गोल्डेन गेट बचत तथा ऋण सहकारी सस्थाको छैटौं साधारणसभा सम्पन

दमक / झापाको दमक ६ मा रहेको युवा ब्यबसायीहरुले सन्चालन गर्दै आएका गोल्डेन गेट बचत तथा ऋण सहकारी सस्थाले आज आफनो छैटौं साधारणसभा सम्पन गरेको छ। सस्थाका अध्यक्ष गजेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख अतिथि रहेका थिए । दमक ६ का वाड अध्यक्ष टेक बहादुर थापा,संस्था सन्चालक समिती लगायतको उपस्तिथी रहेको कार्यक्रम लाई संस्थाका उपाध्यक्ष रेबत चन्द्र भण्डारीले सन्चालन गरेका थिए । अघिल्लो बर्षको तुलनामा यस बर्ष संस्थाले राम्रो प्रगती गरेको सस्थाका अध्यक्ष निरौलाले प्रतिवेदन मार्फत सार्वजनिक गरे । सस्थाले उत्कृष्ट…

दमक उद्योग वाणिज्य संघमा पहिलाे पल्ट महिला उम्मेद्वार

दमक । झापा दमकमा लगातार २० बर्षदेखि व्यवसाय सञ्चालन गर्दै विभिन्न क्षेत्रमा लगानीकर्ताको समेत पहिचान बनाएकी उद्यमी व्यवसायी नेतृ रमा लिम्बु दमक –१ की स्थायी बासिन्दा हुन् । बुबा छत्र बहादुर आङदेम्बे र आमा तौरमायाका ४ छोरा र ३ छोरी मध्ये माइली छोरीका रुपमा जन्मिएकी लिम्बुले दमकको हिमाविबाट २०५५ सालमा एसएलसी उत्तिर्ण गरेकी हुन् । एसएलसी उत्तिर्ण हुनुअघिनै बैबाहिक जिवन शुरु गरेकी उनले दमक बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनकै क्रममा सौन्दर्यकला र कोल्ड ड्रिक्संको व्यापार शुरु गरिन् । छोटो अवधि ३ बर्षमै उनले आफूलाई सुहाउँदो पेशाका रुपमा सौन्दर्यकला व्यवसायमा केन्द्रित…

खड्काले गरे छोराको जन्मदिनमा खाधान्न सहयोग

दमक । झापा दमक ५ निवासी राजु खड्काले आफ्नो छोराको जन्मदिनमा खाधान्न सहयोग गरेका छन् मंगलबार एक कार्यक्राम गरी खड्काले आफ्नो छोरा एरोन जंग खड्काको ७ औ जन्म उत्सबमा दमक ८ निवासी आमा पदम कुमारी कार्की लाई खाधान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । ८६ वर्ष वृद्व आमा दमकको क्याम्पस मोडमा मकै पोलेर आफ्नो जीविको पर्जन गर्दै आउनु भएको छ । केही दिनअघि खड्का मकै खान गएका बेला छोराले मकै पोल्दै गरेकी आमा लाई हेर्दै मकै पोल्नु हुन्छ तर आमाको दात रैनछ भनेको सुन्दा भावुक बने सगै उनले निशुल्क रुपमा…

नेपाल तामाङ घेदुङ प्रथम मादी गाउपालिकाको भेला सम्पन्न

२०७६ साउन २२ सुन्दरडाँडा कास्की नेपाल तामाङ घेदुङ मादी गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । २०७६/०४/२१ गते सम्पन्न उक्त भेलाबाट प्रेम तामाङ लोप्चन तामाङको अध्यक्षतामा १३ सदस्यीय नेपाल तामाङ घेदुङ मादी गाउँ कार्यसमिति निर्माण गरिएको छ । जसको उपाध्यक्ष कमल नेगी (छेलाङ), महिला उपाध्यक्ष : प्रेमकुमारी लोप्चन (रबैडाँडा), सचिव सन्तोष थोकर (सुन्दरडाँडा) : कोषाध्यक्ष डम्बरबहादुर स्याङबो (रबैढडाँडा) सहसचिव : कर्ण बहादुर लोप्चन र सदस्यहरुमा क्रमशः बीरबहादुर थोकर (रबैडाँडा), कृष्णबहादुर डुम्जन (सैमराङ), डिलजंग तामाङ (सुन्दरडाँडा), युनिसा तामाङ (सुन्दरडाँडा), कोपिला ग्रङदेन (सैमराङ) रहनु भएको छ । जसको चयन घेदुङ संघीय सदस्य…

बजार अनुगमनमा बरामद गरिएको सामग्री नष्ट

धनकुटा। २ जेठ,२०७६ चौविसे गाउँपालिका,इलाका प्रशासन कार्यालय,इलाका प्रहरी कार्यालय राजारानी धनकुटाद्वारा गत बैशाख ३० गते राजारानी बजारमा गरेको संयुक्त अनुगमनका क्रममा जफत गरिएको म्याद नाघेको खाद्य तथा पेय पदार्थ अाज नष्ट गरिएको छ। चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई,प्रमुख प्रशासकीय अधिकृत शशि राई,ईलाका प्रशासन कार्यालय राजारानीका ईलका प्रशासन अधिकृत बालकृष्ण पौडेल,ईलाका प्रहरी कार्यालय राजारानीका प्रमुख मनोज यादव,वजार व्यवस्थापन समिति राजारानीका सचिव जीवन कटवाल,नागरिक समाज,तथा पत्रकारको रोहबरमा बरामद गरिएको उक्त सामाग्री अाज नष्ट गरिएको हो।

चण्डी पूर्णिमा मेलाको तयारी अन्तिम चरणमा

धनकुटा। धनकुटाको पर्यटकीय नगरी राजारानीमा वर्षेनी लाग्दै अाएको चण्डी पूर्णिमा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। चौविसे गाउँपालिका स्थित सुन्दर नगरी राजारानीमा सदियौदेखि यो मेला लाग्दै अाएको छ। लिम्बू समुदायको बाक्लो बस्ति रहेको यस क्षेत्रका लिम्बु समुदायको धान नाच र पालम यस मेलामा प्रतक्ष अबलोकन गर्न पाइन्छ,यो नै मेलाको महत्वपूर्ण पक्ष हो। यस सगै रारा फुटवल क्लबले ठुलो धनराशिको फुटबल प्रतियोगिता पनि संचालन गरिदै अाएको छ।मेला बुध्द जयन्तीदेखि पाच दिन सम्म लाग्ने गर्दछ।

एसईई को दोस्रो दिन जनकल्याण मावि पालुङमा २०४ परीक्षार्थी सहभागि

मकवानपुर थाहानगर, चैत्र ११ जनकल्याण माध्यमिक विद्यायल पालुङमा आज एसइइ परिक्षाको दोस्रो दिन अनिवार्य नेपाली विषयको परिक्षामा ७ विद्यालयका २०४ जना परिक्षार्थीहरुले परिक्षा दिएका छन् । परीक्षाको दोस्रो दिन पनि शान्त एवं मयादित तवरले परीक्षा सम्पन्न भएको छ । परीक्षाको तेस्रो दिन भोलि मङगलबार भने परीक्षा नहुने भएको छ । तर परीक्षाकै अवधिमा पर्ने चैत्र १७ गते शनिबार भने परीक्षा लिईने जनकल्याण माविका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष सानोभाई कार्कीले जानकारी दिनुभएको छ ।

कुखुरा पालेर राम्रो आम्दानी गर्दै पत्रकार कुँवर

  तनहुँ, २७ फागुन : मोफसलका एक पत्रकारले पत्रकारिता पेशासँगै स्थानीय जातका कुखुरा पालेर राम्रो आम्दानी गर्दै आएका छन् । दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासि%A

भुकम्प प्रभावित धादिङको खादिङमा तमु धिं युकेद्धारा निर्मित विद्यालय भवन उद्घाटन

हुम तमु पोखरा, १३ मंसिर धादिङ जिल्लाको दुर्गम क्षेत्र रुबी भ्याली गाउपालिका वडा नं. ६, खादिङमा तमु धिं युकेद्धारा निर्मित विद्यालय भवनको बुधवार उद्घाटन गरिएको छ। २०७२ सालको बैशाख १२ र २९ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भई खुल्ला मैदानमा पठन पाठन गर्न बाध्य खादिङस्थित हिमालय सरस्वती आधारभुत विद्यालयमा तमु धिं युकेले पाहार ट्रष्ट नेपालको प्राविधीक र स्थानीयको जनश्रमदानको सहयोगमा निर्मित ५ कोठे विद्यालय भवनको उद्घाटन गरिएको हो। ६० लाख ३५ हजार ५११ रुपैयामा निर्मित भवन उद्घाटन प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ र विशेष अतिथि पाहार ट्र«ष्ट नेपालका अध्यक्ष…

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

बनेपा, ८ असोज : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी नमुना माविको नवनिर्मित भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको भवनको अनुगमनका क्रममा उहाँले पुनःनिर्माणको सबै कामलाई अगाडि बढाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको बताउनुभयो । लाभग्राही र त्यसमा नपरेकाहरुको गुनासो धेरै आइरहेको कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने र वास्तविक हो÷होइन भन्ने कुरामा समेत जनप्रतिनिधिलाई पूर्ण जानकारी हुने भएकाले सबै प्रकारको समस्याको समाधान गर्ने जिम्मा गाउँपालिका र…