। २०७२ सालको बैशाख १२ र २९ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भई खुल्ला मैदानमा पठन पाठन गर्न बाध्य खादिङस्थित हिमालय सरस्वती आधारभुत विद्यालयमा तमु धिं युकेले पाहार ट्रष्ट नेपालको प्राविधीक र स्थानीयको जनश्रमदानको सहयोगमा निर्मित ५ कोठे विद्यालय भवनको उद्घाटन गरिएको हो। ६० लाख ३५ हजार ५११ रुपैयामा निर्मित भवन उद्घाटन प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ र विशेष अतिथि पाहार ट्र«ष्ट नेपालका अध्यक्ष…

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

बनेपा, ८ असोज : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी नमुना माविको नवनिर्मित भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको भवनको अनुगमनका क्रममा उहाँले पुनःनिर्माणको सबै कामलाई अगाडि बढाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको बताउनुभयो । लाभग्राही र त्यसमा नपरेकाहरुको गुनासो धेरै आइरहेको कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने र वास्तविक हो÷होइन भन्ने कुरामा समेत जनप्रतिनिधिलाई पूर्ण जानकारी हुने भएकाले सबै प्रकारको समस्याको समाधान गर्ने जिम्मा गाउँपालिका र…

स्व.रुपमाया लिम्बुको स्मृतिमा, शिबसताक्षीमा वडास्तरिय भेट्रान फुटबल हुने

दमक । झापाको शिबसताक्षीमा स्व.रुपमाया लिम्बुको स्मृतिमा वडास्तरिय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । झिलझिलेस्थित समाजसेवी क्लबको आयोजनामा हुन लागेको सो प्रतियोगिताको शनिबार झिलझिलेमा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो । प्रतियोगिता बिजयादशमी तथा दिपावलीको अवसर परेर आगामी असोज १७ गतेदेखि असोज २७ गते सम्म सञ्चालन हुने क्लबका अध्यक्ष राजु खत्रीले बताए । क्लबलाई लामो समय बिभिन्न सहयोग गर्दै आएकी रुपमायाको गत फागुनमा निधन भएको थियो । स्वर्गिय लिम्बुको सम्झनामा उनका परिवारबाट नगद ५० हजार प्राप्त भएपछि सो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । ‘स्वास्थ्यका लागी खेलकुद…

घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

सल्यान, १३ भदौ : सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी…

सन्तोष हत्याको निष्पक्ष छानविन गर्न प्रहरीलाई दलहरुको दवाव 

पुस्पा तामांग ओखलढुंगा ७ भदौ ओखलढुंगामा मंगलबार भएको हत्याको घटना निष्पक्ष छानविन गरेर दोषीमाथि कारवाही गर्न जिल्ला स्थित राजनितिक दलहरुले प्रहरीलाई दवाव दिएका छन् । घरमा बसिरहेका मोलुङ गाउँपालिका ३ का २९ वर्षीय सन्तोष कार्कीको हत्या जघन्य अपराध भन्दै तत्काल छानविन गरी दोषीमाथि कारवाही गर्न दलहरुले माग गरेका हुन् । सत्तारुढ दल नेकपा र नेपाली कांग्रेस सहितका दल सहित प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार,पूर्वसांसद रामहरि खतिवडा लगायतले छुट्टा–छुट्दै विज्ञप्ती जारी गर्दै घटनाको गहन अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । घटनाबारे संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले प्रभाकारी अनुसन्धान गर्न…

सांसद महेन्द्रा कुमारी लिम्बु द्वारा अामाकाे स्मृतीमा फलफूल तथा जुस वितरण

दमक  । कृष्णकुमारी राई स्मृति प्रतिष्ठान दमकले सोमबार दमकका ज्येष्ठ नागरिकहरुलाई फलफूल तथा जुस वितरण गरेको छ । दमक–५  स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरि त्यहाँ रहेका सय बढी ज्येष्ठहरुलाई फलफूल तथा जुस वितरण गरेको हो ।आफ्नी आमा कृष्णकुमारी राईको स्मृतिमा कांग्रेस नेतृ तथा केन्द्रिय सांसदमहेन्द्रा कुमारी लिम्बुले फलफूल वितरण गर्नु भएको हो । फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थितिरहेको थियो । फलफूल वितरण कार्यक्रममा संबोधन गर्दै सांसद लिम्बुले ज्येष्ठहरुको दिर्घजीवनको कामना गर्नु भएको थियो । वहाँले आगामी दिनमा आफ्नो संस्थाले ठूलो सहयोग…

झापा जिल्लाकाे बारेमा जान्न मन छ, हेर्नुहाेस् याे भिडियाे

झापा । झापा जिल्ला नेपालको प्रदेश नम्बर १ काे , मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्ला १६०६ बर्ग कि.मी. मा फैलिएको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत, उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला पर्दछन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम भद्रपुर  हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचना कवल -५८ मी. र सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण…

चुलाचुलीमा असार पन्ध्र ।

१५ असार । ईलामको दक्षिणी भेगमा रहेको चुलाचुली गाँउपालीकामा पनि आज सामुहिक रुपमा धान रोप्दै १५ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । चुलाचुली गाउँपालीकाको सहकार्यमा साना किसान सहकारी संस्थाले गाउँपालीकामा सामुहिक धान रोपाई कार्यक्रमको आयोजना गरेको हो । साना किसान सहकारी संस्था चुलाचुलीका अध्यक्ष हेमकला खड्काको सभापतित्व रहेको कार्यक्रममा चुलाचुली गाँउपालीका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चुलाचली गाउँपालीका अधिकृत छविखतिवडा, वडा नम्वर एक र दुईका वडा अध्यक्ष, वडा सदस्य, सामाजिक अगुवा लगायत चुलाचुलीका सबै वडाका स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालीका अध्यक्ष प्रदिपचन्द्र राईले…

समाजसेवी संञ्जय राई बाट एक छात्रको अभिभावकत्व ग्रहण, अन्यलाई शैक्षिक सामाग्री बितरण ।

३ असार । इलामको चुलाचुली ५ का संजय राईले विपन्न परिवारका एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ । आज एक कार्यक्रमका बिच चुलाचुली गाउपालीका वडा नम्बर ५ मा रहेको बाझोगाँउ माध्यमिक विद्यालय कक्षा ९ मा अध्यनरत १६ बर्षिय संजिव नेपालीको निर्माण ब्यवसायी तथा स्थानिय समाजसेवि सञ्जय राईले अभिभावकत्व ग्रहण गर्नुभएको हो । चुलाचुली वडा वम्बर ५ का वडा अध्यक्ष चन्द्रकुमार थापाको प्रमुख उपस्थितीमा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश घिमिरे समक्ष सो अभिभाकत्व ग्रहण गर्नुभएको हो । वडाअध्यक्षले यस्तो कार्य गाँउपालीकामा नै पहिलो र उदाहरणीय भएको बताउनु भयो । आर्थिक अभाबका…

जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठि सम्पन्न

दमक । सिमान्तकृत महिलाहरु लाई बिशेष गरेर स्थानीय शुसासन, निर्वाचन, निर्णायक तह र राजनितीमा सहभागिता सबलीकरण गर्ने उदेश्यका साथ एक दिने जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठि सम्पन्न भएको छ । जागरण नेपालको साझेदारी तथा ग्रामिण तथा शहरी बिकाश नेपालको आयोजनामा शुक्रबार दमकमा गोष्ठि सम्पन्न भएको हो । गोष्ठि बिशेष गरेर झापाको दक्षिणी बेल्टमा रहेका सिमान्तकृत महिलाहरुलाई लक्षित रहेको थियो । गोष्ठिमा झापा भद्रपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख राजन न्यौपानेले राजनितीमा बिकाशमा लक्षित बर्गको सहभागिता र गरिबी निवारणका बिषयमा जानकारी गराएका थिए । उनले अहिले हरेक स्थानीय तहमा अहिले बजेटका लागि…