कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न ।

काठमाडौं २९ भाद्र २०७६ । कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा काठमाडौंको धुम्बाराही चोकस्थित स्मार्ट क्याफेमा सम्पन्न भएको छ । यस सहकारी संस्थाको कार्यालय सुन्धारास्थित सीटीसी मलमा रहेको छ र स्मार्ट क्याफे धुम्बारही शेयर सदस्य भएकोले धुम्बारहीमा वार्षिक साधारण सभाको आयोजना गरिएको पनि आयोजकले बताएका छन । एक व्यवसायी र एक क्षेत्रको अवधारणामा शेयर सदस्यहरुको तर्जुमा गरिएको यस कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा शेयर सदस्यहरु, संस्थापक, पूर्व पदाधिकारी तथा सल्लाहकारहरु, समाजसेवी, सहकारीसंग सम्बन्धित व्यक्तित्व तथा विज्ञहरु, बिभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु सहित…

विप्लवका छोरा सहित चितवन मेडिकल कलेजका १५ विद्यार्थी पक्राउ

चितवन,भदौं २५ चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् । सो क्रममा भिडियो खिच्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विपि कोइरालाको जन्म जयन्तीको अवसर पारेर नेपाल विद्यार्थी संघ भारतले सम्पन्न गर्यो बिचार गोष्ठि

बनारस भदौ २४ नेपाल विद्यार्थी संघ भारतले बीपी कोइरालाको १०६औं जन्म जयन्ती को अवसरमा बनारसको काशी हिन्दु विश्व विद्यालयमा मा एक बिचार गोस्टी सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथीका रुपमा बीपी कोइराला को सानिध्यमा रहेका भारतका प्रसिद्ध समाजवादी चिन्तक प्राध्यापक सुरेन्द्र प्रताप सिंह ले बीपी कोइरालाले नेपाली जनताको अधिकार प्राप्ती को लागि गरेको योगदान अतुलनिय रहेको बताए। उनले भारतको स्वतन्त्रताको आन्दोलनमा समेत बिपि कोइरालाले अग्रणी भुमिका खेलेको औल्याए। सिंहले बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नै आजको नेपालको आवश्यकता हो भएको पनि जिकिर गरे। कार्यक्रममा बिशिस्ट अतिथी द्वय काशी हिन्दु विश्व…

पेट्रोलियम पाइप लाइनको उद्घाटन आज हुँदै,वार्षिक अर्बौ ढुवानी खर्च जोगिने

चितवन भदौं २४ बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइप लाइन परियोजनाको आज (मङ्गलबार) अपराह्न १२ः१५ मा उद्घाटन गरिँदैछ । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्नुहुनेछ । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी–अमलेखगन्ज पाइप…

ब्यापारीको हितमा सदैव लागि पर्नेछु :तुलसीराम तिम्सिना

दमक भदौ २३ । झापाको दमकमा हालै सम्पन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा खुल्ला सदस्यका उम्मेद्वार तुलसी राम तिम्सिना भारी मतका साथ बिजयी बएका छन् । तिम्सनाले कुल मत २३६० मा ११८७ मत प्राप्त गरेका थिए जित पछी इ सरोकार संग संक्षिप्त प्रतिकृया दिदै तिम्सिनाले ब्यवसायीले दिएको यो अवसरलाइ सधै व्यवसायीकै हितमा खर्चने बताए । वि.स २०४३ सालमा जन्मिएका तिम्सिनाले प्रारम्भिक शिक्षा दमकको सिदार्थ अगे्रजी विध्यालय बाट सु? गरेका तिम्सिनाले एस. एल. सी. दमककै ग्लोबल एजुकेशन एकेडेमी बाट उत्तिण गरे । पछी उच्च शिक्षाको लागी दमक बहुमुखी क्याम्पसमा अध्ययन गरका…

नवलपरासीमा सामूहिक बलात्कारको आरोपमा नौ जना पक्राउ

नवलपुर,भदौं २३ नवलपरासी पश्चिमकी १९ वर्षकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा नौ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पक्राउ गरेको छ । आइतबार विहान ९ बजेको समयमा घरबाट कामको लागि बाहिर निस्किएकी युवतीलाई सुस्ता गाउँपालिका सेखुवानास्थित भित्री सडक खण्डमा डर त्रास देखाएर जबरजस्तीकरणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनीहरुले सडकबाट तीन सय मिटर भित्र रहेको उखु बारीमा लगेर जबरजस्तीकरणी गरेको आरोप लागेको छ । युवतीलाई बलात्कार गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक प्रकाश श्रीमलको…

रवि लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै निवेदन

हेटौंडा,भदौं २३ पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग गरिएको छ । अभियुक्त लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनको गत भाद्र ९ गतेको फैसलालाई बदर गरी थुनामै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटन, हेटौँडा ईजलासमा निवेदन परेको हो । लामिछाने, कंडेल र कार्कीलाई विपक्षी बनाई दिईएको निवेदनमा लामिछाने र कंडेललाई घरौटी र कार्कीलाई साधारण तारेखमा रिहा गर्ने जिल्ला अदालत चितवनको फैसलालाई खारेज गर्नसमेत माग गरिएको छ । उक्त निवेदन उपर भोलि (मंगलबार) सुनुवाई हुने उच्च अदालत पाटन हेटौँडा…

जाम्बुलीङ इन्टरनेशनल अवार्ड वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न

काठमाडौं, २३ भदौं २०७६ सोमबार । “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९”को अवार्ड वितरण कार्यक्रम काठमाडौंको बसुन्धारास्थित यति इभेन्ट हलमा आज सम्पन्न भयो । पूर्व गृहमन्त्री माननीय बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा भएको सो अवार्ड वितरण कार्यक्रम जाम्बुलीङ फिल्म प्रा.लि.का प्रोपाईटर राज किङ वाईबाको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथिहरुमा पुर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री परशुराम तामाङ, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र विकास बोर्डका पूर्व सदस्य राजु के.सी., तामाङ कलाकार संघका अध्यक्ष संजीव वाईबा, रेडियोकर्मी तथा पत्रकार सूर्य मोक्तान, बिन्दास ट्रभलका अध्यक्ष भानु…

डेङ्गुका बिरामी बढेसँगै चितवनमा रगतको अभाव

चितवन,भदौं २१ डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्याउन कठिन भएको हो । अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी दिनुभयो । सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने गर्दछ । डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको ६ घण्टाभित्र बनाई सक्नुपर्ने हुन्छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान…

१९ गतेदेखि भरतपुरको कैलाशनगरबाट हराएकी बालिका घर नजिकैको नहरमा मृत फेला

चितवन,भदौं २१ दुई दिनदेखि हराईरहेकी बालिका मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्वर ५ कैलाशनगरबाट भदौ १९ गतेदेखि हराईरहेकी ६ वर्षिया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी घरबाटै हराएकी थिईन । उनी शनिबार बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिईन । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको भए पनि अस्पतालले मृत घोषणा गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । परिवारले बालिकाको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ ।